News Portal

रेडियो सुन्नुहोस्

आजको राशिफल: २०८१ मंसिर १९ बुधवार

संकलक: राम प्रसाद सुवेदी २०८१ मंसिर १९
५१८ पटक
२०८१ मंसिर १९

मेष चु, चे, चो, ला, लि, लु, ले, लो, अ

पारिवारिक खर्चमा आकस्मिक वृद्धि हुनेछ। आर्थिक कारोबारमा शत्रुहरुको वृद्धि हुनेछ। कार्यक्षेत्रमा शुभचिन्तकहरूको साथ पाइनेछ। व्यापार व्यवसायमा धन सम्बन्धी लेनदेनमा सावधानी राख्नुपर्ने हुन्छ।

वृष इ, उ, ए, ओ, वा, वि, वु, वे, वो

रचनात्मक वा कलात्मक क्षेत्रमा आफ्नो व्यक्तित्वलाई आकर्षक बनाउन सफल रहनुहुनेछ। वाणिले गर्दा आफन्तहरूसँग मनमुटाव हुनसक्छ। पारिवारिक र वैवाहिक जीवन राम्रो रहनेछ। भौतिक सुख सुविधामा धन खर्च हुनेछ।

मिथुन का, कि, कु, घ, ङ, छ, के, को, हा

अग्रिम कार्यहरू समयमा सम्पादन हुनेछ। विद्यार्थी वर्गहरूले हेलचेक्र्याइँ गरेर कुनै कार्य गर्दा असफलता हात लाग्न सक्छ। आर्थिक कारोबारमा भविष्यलाई लिएर नयाँ योजनाहरू बन्नेछन्। गरेको कार्यको जस पाइनेछ।

कर्कट हि, हु, हे, हो, डा, डि, डु, डे, डो

कार्य क्षेत्रमा पद प्रतिष्ठामा वृद्धि हुनेछ। अधिकारी वर्गहरूबाट शुभ सूचना पाइनेछ। मित्रहरूबाट कुनै मूल्यवान वस्तुको प्राप्ति हुनेछ। घर परिवारमा मेलमिलाप बढ्नेछ। अरूलाई अनावश्यक सल्लाह नदिनुहोस्।

सिंह मा, मि, मु, मे, मो, टा, टि, टु, टे

सन्तान पक्षबाट मन प्रसन्न हुने सूचना मिल्नेछ। विवाद र मुद्दाहरूमा हजुरको पक्ष बलियो रहनेछ। घरपरिवारको जिम्मेवारीलाई आफ्नो स्वार्थ नसम्झिनुहोला। कारोबारमा आफ्नो कुराहरूलाई गोपनीय राखौं।

कन्या  टो, पा, पि, पु, ष, ण, ठ, पे, पो

आफ्नो स्वास्थ्यलाई लिएर सचेत रहनुहोला। प्रतिस्पर्धामा प्रतिस्पर्धीलाई पछाडि पार्न सक्नुहुनेछ। शत्रुहरू परास्त हुनेछन् भनेदेखि रोगबाट मुक्ति मिल्नेछ। कार्यक्षेत्रमा नयाँ कार्य हात लाग्ला।

तुला रा, रि, रु, रे, रो, ता, ति, तु, ते

पुरानो लगानीबाट लाभ मिल्नेछ। आय र व्ययको मध्यमा सन्तुलन बनाएर राख्नुहोस्। राजनीतिक क्षेत्रमा जनताको समर्थन मिल्नेछ। माताको स्वास्थ्य सुधार रहनेछ। कार्यक्षेत्रमा श्रमको अनुरूप सफलता मिल्नेछ।

वृश्चिक तो, ना, नि, नु, ने, नो, या, यि, यु

व्यापार व्यवसायमा सहयोगीहरूले राम्रो साथ दिनेछन्। चिताएको काम सम्पादन हुनेछ। आर्थिक पक्ष सबल रहनको साथै सञ्चित धनमा वृद्धि हुनेछ । आफन्तसँग रमाइलो समय बित्नेछ।

धनु ये, यो, भा, भि, भु, धा, फा, ढा, भे

कार्यक्षेत्रमा मान प्रतिष्ठा बढ्नेछ। आर्थिक कारोबारमा नयाँ निर्णय लिनुभन्दा पूर्व जानकारको सल्लाह लिनुहोस्। दाम्पत्य जीवनमा जीवनसाथीको सहयोग मिल्नेछ। प्रेम सम्बन्धमा कुनै विवाद थियो भने सुल्झिनेछ।

मकर भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि

कार्यक्षेत्रमा आत्मविश्वास र उत्साहमा कमी आउनेछ। अज्ञात भयले मन अशान्त रहनेछ। वैदेशिक रोजगारबाट शुभ सूचना मिल्नेछ। वाहन चलाउँदा सावधान रहनुहोस्। व्यापार व्यवसायमा थप लगानीको लागि समय अनुकूल छैन।

कुम्भ गु, गे, गो, सा, सि, सु, से, सो, दा

पहिला रोकिएका कामहरू प्रारम्भ हुनेछन्। सामाजिक सञ्जालमा बोल्दा ध्यान दिनुपर्ने हुन्छ। पिताको स्वास्थ्यलाई लिएर चिन्ता रहनेछ। आर्थिक पक्ष मजबुत हुनको साथै खर्चमा वृद्धि रहनेछ।

मीन दि, दु, थ, झ, ञ, दे, दो, चा, चि

नोकरी पेशामा अतिरिक्त जिम्मेवारी मिल्नेछ। वाहन प्राप्तिको लागि पिताको सहयोग मिल्नेछ। व्यापारमा नयाँ निवेशहरू बढ्नेछन्। कुनैपनि कार्यको लागि गरिने यात्राबाट सफलता मिल्नेछ

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

रोल्पा र प्यूठानका पाँच स्थानमा कुसन तथा गुडिया बनाउने तालिम सम्पन्न

सामाजिक विकास डिभिजन कार्यालय प्यूठानले आर्थिक वर्ष २०८२र८३ को स्वीकृत कार्यक्रमअन्तर्गत रोल्पा र प्यूठानका पाँच...

रजवारामा ‘गाउँटोल खानेपानी आयोजना’ उद्घाटन

गौमुखी गाउँपालिकाको वडा नं. ३ रजवारा स्थित गाउँटोल खानेपानी, सरसफाई तथा स्वच्छता आयोजनाको उद्घाटन गरिएको...

खरा माविमा हाजिरी जवाफ प्रतियोगिता सम्पन्न

माध्यमिक विद्यालय स्तरिय हाजिरिजवाफ प्रतियोगिता खरा माध्यमिक विद्यालय गौमुखी गाउँपालिका ३, रजवारामा सम्पन्न भएको छ...

प्यूठानमा सडक विस्तार ,सार्थक बहस सहित साझा निर्णयको आवश्यकता

केही समय यता प्यूठानमा सडक विस्तारका सन्दर्भमा के होला? कति होला ? सिमा कायम कति...

वित्तीय साक्षरता आजको आवश्यकता

वित्त शब्द धन वा रुपैंया पैसासंग सम्बन्धित छ । आफुसंग भएको धनसम्पत्तिको सहि सदुपयोग गर्ने...