News Portal

रेडियो सुन्नुहोस्

नौबहिनीमा दोस्रो अध्यक्ष कप सम्पन्न

झुलेनी नेटवर्क२०८१ पौष ७
१०१९ पटक
२०८१ पौष ७

नौबहिनीमा दोस्रो अध्यक्ष कप-२०८१ शनिवार सम्पन्न भएको छ । बिहिबार देखि शुरु भएको कप अन्तर्गत नौबहिनी गाउँपालिका अन्तर वडा स्तरीय पुरुष तथा महिला भलिबल प्रतियोगिता सम्पन्न भएका छन ।

भलिवलमा पुरुष तर्फ प्रथम नौबहिनी–७, द्वितीय नौबहिनी–५, तृतीय नौबहिनी–३ र सान्त्वना नौबहिनी–२ भएका छन् । प्रथम देखि सान्त्वनालाई क्रमश ६१, ४१, २१ र ११ हजार १ सय ११ रुपैया प्रदान गरिएको छ ।

त्यसैगरी महिला भलिवल तर्फ प्रथम नौबहिनी–१ भएको छ । द्वितीय नौबहिनी–५, तृतीय नौबहिनी–४ र सान्त्वना नौबहिनी–३ भएका हुन् । प्रथम देखि सान्त्वनालाई क्रमशः३१, २१, ११ र ७ हजार १ सय ११ नगद पुरस्कार प्रदान गरिएको छ ।

दुवै खेल तर्फका प्रथम देखि सान्त्वना हुने टिमहरुलाई ट्रफी, मेडल र प्रमाणपत्रको व्यवस्था गरिएको छ । प्रतियोगितामा पालिकाका ८ वटै वडाबाट पुरुष ८ र महिला ८ गरि १६ टिम सहभागी थिए । अन्य सहभागी टिमलाई ५ हजार प्रोत्साहन पुरस्कारको व्यवस्था गरिएको आयोजक खेलकुद विकास समिति नौबहिनीले जनाएको छ । प्रतियोगिता नौबहिनी गाउँपालिकाको सहयोगमा भएको हो ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

  ‘बारीमै आइपुग्यो कुलो’ मुस्कुराए किसान 

सधैं आकासे झरीको भरमा खेतीपाती गर्नुपर्ने बाध्यता । कुलो मर्मत गर्नकै लागि महिनौंसम्म गर्नुपर्ने कठोर...

धेरै दुर्घटना बेलुका छ बजेपछि, युवा सचेत भए दुर्घटना घट्छः मुख्यमन्त्री आचार्य

लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले युवा पीडे सचेत र जिम्मेवार भए सवारी दुर्घटनामा कहि आउने...

प्यूठानका ७१ आयोजनाको पानी अशुद्ध

   जिल्लामा खानेपानीको शुद्धता परीक्षणका क्रममा ७१ वटा खानेपानी आयोजनाको पानी अशुद्ध भेटिएको छ ।...

धनवाङमा सुन्तला

  प्यूठानको स्वर्गद्धारी नगरपालिका वडा नं.–२ धनवाङमा किसानले लगाएको सुन्तला धनवाङ गााउँ सामुदायिक होमस्टे र...

प्यूठानका २८ प्रतिशत किशोरीमा रक्तअल्पता

प्यूठान जिल्लाका २८ प्रतिशत किशोरीहरूमा रक्तअल्पता (एनेमिया) को समस्या देखिएको छ। स्वास्थ्य कार्यालय प्यूठानका अनुसार...