News Portal

रेडियो सुन्नुहोस्

बिजुवारमा ख्रीष्टमस शुभकामना आदान-प्रदान कार्यक्रम सम्पन्न

झुलेनी नेटवर्क२०८१ पौष ७
५६३ पटक
२०८१ पौष ७

प्यूठानमा ख्रीसमसको शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न भएको छ ।

शनिवार प्यूठान नगरपालिका–४ बिजुवार स्थित बिजुवार सु-समाचार चर्चमा आयोजित कार्यक्रममा आउँदै गरेको ख्रीष्टमसको शुभकामना आदान–प्रदान गरिएको हो ।

बिजुवार सु-समाचार चर्चका पास्टर देवु गिरीको अध्यक्षता प्यूठान नगरपालिकाका नगरप्रवक्ता एव ३ नं. वडा अध्यक्ष सुमनराज श्रेष्ठको प्रमुख आतिथ्यता, प्यूठान नगरपालिका वडा नं. ४ का वडा अध्यक्ष रेशम कार्की र ७ नं. वडा अध्यक्ष नेत्र बहादुर के.सी.को विशिष्ट आतिथ्यता रहेको थियो ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि सुमनराज श्रेष्ठले बाइबलका कुरालाई व्यवहारमा उतार्न सके सामाजिक सदभाव बृद्धि हुने बताए । उनले बाइबलका अनुयायीहरु अरु भन्दा राम्रा र स्वार्थ रहित हुने धारणा राखे ।

सोही कार्यक्रममा नगरप्रवक्ता श्रेष्ठले आफ्नै खर्चमा ५ जना विपन्न तथा जेहेन्दार विद्यार्थीलाई झोला र स्टेशनी वितरण गरेका छन् ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

चट्याङबाट घाईते राना खतरामुक्त, मृतक बिटालुको शव पोष्टमार्टमका लागि विजुवार ल्याईदै

शनिबार राती चट्याङ् लागेर घाईते भएका गौमुखी गाउँपालिका २ का प्रेम सुनारको उपचार भईरहेको छ...

निजी विद्यालय सञ्चालकहरूद्वारा सदरमुकाममा कोणसभा सम्पन्न

निजी विद्यालय सञ्चालकहरूले खलङ्गामा कोणसभा सम्पन्न गरेका छन् । निर्माणाधीन शिक्षा ऐनमा राखिएको प्रावधानको विरोध...

पुस्तकालय र पठन संस्कृति विषयक अन्तरक्रिया वाल मन्दिरमा सम्पन्न

पुस्तकालय र पठन संस्कृति विषयक अन्तरक्रिया कार्यक्रम वाल मन्दिरमा सम्पन्न भएको छ । भानु सामुदायिक...

आलोचना भएपछि ३५ दिने सूचनाको म्याद सकिनै लाग्दा छलफल

विना पूर्व तयारी सडक वरपरका संरचना हटाउन ३५ दिने सूचना जारी गरेको प्यूठान नगरपालिकाले बेलुवा–बाग्दुला...

युवा संघको कार्यक्रममा २० जनाले गरे रक्तदान

राष्ट्रिय युवा संघ नेपाल जिल्ला कमिटी प्यूठानले आयोजना गरेको कार्यक्रममा २० जनाले रगत दान गरेका...