News Portal

रेडियो सुन्नुहोस्

प्यूठानमा स्वामी विवेकानन्द संस्कृति ज्ञान परीक्षा सम्पन्न

झुलेनी नेटवर्क२०८१ मङ्सिर ९
१६० पटक
२०८१ मङ्सिर ९

प्यूठानमा स्वामी विवेकानन्द संस्कृति ज्ञान परीक्षा २०८१ सम्पन्न भएको छ । हिन्दु स्वयंसेवक संघ प्यूठानको आयोजनामा शनिवार बाग्दुला स्थित जनता माध्यमिक विद्यालयमा ज्ञान परीक्षा गरिएको हो ।

परिक्षामा प्यूठान नगरपालिका भित्र रहेका १६ माध्यमिक विद्यालयका ३ सय ७७ जना विद्यार्थीहरु सहभागी भएको हिन्दु स्वयंसेवक संघ प्यूठानका सञ्चालक शालिग्राम पण्डितले जानकारी दिए ।

परीक्षामा मुक्ती माध्यमिक विद्यालयका प्रविन नेपाली प्रथम, सोही विद्यालयकी प्रभा पुनमगर द्धितिय र धर्मावती मा.वि. लम्च्याङ की रमा घर्तिमगर तृतीय भएका छन् । परिक्षामा १२ जना सन्त्वना भएका छन् । प्रथम, द्धितीय, तृतीय र सान्त्वनालाई क्रमशः २० हजार, १५ हजार, १० हजार र १ हजार पुरस्कार प्रदान गरिएको हो ।

पण्डितको अध्यक्षता र जिल्ला अदालत प्यूठानका प्रमुख, न्यायधिस हिरण्य प्रसाद भण्डारीको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो । ‘संस्कार सस्कृति नै राष्ट्रको प्राण हुन्’ भन्ने स्लोगन सहित माध्यमिक विद्यालयका ६ देखि ११ कक्षासम्मका विद्यार्थीहरुलाई परीक्षमा सहभागि गराइएको हिन्दु स्वयंसेवक संघ प्यूठान सह–सञ्चालक गेहराज पण्डितले जानकारी दिए । उनले पूर्वीय दर्शन, धार्मिक संस्कारमा भएका वैज्ञानिक कुराहरुको अध्ययन गराइ परीक्षा लिइएकोले नयाँ पुस्तालाई धार्मिक तथा दार्शनिक ज्ञानसंगै संस्कारयुक्त नागरिक बनाउन कार्यक्रम महत्वपूर्ण रहेको बताए ।‘धर्म संस्कार रुढीबादी मात्रै नभइ, विज्ञान सम्वत् छन् भन्ने नयाँ पूस्तामा धारणा निर्माण हुनेछ’ पण्डितले भने । धर्मसंस्कार बुढेशकालमा गर्ने भन्ने मान्यता समाजमा रहेकोले राष्ट्र भक्ति , धर्म संस्कृति संरक्षण, नैतिकता वृद्धि, सभ्य र सुस्कृत नागरिक बनाउनु पर्ने उनले बताए ।

स्वामी विवेकानन्द संस्कृति ज्ञान परीक्षा २०८१ को पाठ्यक्रममा विवेकान्नद सम्बन्धित ज्ञान, व्यवहारिक ज्ञान, धर्म र विज्ञान जोडिएका विषय समावेश रहेको पूर्व क्याम्पस प्रमुख समेत रहेको पण्डितले जानकारी दिए ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

२०८२ वर्ष बुढो नयाँ वर्षको शुभकामना !

आज नयाँ वर्ष । यस वर्षको नयाँ दिन । यसको रौनकले जताततै छपक्कै छाएको छ...

आफैले पेट्रोल खन्याएर आगो लगाउँदा ८० वर्षीय वृद्धको मृत्यु

बागलुङमा ८० वर्षीय एक वृद्धले आफ्नै शरीरमा पेट्रोल खन्याएर आगो लगाएका छन् । बागलुङको ताराखोला...

हर्षोल्लास साथ नयाँ वर्ष मनाइँदै

आजदेखि विक्रम संवत् २०८२ साल सुरु भएको छ । नयाँ वर्ष प्रारम्भ भएको पहिलो दिन...

नेकपा (एकीकृत समाजवादी) प्यूठानको दशौँ अधिवेशन सम्पन्न, अध्यक्षमा पुनः बुढा

नेकपा (एकीकृत समाजवादी) प्यूठानको दशौँ अधिवेशन सम्पन्न भएको छ। अधिवेशनले भोज विक्रम बुढालाई पुन: अध्यक्षमा...

प्रधानमन्त्रीद्वारा पाणिनी तपोभूमी सम्मेलन उद्घाटन

प्रधानमन्त्री केपी शर्मा ओलीले अर्घाखाँचीमा आयोजित पाणिनी तपोभूमी सम्मेलनको उद्घाटन गरेका छन्। बुधबार सम्मेलनको उद्घाटन...