News Portal

रेडियो सुन्नुहोस्

नेफस्कुनको साधारण सभा बुटवलमा, विजय फूलबारी लुम्बिनीकै उत्कृष्ट सहकारी

झुलेनी नेटवर्क२०८१ पौष ६
२५८ पटक
२०८१ पौष ६

नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी सङ्घ नेफ्स्कुन को ३३ औ वार्षिक साधारण सभा शुक्रवारदेखि बुटवलमा सुरु भएको छ ।

शुक्रवार र शनिवार चल्ने साधारण सभा तथा गोष्ठको नेपाल सरकारका भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री बलराम अधिकारी,  र नेफ्स्कुनका अध्यक्ष चन्द्र ढकालले संयुक्त रूपमा उद्घाटन गरेका छन् ।

वार्षिक साधारण सभाको अवसरमा विजय फूलबारी बचत तथा ऋण सहकारी संस्था लिमिटेड प्युठानलाई लुम्बिनी प्रदेशको उत्कृष्ट बचत तथा ऋण सहकारी संस्थाको रूपमा सम्मान गरिएको छ । कार्यक्रमका प्रमुख अतिथि मन्त्री बलराम अधिकारी तथा नेफ्स्कुन अध्यक्ष ढकालले संस्थालाई सम्मान गरेको संस्थाका व्यवस्थापक प्रकाश वैद्यले जानकारी दिए ।

सहकारी विभागका रजिस्टार पिताम्बर घिमिरेले सहकारी समस्या र आगामी कार्य योजना बारे र राष्ट्र बैङ्कका उपनिर्देशक रमेश पोखरेल सहकारी सञ्चालकले ख्याल गर्नु पर्ने विषयको कार्यपत्र प्रस्तुत गरेका थिए। साधारण सभाको बन्द सत्र आज(शनिवार) चल्दै छ ।

नेफस्कुनले पहिलो पटक राजधानी बाहिर साधारण सभा गरेको हो ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

विश्व दृष्टि दिवसमा प्रहरी र पत्रकारहरुको आँखा जाँच

विश्व दृष्टि दिवस प्यूठानमा पनि मनाइएको छ । हरेक वर्ष अक्टोबर महिनाको दोस्रो बिहीबारलाई विश्व...

प्यूठान बिजुवारदेखि रारासम्म

भनिन्छ यात्रा हो जीवन । आफ्नै सेरोफेरोमा चलेको जिन्दगीलाई अलि पर मुगु रारासम्म पु¥याउने भ्रमण...

रजवारामा डेढ लाख पुरस्कार राशिको भलिबल प्रतियोगिता हुँदै

गौमुखी गाउँपालिका ३ रजवारामा डेढ लाख रुपैयाँ नगद पुरस्कार राशि रहेको भलिबल प्रतियोगिता हुने भएको...

प्रहरीद्वारा प्यूठानमा तोडफोड र आगजनीमा संलग्नको सूची तयार

प्रहरीले जेनजी आन्दोलनको नाममा भाद्र २४ गते प्यूठानमा तोडफोड र आगजनीमा संलग्न  भएकाहरूको सूची तयार...

१० वर्षीय वालिकालाई झिमरुक खोलाले बगायो, खोजी कार्य जारी

प्यूठानको झिमरुक खोलाले १० वर्षीय वालिकालाई बगाएको छ । मङ्गलबार पौडी खेल्ने क्रममा झिमरुक गाउँपालिका...