News Portal

रेडियो सुन्नुहोस्

नेपाली कांग्रेस प्यूठानको पालिका सम्मेलन सुरु

झुलेनी नेटवर्क२०८१ पौष ७
३५४ पटक
२०८१ पौष ७

नेपाली कांग्रेस प्यूठानले जिल्लामा पालिका सम्मेलनहरु सुरु गरेको छ । शनिवार सरुमारानी गाउँपालिकाको बांगेशालबाट पालिका सम्मेलनको उद्धघाटन गरिएको नेपाली कांग्रेस प्यूठानका सभापति बिष्णु कुमार गिरीले जानकारी दिए।

सबै पालिका वडा तहसम्मका पार्टीको सम्मेलन गर्ने गरि मिति तय गरिएको छ । पालिका सम्मेलन पौष ६ गतेदेखि पौष १६ गते सम्म सक्ने गरि निर्णय भएको गिरीले बताए।

सरुमारानी गाउँपालिकामा भएको कार्यक्रममा पालिका सभापति लक्ष्मण जि.सी.को अध्यक्षता रहेको थियो । कार्यक्रममा नेपाली काँग्रेस प्रदेश सहमहामन्त्री निमा गिरीको प्रमुख आतिथ्यता, प्यूठान जिल्ला सभापति विष्णु कुमार गिरी, रोल्पा जिल्ला सभापति किशोर कुमार आचार्य, लुम्बिनी प्रदेश सभा सदस्य धनलक्ष्मी श्रेष्ठको आतिथ्यता रहेको थियो ।

७ गते माण्डबी गाउँपालिका , ८गते स्वर्गद्वारी नगरपालिका, ९ गते प्युठान नगरपालिका, १० गते मल्लरानी गाउँपालिका, १२ गते ऐरावती गाउँपालिका, १३ गते झिमरुक गाउँपालिका, १४ गते गौमुखी गाउँपालिका र १५ गते नौबहिनी गाउँपालिकामा सम्मेलन गर्ने तय भएको जनाईएको छ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

विश्व दृष्टि दिवसमा प्रहरी र पत्रकारहरुको आँखा जाँच

विश्व दृष्टि दिवस प्यूठानमा पनि मनाइएको छ । हरेक वर्ष अक्टोबर महिनाको दोस्रो बिहीबारलाई विश्व...

प्यूठान बिजुवारदेखि रारासम्म

भनिन्छ यात्रा हो जीवन । आफ्नै सेरोफेरोमा चलेको जिन्दगीलाई अलि पर मुगु रारासम्म पु¥याउने भ्रमण...

रजवारामा डेढ लाख पुरस्कार राशिको भलिबल प्रतियोगिता हुँदै

गौमुखी गाउँपालिका ३ रजवारामा डेढ लाख रुपैयाँ नगद पुरस्कार राशि रहेको भलिबल प्रतियोगिता हुने भएको...

प्रहरीद्वारा प्यूठानमा तोडफोड र आगजनीमा संलग्नको सूची तयार

प्रहरीले जेनजी आन्दोलनको नाममा भाद्र २४ गते प्यूठानमा तोडफोड र आगजनीमा संलग्न  भएकाहरूको सूची तयार...

१० वर्षीय वालिकालाई झिमरुक खोलाले बगायो, खोजी कार्य जारी

प्यूठानको झिमरुक खोलाले १० वर्षीय वालिकालाई बगाएको छ । मङ्गलबार पौडी खेल्ने क्रममा झिमरुक गाउँपालिका...