News Portal

रेडियो सुन्नुहोस्

नेपाली कांग्रेस प्यूठानको पालिका सम्मेलन सुरु

झुलेनी नेटवर्क२०८१ पौष ७
५५२ पटक
२०८१ पौष ७

नेपाली कांग्रेस प्यूठानले जिल्लामा पालिका सम्मेलनहरु सुरु गरेको छ । शनिवार सरुमारानी गाउँपालिकाको बांगेशालबाट पालिका सम्मेलनको उद्धघाटन गरिएको नेपाली कांग्रेस प्यूठानका सभापति बिष्णु कुमार गिरीले जानकारी दिए।

सबै पालिका वडा तहसम्मका पार्टीको सम्मेलन गर्ने गरि मिति तय गरिएको छ । पालिका सम्मेलन पौष ६ गतेदेखि पौष १६ गते सम्म सक्ने गरि निर्णय भएको गिरीले बताए।

सरुमारानी गाउँपालिकामा भएको कार्यक्रममा पालिका सभापति लक्ष्मण जि.सी.को अध्यक्षता रहेको थियो । कार्यक्रममा नेपाली काँग्रेस प्रदेश सहमहामन्त्री निमा गिरीको प्रमुख आतिथ्यता, प्यूठान जिल्ला सभापति विष्णु कुमार गिरी, रोल्पा जिल्ला सभापति किशोर कुमार आचार्य, लुम्बिनी प्रदेश सभा सदस्य धनलक्ष्मी श्रेष्ठको आतिथ्यता रहेको थियो ।

७ गते माण्डबी गाउँपालिका , ८गते स्वर्गद्वारी नगरपालिका, ९ गते प्युठान नगरपालिका, १० गते मल्लरानी गाउँपालिका, १२ गते ऐरावती गाउँपालिका, १३ गते झिमरुक गाउँपालिका, १४ गते गौमुखी गाउँपालिका र १५ गते नौबहिनी गाउँपालिकामा सम्मेलन गर्ने तय भएको जनाईएको छ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

प्यूठानका ७१ आयोजनाको पानी अशुद्ध

   जिल्लामा खानेपानीको शुद्धता परीक्षणका क्रममा ७१ वटा खानेपानी आयोजनाको पानी अशुद्ध भेटिएको छ ।...

धनवाङमा सुन्तला

  प्यूठानको स्वर्गद्धारी नगरपालिका वडा नं.–२ धनवाङमा किसानले लगाएको सुन्तला धनवाङ गााउँ सामुदायिक होमस्टे र...

प्यूठानका २८ प्रतिशत किशोरीमा रक्तअल्पता

प्यूठान जिल्लाका २८ प्रतिशत किशोरीहरूमा रक्तअल्पता (एनेमिया) को समस्या देखिएको छ। स्वास्थ्य कार्यालय प्यूठानका अनुसार...

रोल्पा र प्यूठानका पाँच स्थानमा कुसन तथा गुडिया बनाउने तालिम सम्पन्न

सामाजिक विकास डिभिजन कार्यालय प्यूठानले आर्थिक वर्ष २०८२र८३ को स्वीकृत कार्यक्रमअन्तर्गत रोल्पा र प्यूठानका पाँच...

रजवारामा ‘गाउँटोल खानेपानी आयोजना’ उद्घाटन

गौमुखी गाउँपालिकाको वडा नं. ३ रजवारा स्थित गाउँटोल खानेपानी, सरसफाई तथा स्वच्छता आयोजनाको उद्घाटन गरिएको...