News Portal

रेडियो सुन्नुहोस्

नेफस्कुनको साधारण सभा बुटवलमा, विजय फूलबारी लुम्बिनीकै उत्कृष्ट सहकारी

झुलेनी नेटवर्क२०८१ पौष ६
४४३ पटक
२०८१ पौष ६

नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी सङ्घ नेफ्स्कुन को ३३ औ वार्षिक साधारण सभा शुक्रवारदेखि बुटवलमा सुरु भएको छ ।

शुक्रवार र शनिवार चल्ने साधारण सभा तथा गोष्ठको नेपाल सरकारका भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री बलराम अधिकारी,  र नेफ्स्कुनका अध्यक्ष चन्द्र ढकालले संयुक्त रूपमा उद्घाटन गरेका छन् ।

वार्षिक साधारण सभाको अवसरमा विजय फूलबारी बचत तथा ऋण सहकारी संस्था लिमिटेड प्युठानलाई लुम्बिनी प्रदेशको उत्कृष्ट बचत तथा ऋण सहकारी संस्थाको रूपमा सम्मान गरिएको छ । कार्यक्रमका प्रमुख अतिथि मन्त्री बलराम अधिकारी तथा नेफ्स्कुन अध्यक्ष ढकालले संस्थालाई सम्मान गरेको संस्थाका व्यवस्थापक प्रकाश वैद्यले जानकारी दिए ।

सहकारी विभागका रजिस्टार पिताम्बर घिमिरेले सहकारी समस्या र आगामी कार्य योजना बारे र राष्ट्र बैङ्कका उपनिर्देशक रमेश पोखरेल सहकारी सञ्चालकले ख्याल गर्नु पर्ने विषयको कार्यपत्र प्रस्तुत गरेका थिए। साधारण सभाको बन्द सत्र आज(शनिवार) चल्दै छ ।

नेफस्कुनले पहिलो पटक राजधानी बाहिर साधारण सभा गरेको हो ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

बिजुवारमा आँखा अस्पतालको नयाँ भवन शिलान्यास

आँखा उपचार केन्द्र प्रस्तावित नरेन्द्र गायत्री ऑखा अस्पताल बिजुवारको नयाँ भवनको आज (शुक्रबार) एक विशेष...

प्यूठानका विभिन्न स्थानमा बेवारिसे पाँच शव फेला,शव रोल्पाको हुनसक्ने आशंका

प्यूठान , प्यूठानका विभिन्न स्थानमा बेवारिसे पाँच शव फेला परेका छन्। प्यूठानको माडी र लुङ्ग्री...

खलंगामा बन्यो सडक पूर्वाधार विकास कार्यालयको नयाँ भवन

प्यूठान , प्यूठानको खलंगामा निर्माण गरिएको नयाँ भवन सडक पूर्वाधार विकास कार्यालय प्यूठानलाई हस्तान्तरण गरिएको...

गाउँमा बाँदर र बँदेलको आतङ्क, उठिबासको जोखिममा प्यूठानका किसान

दिउँसोमा बाँदरको हुल र राति बँदेल तथा दुम्सीको ताण्डवले ग्रामीण भेगमा खेतीपाती गरेर जीविकोपार्जन गर्दै...

  ‘बारीमै आइपुग्यो कुलो’ मुस्कुराए किसान 

सधैं आकासे झरीको भरमा खेतीपाती गर्नुपर्ने बाध्यता । कुलो मर्मत गर्नकै लागि महिनौंसम्म गर्नुपर्ने कठोर...