News Portal

रेडियो सुन्नुहोस्

सङ्घीयता खारेज गर्न संविधान संशोधन: मोहन विक्रम सिंह

झुलेनी नेटवर्क२०८१ पौष १२
२७० पटक
२०८१ पौष १२

नेकपा मसालका महामन्त्री मोहन विक्रम सिंहले सङ्घीयता खारेज गर्नका लागि संविधान संशोधन गर्नुपर्ने बताएका छन् ।

संविधान संशोधनको मुद्दा बहसमा आइरहेका बेला महामन्त्री सिंहले सङ्घीयता खारेजीका लागि संविधान संशोधन गर्नुपर्ने पक्षमा मसाल रहेको बताए ।

बिहीबार नेपाल कम्युनिस्ट पार्टी मसाल जिल्ला समिति प्यूठानले आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा आफ्ना बिचारहरू राख्दै महामन्त्री सिंहले सङ्घीयता मुलुकको हितमा नरहेको दोहोर्‍याए । उक्त पार्टीले आगामी चैत्र २४ गतेदेखि ३० गतेसम्म सङ्घीयता विरोधी आन्दोलनलाई राजधानी केन्द्रित गर्ने भएको छ । पार्टीको चुनावी मोर्चा राष्ट्रिय जनमोर्चा मार्फत सङ्घीयता खारेजीको माग गर्दै आन्दोलनलाई राजधानी केन्द्रित गर्न थालिएको पार्टीका महामन्त्री मोहन विक्रम सिंहले बताए ।

धर्म निरपेक्षताको पक्ष र सङ्घीयताको विरुद्धमा सालले आन्दोलन गर्न थालेको उनको भनाई छ ।  सिंहले देश टुक्राउने र जातीय तथा क्षेत्रीय विखण्डन ल्याउने सङ्घीयता नेपालीको एजेन्डा नभएको दाबी गरे ।

पार्टी जिल्ला प्रवक्ता राम पहाडीको अध्यक्षतामा भएको पत्रकार भेटघाट कार्यक्रममा राष्ट्रिय जनमोर्चा लुम्बिनी प्रदेशका अध्यक्ष बोमबहादुर खत्री, लगायत नेताहरूको उपस्थिति रहेको थियो । कार्यक्रमको सञ्चालन जिल्ला अध्यक्ष ज्ञामुराम न्यौपानेले गरेका थिए ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

विश्व दृष्टि दिवसमा प्रहरी र पत्रकारहरुको आँखा जाँच

विश्व दृष्टि दिवस प्यूठानमा पनि मनाइएको छ । हरेक वर्ष अक्टोबर महिनाको दोस्रो बिहीबारलाई विश्व...

प्यूठान बिजुवारदेखि रारासम्म

भनिन्छ यात्रा हो जीवन । आफ्नै सेरोफेरोमा चलेको जिन्दगीलाई अलि पर मुगु रारासम्म पु¥याउने भ्रमण...

रजवारामा डेढ लाख पुरस्कार राशिको भलिबल प्रतियोगिता हुँदै

गौमुखी गाउँपालिका ३ रजवारामा डेढ लाख रुपैयाँ नगद पुरस्कार राशि रहेको भलिबल प्रतियोगिता हुने भएको...

प्रहरीद्वारा प्यूठानमा तोडफोड र आगजनीमा संलग्नको सूची तयार

प्रहरीले जेनजी आन्दोलनको नाममा भाद्र २४ गते प्यूठानमा तोडफोड र आगजनीमा संलग्न  भएकाहरूको सूची तयार...

१० वर्षीय वालिकालाई झिमरुक खोलाले बगायो, खोजी कार्य जारी

प्यूठानको झिमरुक खोलाले १० वर्षीय वालिकालाई बगाएको छ । मङ्गलबार पौडी खेल्ने क्रममा झिमरुक गाउँपालिका...