News Portal

रेडियो सुन्नुहोस्

गिरचौरमा खोप क्लिनिक उद्घाटन

झुलेनी नेटवर्क२०८१ मङ्सिर १४
३९६ पटक
२०८१ मङ्सिर १४

मल्लरानी गाउँपालिका–३ गिरचौरमा खोप क्लिनिक भवनको उद्घाटन गरिएको छ । मल्लरानी गाउँपालिकाका अध्यक्ष कृष्ण बहादुर खड्काले क्लिनिक भवनको शिलालेख अनावरण गरी उद्घाटन गरेका हुन्।

मल्लरानी गाउँपालिका वडा नं. ३ का वडा अध्यक्ष नोमराज पौडेलको अध्यक्षता, गाउँपालिका अध्यक्ष खड्काको प्रमुख अतिथ्यता र उपाध्यक्ष रमेश कुमार श्रेष्ठको विशेष अतिथ्यतामा उद्घाटन कार्यक्रम सम्पन्न भएको वडा अध्यक्ष नोमराज पौडेलले जानकारी दिए । क्लिनिक भवन जनश्रमदान सहित ३ लाख ८० हजारमा निर्माण भएको हो । कार्यक्रममा जग्गादाता जवुना थापा मगरका दम्पतिलाई सम्मान पत्रले सम्मान गरिएको थियो ।

सोही कार्यक्रममा कार्य सम्पादनमा जिल्लाको दोश्रो र मल्लरानीको पहिलो स्वास्थ्य चौकी भएकोमा धरमपानी स्वास्थ्य चौकी प्रमुख जनस्वास्थ्य निरिक्षक टुकाराम पोख्रेललाई सम्मान गरिएको छ ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि निर्वाचन प्रहरी भर्ना गर्न दरखास्त आह्वान

आगामी फागुन २१ गते हुन गइरहेको प्रतिनिधिसभा सदस्य निर्वाचनको लागि निर्वाचन प्रहरी भर्ना गर्न दरखास्त...

दुर्घटना कम गर्न राखियो ट्राफिक चिन्ह

सडक सुरक्षाका लागि प्यूठान नगरपालिका –४ भौका र बिजुवारमा ट्राफिक चिन्ह राखिएको छ । अति...

नेपाल स्वास्थ्यकर्मी संघ प्यूठानको अध्यक्षमा न्यौपाने

राष्ट्रसेवा , निष्पक्षता , तटस्थता र कर्मचारी एकता भन्ने मुल नराका साथ नेपाल स्वास्थ्यकर्मी संघ...

भानुभक्त माविको स्वर्ण महोत्सव सम्पन्न ५ सय बढीले पाए सम्मान

भानुभक्त माध्यमिक विद्यालय बर्बोटको स्वर्ण महोत्सव सम्पन्न भएको छ । मंसिर २९ गतेदेखी सुरु गरिएको...

मंसिर २८ गते देखी प्यूठानमा टिभिएसको एक्सचेन्ज अफर लाग्ने

टिभिएस प्यूठानले पुराना वाइक वा स्कुटी एक्सचेन्ज अफर संचालन गर्ने भएको छ । दुइचक्के सवारी...