News Portal

रेडियो सुन्नुहोस्

महोत्सवको आकर्षण: डान्स आईडल

झुलेनी नेटवर्क२०८१ पौष १०
४६८ पटक
२०८१ पौष १०

महोत्सवसँगै सञ्चालन गरिएको डान्स आईडलमा युवा–युवतिको आकर्षण छ ।

प्यूठान डान्स आइडल सिजन २ नामाकरण गरिएको नृत्य प्रतियोगिता महोत्सव आयोजकले नै सञ्चालन गरेको हो ।

प्रतियोगितामा सहभागी हुनेमध्ये धेरै किशोर तथा युवा उमेरका रहेको आयोजकले जनाएको छ । नृत्य प्रतियोगितामा आइडल बन्नेलाई ५० हजार नगद,ट्रफि,मेडल र प्रमाणपत्र, फस्ट रनर अप हुनेलाई ३० हजार नगद, ट्रफि, मेडल र प्रमाणपत्र र सेकेन्ड रनर अप हुनेलाई २० हजार नगद, ट्रफि, मेडल र प्रमाणपत्र दिइने आइडल संयोजक लोकेन्द्र सुनारले बताए ।

आइडलका लागि ठुलाबेसी, भिंग्री र विजुवारमा अडिसन राउन्ड गरेर ५१ जना प्रतिस्पर्धी छनोट गरिएको थियो । ५१ जना प्रतिस्पर्धी सहभागी मेघा राउन्डपछि अहिले उत्कृष्ट छनोटका लागि हरेक दिन प्रतिस्पर्धा भइरहेको छ । सोमबारसम्म १५ जना प्रतिस्पर्धी सहभागी रहेको सुनारले बताए ।

विगतमा भोटिङलाई मूल्याङ्कनको आधार बनाइएकोमा यस पटक शतप्रतिशत निर्णायकको मूल्याङ्कनलाई आधार बनाइएको आयोजकले जनाएको छ । हरेक दिन महोत्सवको सुरुवातमा आइडलका प्रतिष्पर्धीहरुले प्रस्तुति देखाउने गरेका छन् ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

लुप्लुङमा धनञ्जय संग्रहालय बन्दै

धनञ्जय संग्रहालय निर्माणका लागि ३० लाख रकम संकलन भएको छ । नौबहिीन गाउँपालिका–८ लुप्लुङमा संग्रहालयको...

ट्याक्टर दुर्घटनामा पुनको मृत्यु, सहचालक नभएको परिवारको दावी

आइतवार राती गुल्मी कच्चुर खर्कमा ट्याक्टर दुर्घटना हुदा मदाने गाउँपालिका १ का १९ वर्षिय मेगराज...

विश्व दृष्टि दिवसमा प्रहरी र पत्रकारहरुको आँखा जाँच

विश्व दृष्टि दिवस प्यूठानमा पनि मनाइएको छ । हरेक वर्ष अक्टोबर महिनाको दोस्रो बिहीबारलाई विश्व...

प्यूठान बिजुवारदेखि रारासम्म

भनिन्छ यात्रा हो जीवन । आफ्नै सेरोफेरोमा चलेको जिन्दगीलाई अलि पर मुगु रारासम्म पु¥याउने भ्रमण...

रजवारामा डेढ लाख पुरस्कार राशिको भलिबल प्रतियोगिता हुँदै

गौमुखी गाउँपालिका ३ रजवारामा डेढ लाख रुपैयाँ नगद पुरस्कार राशि रहेको भलिबल प्रतियोगिता हुने भएको...