News Portal

रेडियो सुन्नुहोस्

काफलबुटाका ५३ बालबालिकालाई न्यानो कपडा वितरण

बोम बहादुर परियार२०८१ मंसिर १२
९२१ पटक
२०८१ मंसिर १२

प्यूठान नगरपालिका–५ काफलबुटा स्थित शिद्धभूमी प्राथमिक विद्यालयमा न्यानो कपडा र शैक्षिक सामग्री वितरण गरिएको छ । नेपाल स्वयंसेवी रक्तदाता समाज प्यूठानले बुधवार ५३ जना विद्यार्थीलाई सामग्री हस्तान्तरण गरिएको जनाएको छ ।

नेपाल स्वयंसेवी रक्तदाता समाजका केन्द्रीय सदस्य मनु लामाले न्यानो माया अभियान चलाइ ६६ हजार सात सय ५२ रुपैयाँ बराबरको सामाग्री वितरण गरिएको जानकारी दिए । उनले ग्रामीण क्षेत्रका विद्यालयमा आउने बालबालिका लाई न्यानो होस भन्दै अभियान चलाई  एक एक सेट न्यानो ट्र्याक, न्यानो टोपी , टिसर्ट , कपि, सीसाकलम , लगायतका सामाग्री वितरण गरेको बताए ।

सोही विद्यालयमा अध्ययन गरेका आकाश भण्डारीले न्यानो कपडाका अभियन्ताहरूलाई धन्यवाद दिए । अभियानमा आफू समेत सहभागी भएकोले विद्यालयको शैक्षिक गुणस्तरका लागि सबै क्षेत्रबाट सहयोग गर्ने बताए ।

विद्यालयका प्रधानाध्यापक बाला खड्काले विद्यालयका बालबालिकाहरूको  अवस्था दयनीय देखेपछि न्यानो कपडा दिने सोच बनाएको र आज सबैलाई न्यानो कपडा बाँड्न पाउँदा गर्व महसुस भएको बताए । विद्यालयमै पुगेर गरेको सहयोगले विद्यालयको शैक्षिक सुधारमा महत्त्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरे ।

त्यस्तै कार्यक्रमका विशेष अतिथि सुमन सुवेदीले बिरामी बचाउने र रगत उपलब्ध गराउने क्षेत्रमा काम गर्दै आएको रक्तदाता समाज प्यूठानले विद्यार्थी, बालबालिका र शैक्षिक सुधारमा महत्त्वपूर्ण काम गरेको बताए ।

नेपाल स्वयंसेवी रक्तदाता समाजका युवाहरू मनु लामा , आकाश भण्डारी , जीवन खनाल , गोकुल शाह , हरि बस्नेत , रुद्र पोख्रेल , सुमन सुबेदी , रोशन केसी लगायतले सहयोग अभियान चलाएका थिए । अभियानमा विभिन्न सहयोगी दाताहरूले सहयोग गरेका थिए । आगामी दिनमा पनि जिल्लाका ग्रामीण भेगमा पर्ने विद्यालयहरूमा थप सहयोग गर्ने रक्तदाता समाज प्यूठानले जनाएको छ ।

२०१५ सालमा स्थापना भएको विद्यालयमा प्यूठान नगरपालिका ५ र ६ का बालबालिकाले अध्ययन गर्दै आएका छन् । आफ्ना बालबालिकाले न्यानो कपडा पाएपछि अभिभावक समेत खुसी भएको प्रतिक्रिया दिएका छन् ।

 

 

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

मगर दिवसमा प्यूठानका सबै पालिकामा सार्वजनिक बिदा

४४ औं मगर दिवसको अवसरमा जिल्लामा ९ वटै पालिकाले सार्वजनिक बिदा दिएका छ्न । फागुन...

लुम्बिनी प्रदेशमा बुधबार सार्वजनिक बिदा

लुम्बिनी प्रदेश सरकारले प्रदेश स्थापना दिवसको अवसरमा माघ २१ गते बुधबारका दिन प्रदेशभर सार्वजनिक बिदा...

सहिदहरुको बलिदानबाट प्राप्त संवैधानिक उपलब्धि जोगाउन सबै जिम्मेवार बन्नुपर्छ ः मुख्यमन्त्री आचार्य

लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले सहिदहरूको बलिदानबाट प्राप्त संवैधानिक उपलब्धि जोगाउन सबै जिम्मेवार बन्नुपर्ने बताएका...

एमालेले बनायो ५०१ सदस्यीय निर्वाचन परिचालन कमिटी

नेकपा (एमाले) प्यूठानले निर्वाचन लक्षित छलफलाई तिव्र बनाएको छ । जिल्लामा एमालेले भेटघाट र छलफल...

मोटरसाइकल दुर्घटनामा एक युवकको ज्यान गयाे

मोटरसाइकल दुर्घटनामा परी प्यूठानको मल्लरानी गाउँपालिका–४ बुढाचौरका एक युवकको ज्यान गएको छ। दुर्घटनामा परी २८...