News Portal

रेडियो सुन्नुहोस्

नेकपा एमाले झिमरुक पालिकाको अधिवेशन सम्पन्न

झुलेनी नेटवर्क२०८१ मङ्सिर ९
३१७ पटक
२०८१ मङ्सिर ९

नेकपा (एमाले) झिमरुक गाउँ कमिटिको दोश्रो अधिवेशन आइतबार सम्पन्न भएको छ । अधिवेशनले पदम खड्काको नेतृत्वमा ६५ सदस्यीय समिति चयन भएको नेकपा एमाले प्यूठानका उपसचिव तथा प्रचार विभाग प्रमुख इश्वरा आचार्यले जानकारी दिईन् । कमिटीको उपाध्यक्षमा रामचन्द्र भण्डारी, सचिव निम बहादुर सुनार, उप–सचिव मेख बहादुर सुनार र बसन्त बस्नेत रहेका छन् ।

पार्टीका झिमरुक गाउँपालिका कमिटिका कार्यवाहक अध्यक्ष पदम खड्को अध्यक्षता र नेकपा(एमाले)का पोलिटव्युरो सदस्य तथा प्रतिनिधि सभा सदस्य सुर्य बहादुर थापा क्षेत्रीको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो । प्रमुख अतिथी थापाले जिल्लाको विकासका लागि वजेटमा पहल गरेका उदाहरणहरु प्रस्तुत गर्दै कार्यान्वयनका लागि समन्वय गरिरहेको बताए । थापाले जिल्लाको विकासका लागि सबै दलको ऐक्यवद्धता हुनु पर्नेमा जोड दिए ।

कार्यक्रममा विभिन्न पार्टीका पालिका स्तरका नेता तथा कार्यकर्ता गरी १६ जना एमालेमा प्रवेश गरेको प्रचार विभाग प्रमुख आचार्यले बताईन । एमालेले प्यूठानमा १५ गतेसम्म सकिने गरी पालिका अधिवेशनको मिति तय गरेको छ ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

‘मोन्था’ चक्रवातको प्रभाव: वर्षा र हिमपातको संभावना

विहिवार र शुक्रवार बङ्गालको खाडिमा विकसित ‘मोन्था’ चक्रवातको प्रभाव नेपालमा पनि रहने भएको छ ।...

लुप्लुङमा धनञ्जय संग्रहालय बन्दै

धनञ्जय संग्रहालय निर्माणका लागि ३० लाख रकम संकलन भएको छ । नौबहिीन गाउँपालिका–८ लुप्लुङमा संग्रहालयको...

ट्याक्टर दुर्घटनामा पुनको मृत्यु, सहचालक नभएको परिवारको दावी

आइतवार राती गुल्मी कच्चुर खर्कमा ट्याक्टर दुर्घटना हुदा मदाने गाउँपालिका १ का १९ वर्षिय मेगराज...

विश्व दृष्टि दिवसमा प्रहरी र पत्रकारहरुको आँखा जाँच

विश्व दृष्टि दिवस प्यूठानमा पनि मनाइएको छ । हरेक वर्ष अक्टोबर महिनाको दोस्रो बिहीबारलाई विश्व...

प्यूठान बिजुवारदेखि रारासम्म

भनिन्छ यात्रा हो जीवन । आफ्नै सेरोफेरोमा चलेको जिन्दगीलाई अलि पर मुगु रारासम्म पु¥याउने भ्रमण...