News Portal

रेडियो सुन्नुहोस्

नेकपा एमाले झिमरुक पालिकाको अधिवेशन सम्पन्न

झुलेनी नेटवर्क२०८१ मङ्सिर ९
५३४ पटक
२०८१ मङ्सिर ९

नेकपा (एमाले) झिमरुक गाउँ कमिटिको दोश्रो अधिवेशन आइतबार सम्पन्न भएको छ । अधिवेशनले पदम खड्काको नेतृत्वमा ६५ सदस्यीय समिति चयन भएको नेकपा एमाले प्यूठानका उपसचिव तथा प्रचार विभाग प्रमुख इश्वरा आचार्यले जानकारी दिईन् । कमिटीको उपाध्यक्षमा रामचन्द्र भण्डारी, सचिव निम बहादुर सुनार, उप–सचिव मेख बहादुर सुनार र बसन्त बस्नेत रहेका छन् ।

पार्टीका झिमरुक गाउँपालिका कमिटिका कार्यवाहक अध्यक्ष पदम खड्को अध्यक्षता र नेकपा(एमाले)का पोलिटव्युरो सदस्य तथा प्रतिनिधि सभा सदस्य सुर्य बहादुर थापा क्षेत्रीको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो । प्रमुख अतिथी थापाले जिल्लाको विकासका लागि वजेटमा पहल गरेका उदाहरणहरु प्रस्तुत गर्दै कार्यान्वयनका लागि समन्वय गरिरहेको बताए । थापाले जिल्लाको विकासका लागि सबै दलको ऐक्यवद्धता हुनु पर्नेमा जोड दिए ।

कार्यक्रममा विभिन्न पार्टीका पालिका स्तरका नेता तथा कार्यकर्ता गरी १६ जना एमालेमा प्रवेश गरेको प्रचार विभाग प्रमुख आचार्यले बताईन । एमालेले प्यूठानमा १५ गतेसम्म सकिने गरी पालिका अधिवेशनको मिति तय गरेको छ ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

प्यूठानमा नेपाली कांग्रेस देउवा पक्षको वडा अधिवेशन सुरु

नेपाली कांग्रेस देउवा पक्षले नियमित महाधिवेशनका लागि प्यूठानका पालिकाहरुमा संयोजक तोकेको छ । वडा र...

बजार अनुगमन र नियन्त्रणमा ध्यान दिऔँ

नेपाली समाजमा चाडपर्वहरू केवल धार्मिक र सांस्कृतिक उत्सव मात्र होइनन्,यी सामाजिक सद्भाव र खुसी साटासाट...

दुर्घटना घटाउन रिफ्लेक्टर स्टिकर  

रात्रीकालीन सवारी साधनलाई सहज एवं सुरक्षित यात्रा गर्न सहयोग पु¥याउने उद्देश्यले प्यूठानका मुख्य सडकमा रिफ्लेक्टर...

नेपाली कांग्रेस क्षेत्रिय सभापतिमा शाह निर्वाचित

नेपाली कांग्रेस प्यूठानको जारी अधिवेशनबाट क्षेत्रीय सभापतिमा नविल विक्रम शाह निर्वाचित भएका छन् । प्रदेश...

नेपाली कांग्रेस क्षेत्रीय सभापतीमा न्यौपाने निर्वाचित

नेपाली कांग्रेस प्यूठानको प्रदेश क्षेत्रीय समिति(ख)मा सर्वसम्मत नेतृत्व चयन भएको छ । चन्द्रलाल न्यौपानेको नेतृत्वमा...