News Portal

रेडियो सुन्नुहोस्

गिरचौरमा खोप क्लिनिक उद्घाटन

झुलेनी नेटवर्क२०८१ मङ्सिर १४
६१७ पटक
२०८१ मङ्सिर १४

मल्लरानी गाउँपालिका–३ गिरचौरमा खोप क्लिनिक भवनको उद्घाटन गरिएको छ । मल्लरानी गाउँपालिकाका अध्यक्ष कृष्ण बहादुर खड्काले क्लिनिक भवनको शिलालेख अनावरण गरी उद्घाटन गरेका हुन्।

मल्लरानी गाउँपालिका वडा नं. ३ का वडा अध्यक्ष नोमराज पौडेलको अध्यक्षता, गाउँपालिका अध्यक्ष खड्काको प्रमुख अतिथ्यता र उपाध्यक्ष रमेश कुमार श्रेष्ठको विशेष अतिथ्यतामा उद्घाटन कार्यक्रम सम्पन्न भएको वडा अध्यक्ष नोमराज पौडेलले जानकारी दिए । क्लिनिक भवन जनश्रमदान सहित ३ लाख ८० हजारमा निर्माण भएको हो । कार्यक्रममा जग्गादाता जवुना थापा मगरका दम्पतिलाई सम्मान पत्रले सम्मान गरिएको थियो ।

सोही कार्यक्रममा कार्य सम्पादनमा जिल्लाको दोश्रो र मल्लरानीको पहिलो स्वास्थ्य चौकी भएकोमा धरमपानी स्वास्थ्य चौकी प्रमुख जनस्वास्थ्य निरिक्षक टुकाराम पोख्रेललाई सम्मान गरिएको छ ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

नेपाली कांग्रेस क्षेत्रीय सभापतीमा न्यौपाने निर्वाचित

नेपाली कांग्रेस प्यूठानको प्रदेश क्षेत्रीय समिति(ख)मा सर्वसम्मत नेतृत्व चयन भएको छ । चन्द्रलाल न्यौपानेको नेतृत्वमा...

८४ बर्ष प्रवेशको अवसरमा विधालयमा अक्षयकोष स्थापना

८४ अौ बर्ष प्रवेश गरेको अवसरमा प्यूठानको एक जिसी परिवारले आफ्ना अभिभावकको नाममा अक्षयकोष स्थापना...

गौमुखी आधारभूत अस्पताल मुख्यमन्त्री आचार्यद्धारा उद्घाटन

प्यूठानको गौमुखी गाउँपालिकामा बनेको १५ शैय्याको गौमुखी आधारभूत अस्पतालको एक कार्यृक्रमका बिच उद्घाटन गरिएको छ...

प्यूठानमा रामकथा वाचन तथा महाआरती ज्ञान महोत्सव सुरु

प्यूठानमा रामकथा वाचन, श्री गरुण महापुराण पितृमुक्ति भक्ति ज्ञान तथा महाआरती महोत्सव सुरु भएको छ...

भोटेकोशि बाढीपीडितका लागि प्यूठानमा सहयोग जुड्दै

भोटेकोशी नदि क्षेत्रमा बुधबार बिहान आएको विनाशकारी बाढीबाट प्रभावितहरूका लागि राहत जुटाउन प्युठान जिल्लामा व्यापकरूपमा...