News Portal

रेडियो सुन्नुहोस्

बड्डडाडामा एकीकृत घुम्ती शिविर सञ्चालन,शिविरमा सेवा लिनेको भीड

सिखबर संवाददाताप्युठान,१३ पुस ।
१२२७ पटक
प्युठान,१३ पुस ।

सरुमारानी गाउँपालिकाको केन्द्र बड्डडाडामा दुई दिने एकीकृत घुम्ती शिविर सञ्चालन भएको छ ।
दुर्गम गाउँका स्थानीयलाई घर दैलोमै पुगेर सेवा दिने सरकारको उद्देश्य अनुरुप सरुमारानी गाउँपालिकाको बडडाडामा दुई दिने एकीकृत घुम्ती शिविर सञ्चालन गरिएको प्रमुख जिल्ला अधिकारी बद्रीनाथ गैह्रेले बताए।उनले भने,–‘जिल्लाका बिषयगत कार्यालयले दिने मह्त्वपुर्ण सेवा गाउँबाटै पाउने भएपछि शिविरमा स्थानीयको भिड लागेको छ । ’
शिविरबाट स्थानीयले समुदायमा सुरक्षा र अपराध नियन्त्रणसम्बन्धी सचेतना , नयां नागरिक्ता फोटो सहितको मतदाता नामावली संकलन,अपाङ्गता तथा जेष्ठ नागरिक परिचय पत्र वितरण, उद्योग व्यवसायसम्बन्धी परामर्श प्रदान,तरकारिका बिउ विजन, निशुल्क स्वास्थ्य परिक्षण तथा औषधी वितरण, पशु उपचार सेवा, निशुल्क आँखा परीक्षणको सेवा पाएका छन्।
जिल्ला प्रशासन कार्यालय प्युठानको संयोजन र सरुमारानी गाउँपालिकाको सहयोग एवं समन्वयमा एकीकृत घुम्ती शिविर आयोजना गरिएको हो । घुम्ती शिविर शनिवार सम्म चल्ने आयोजकले जनाएको छ ।
शिविरमा सेवा लिनेको भीड
गाउँमा एकीकृत घुम्ती शिविर सञ्चालन भएपछि सरकारी सेवा लिन सर्वसाधारणको भीड लागेको छ । इलाका प्रशासन कार्यालय जस्पुर र सदरमुकाम खलगां सम्म जान नसकेका महिला, बालबालिका, जेष्ठ नागरिक, अशक्त र अपांगता भएकाहरुलाई सरकारले घरदैलोमा आएर सेवा दिएकोमा स्थानीयहरु धेरै खुसी भएको सरुमारानी गाउँपालिका २ का वडासदस्य मिन्टु कुमार गुरुङले बताए ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

८४ बर्ष प्रवेशको अवसरमा विधालयमा अक्षयकोष स्थापना

८४ अौ बर्ष प्रवेश गरेको अवसरमा प्यूठानको एक जिसी परिवारले आफ्ना अभिभावकको नाममा अक्षयकोष स्थापना...

गौमुखी आधारभूत अस्पताल मुख्यमन्त्री आचार्यद्धारा उद्घाटन

प्यूठानको गौमुखी गाउँपालिकामा बनेको १५ शैय्याको गौमुखी आधारभूत अस्पतालको एक कार्यृक्रमका बिच उद्घाटन गरिएको छ...

प्यूठानमा रामकथा वाचन तथा महाआरती ज्ञान महोत्सव सुरु

प्यूठानमा रामकथा वाचन, श्री गरुण महापुराण पितृमुक्ति भक्ति ज्ञान तथा महाआरती महोत्सव सुरु भएको छ...

भोटेकोशि बाढीपीडितका लागि प्यूठानमा सहयोग जुड्दै

भोटेकोशी नदि क्षेत्रमा बुधबार बिहान आएको विनाशकारी बाढीबाट प्रभावितहरूका लागि राहत जुटाउन प्युठान जिल्लामा व्यापकरूपमा...

फेरियो जन्मदिन मनाउने चलन,आफन्तलाई नोटको बुके उपहार 

         जन्मदिन मनाउने चलन अचेल गाउँ सहर जताततै देखिन्छ ।तर  जन्मदिन मनाउने परम्परागत...