News Portal

रेडियो सुन्नुहोस्

सङ्घीयता खारेज गर्न संविधान संशोधन: मोहन विक्रम सिंह

झुलेनी नेटवर्क२०८१ पौष १२
४८८ पटक
२०८१ पौष १२

नेकपा मसालका महामन्त्री मोहन विक्रम सिंहले सङ्घीयता खारेज गर्नका लागि संविधान संशोधन गर्नुपर्ने बताएका छन् ।

संविधान संशोधनको मुद्दा बहसमा आइरहेका बेला महामन्त्री सिंहले सङ्घीयता खारेजीका लागि संविधान संशोधन गर्नुपर्ने पक्षमा मसाल रहेको बताए ।

बिहीबार नेपाल कम्युनिस्ट पार्टी मसाल जिल्ला समिति प्यूठानले आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा आफ्ना बिचारहरू राख्दै महामन्त्री सिंहले सङ्घीयता मुलुकको हितमा नरहेको दोहोर्‍याए । उक्त पार्टीले आगामी चैत्र २४ गतेदेखि ३० गतेसम्म सङ्घीयता विरोधी आन्दोलनलाई राजधानी केन्द्रित गर्ने भएको छ । पार्टीको चुनावी मोर्चा राष्ट्रिय जनमोर्चा मार्फत सङ्घीयता खारेजीको माग गर्दै आन्दोलनलाई राजधानी केन्द्रित गर्न थालिएको पार्टीका महामन्त्री मोहन विक्रम सिंहले बताए ।

धर्म निरपेक्षताको पक्ष र सङ्घीयताको विरुद्धमा सालले आन्दोलन गर्न थालेको उनको भनाई छ ।  सिंहले देश टुक्राउने र जातीय तथा क्षेत्रीय विखण्डन ल्याउने सङ्घीयता नेपालीको एजेन्डा नभएको दाबी गरे ।

पार्टी जिल्ला प्रवक्ता राम पहाडीको अध्यक्षतामा भएको पत्रकार भेटघाट कार्यक्रममा राष्ट्रिय जनमोर्चा लुम्बिनी प्रदेशका अध्यक्ष बोमबहादुर खत्री, लगायत नेताहरूको उपस्थिति रहेको थियो । कार्यक्रमको सञ्चालन जिल्ला अध्यक्ष ज्ञामुराम न्यौपानेले गरेका थिए ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

प्यूठानमा नेपाली कांग्रेस देउवा पक्षको वडा अधिवेशन सुरु

नेपाली कांग्रेस देउवा पक्षले नियमित महाधिवेशनका लागि प्यूठानका पालिकाहरुमा संयोजक तोकेको छ । वडा र...

बजार अनुगमन र नियन्त्रणमा ध्यान दिऔँ

नेपाली समाजमा चाडपर्वहरू केवल धार्मिक र सांस्कृतिक उत्सव मात्र होइनन्,यी सामाजिक सद्भाव र खुसी साटासाट...

दुर्घटना घटाउन रिफ्लेक्टर स्टिकर  

रात्रीकालीन सवारी साधनलाई सहज एवं सुरक्षित यात्रा गर्न सहयोग पु¥याउने उद्देश्यले प्यूठानका मुख्य सडकमा रिफ्लेक्टर...

नेपाली कांग्रेस क्षेत्रिय सभापतिमा शाह निर्वाचित

नेपाली कांग्रेस प्यूठानको जारी अधिवेशनबाट क्षेत्रीय सभापतिमा नविल विक्रम शाह निर्वाचित भएका छन् । प्रदेश...

नेपाली कांग्रेस क्षेत्रीय सभापतीमा न्यौपाने निर्वाचित

नेपाली कांग्रेस प्यूठानको प्रदेश क्षेत्रीय समिति(ख)मा सर्वसम्मत नेतृत्व चयन भएको छ । चन्द्रलाल न्यौपानेको नेतृत्वमा...