News Portal

रेडियो सुन्नुहोस्

बड्डडाडामा एकीकृत घुम्ती शिविर सञ्चालन,शिविरमा सेवा लिनेको भीड

सिखबर संवाददाताप्युठान,१३ पुस ।
१०४१ पटक
प्युठान,१३ पुस ।

सरुमारानी गाउँपालिकाको केन्द्र बड्डडाडामा दुई दिने एकीकृत घुम्ती शिविर सञ्चालन भएको छ ।
दुर्गम गाउँका स्थानीयलाई घर दैलोमै पुगेर सेवा दिने सरकारको उद्देश्य अनुरुप सरुमारानी गाउँपालिकाको बडडाडामा दुई दिने एकीकृत घुम्ती शिविर सञ्चालन गरिएको प्रमुख जिल्ला अधिकारी बद्रीनाथ गैह्रेले बताए।उनले भने,–‘जिल्लाका बिषयगत कार्यालयले दिने मह्त्वपुर्ण सेवा गाउँबाटै पाउने भएपछि शिविरमा स्थानीयको भिड लागेको छ । ’
शिविरबाट स्थानीयले समुदायमा सुरक्षा र अपराध नियन्त्रणसम्बन्धी सचेतना , नयां नागरिक्ता फोटो सहितको मतदाता नामावली संकलन,अपाङ्गता तथा जेष्ठ नागरिक परिचय पत्र वितरण, उद्योग व्यवसायसम्बन्धी परामर्श प्रदान,तरकारिका बिउ विजन, निशुल्क स्वास्थ्य परिक्षण तथा औषधी वितरण, पशु उपचार सेवा, निशुल्क आँखा परीक्षणको सेवा पाएका छन्।
जिल्ला प्रशासन कार्यालय प्युठानको संयोजन र सरुमारानी गाउँपालिकाको सहयोग एवं समन्वयमा एकीकृत घुम्ती शिविर आयोजना गरिएको हो । घुम्ती शिविर शनिवार सम्म चल्ने आयोजकले जनाएको छ ।
शिविरमा सेवा लिनेको भीड
गाउँमा एकीकृत घुम्ती शिविर सञ्चालन भएपछि सरकारी सेवा लिन सर्वसाधारणको भीड लागेको छ । इलाका प्रशासन कार्यालय जस्पुर र सदरमुकाम खलगां सम्म जान नसकेका महिला, बालबालिका, जेष्ठ नागरिक, अशक्त र अपांगता भएकाहरुलाई सरकारले घरदैलोमा आएर सेवा दिएकोमा स्थानीयहरु धेरै खुसी भएको सरुमारानी गाउँपालिका २ का वडासदस्य मिन्टु कुमार गुरुङले बताए ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

संविधानको रक्षा र संसद पूनर्स्थापनाका निम्ति जनप्रर्दशनः थापा

नेकपा एमालेका पोलिटव्यूरो सदस्य एवं विघठित प्रतिनिधि सभाका सदस्य सूर्य थापाले नेकपा एमालेले संविधानको रक्षा...

‘मोन्था’ चक्रवातको प्रभाव: वर्षा र हिमपातको संभावना

विहिवार र शुक्रवार बङ्गालको खाडिमा विकसित ‘मोन्था’ चक्रवातको प्रभाव नेपालमा पनि रहने भएको छ ।...

लुप्लुङमा धनञ्जय संग्रहालय बन्दै

धनञ्जय संग्रहालय निर्माणका लागि ३० लाख रकम संकलन भएको छ । नौबहिीन गाउँपालिका–८ लुप्लुङमा संग्रहालयको...

ट्याक्टर दुर्घटनामा पुनको मृत्यु, सहचालक नभएको परिवारको दावी

आइतवार राती गुल्मी कच्चुर खर्कमा ट्याक्टर दुर्घटना हुदा मदाने गाउँपालिका १ का १९ वर्षिय मेगराज...

विश्व दृष्टि दिवसमा प्रहरी र पत्रकारहरुको आँखा जाँच

विश्व दृष्टि दिवस प्यूठानमा पनि मनाइएको छ । हरेक वर्ष अक्टोबर महिनाको दोस्रो बिहीबारलाई विश्व...