News Portal

रेडियो सुन्नुहोस्

प्यूठान अस्पतालको सुदृढी तथा विकास विषयक अन्तरक्रिया जुम्रीमा

झुलेनी नेटवर्क२०८१ पौष २६
६३७ पटक
२०८१ पौष २६

प्यूठान अस्पतालको सुदृढी तथा विकास विषयक छलफल तथा अन्तरक्रिया कार्यक्रम प्युठान नगरपालिका वडा नं ४ जुम्रिमा सम्पन्न भएको छ ।

प्यूठान अस्पताल विकास समितिको आयोजनामा बिहिबार भएको कार्यक्रममा बोल्दै लुम्बिनी प्रदेशका स्वास्थ्य मन्त्री खेम बहादुर सारुले अस्पतालको विकास र गुणस्तरीयता कायम गर्नका लागि प्रदेश सरकारले विशेष प्राथमिकता दिएको बताए ।

प्यूठान अस्पताल विकास समितिका अध्यक्ष विजय बिराज विष्टको अध्यक्षतामा भएको कार्यक्रममा अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा. राजेन्द्र पौडेलले अस्पतालको बस्तुस्थितको बारेमा प्रस्तुति राखेका थिए । हब अस्पतालको रूपमा विकास भएसँगै प्यूठान अस्पतालमा विशेषज्ञ चिकित्सकको सेवा जारी रहेको पौडेलले बताए । पूर्वाधार, जनशक्ति र श्रोतको अभाव पूर्ति गर्नका लागि डा.पौडेलले अनुरोध गरेका थिए ।

अन्तरक्रिया कार्यक्रममा आफ्ना कुरा राख्दै लायन्स क्लबका नवीन कुमार श्रेष्ठले अस्पतालको सन्दर्भमा राजनीति गर्न नहुने बताए । लायन्स क्लबले डाईलाईसिस मेसिन सञ्चालनका लागि सहयोग गरेको सन्दर्भमा श्रेष्ठले उक्त सेवा छिटै सञ्चालनका लागि सबैले ध्यान दिनुपर्ने बताए । 

नेपाल पत्रकार महासङ्घका पूर्व अध्यक्ष गिरुप्रसाद भण्डारीले निक साईमन लगायतका संस्थाहरूको सहयोगमा अस्पतालको सेवा सहज भए पनि ती संस्थाहरू नहुँदा समेत निरन्तरताको सुनिश्चितता आवश्यक रहेको बताए । महासङ्घका अध्यक्ष श्रीराम भण्डारीले अस्पतालको सेवा सुधारोन्मुख रहेको बताए । 

अन्तरक्रिया कार्यक्रममा मन्तव्य राख्दै प्रदेश सांसद धनलक्ष्मी श्रेष्ठले पछिल्लो समयमा अस्पतालको सेवा र गुणस्तरको दायरा फराकिलो हुँदै गएको बताइन । अस्पतालको थप सुधारका निम्ति आवश्यकताबारे अस्पतालले मूर्त कुरा अगाडि सारेमा सहज हुने उनले बताइन । अर्का प्रदेश सभा सांसद एवं पूर्व मन्त्री तुलसीराम शर्माले प्यूठान अस्पतालको विकास सबैको साझा विषय र आवश्यकता भएकोले सबैको सहकार्यमा अगाडि बढ्दा लाभदायक हुने बताए । पछिल्ला सूचकहरूले पनि अस्पताल बिस्तारै सुधारिँदै गएको उनको बुझाई छ । 

कार्यक्रमको समापन गर्दै विकास समितिका अध्यक्ष विष्टले विकास समितिमार्फत अस्पतालको सुधारका धेरै काम भएको र अहिले अस्पतालको कोषमा पनि सुधार आएको बताए ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

घरदैलोमै सामाजिक सुरक्षा भत्ता

अति अशक्तता भएका, विधवा, दलित बालबालिका र ७० बर्ष माथिका जेष्ठ नागरिकका लागि राज्यले सामाजिक...

मल्लरानीको पनि आफ्नै भवन बन्ने

प्यूठान, प्यूठानको मल्लरानी गाउँपालिकाको प्रशासकीय भवन निर्माण कार्य सुरु भएको छ । गाउँपालिका अध्यक्ष कृष्ण...

गर्भवती किशोरीको हेलिकप्टर मार्फत उद्धार

स्वास्थ्य जटिल देखिएपछि गर्भवती किशोरीको हेलिकप्टर मार्फत उद्धार गरिएको छ।रोल्पा लुङ्ग्री गाउँपालिका वडा नं.–१ की...

मल्लरानी -३ मा यस बर्षको भित्तेपात्रो निःशुल्क

मल्लरानी गाउँपालिका वडा नं.३ ले यस बर्षको भित्तेपात्रो निःशुल्क वितरण गर्ने भएको छ। २०८३ सालको...

झिमरुक गाउँपालिकाको चालु आ‍.व.को दोश्रो चौमासिकको सार्वजनिक सुनुवाई सम्पन्न

झिमरुक गाउँपालिकाले आर्थिक वर्ष २०८२/०८३ को दोश्रो चौमासिकको सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न भएको छ ।...