News Portal

रेडियो सुन्नुहोस्

फोनिज प्यूठानको अध्यक्षमा तेजेन्द्र बुढा मगर निर्वाचित

झुलेनी नेटवर्क२०८१ पौष २८
२६९ पटक
२०८१ पौष २८

नेपाल आदिवासी जनजाति पत्रकार महासङ्घ (फोनिज) प्यूठानको अध्यक्षमा तेजेन्द्र बुढामगर निर्वाचित भएका छन् । शनिवार प्यूठान नगरपालिका ४ स्थित सूचना केन्द्रमा सम्पन्न छैटौँ अधिवेशनबाट बुढामगरको नेतृत्वमा १३ सदस्यीय नयाँ कार्यसमिति निर्वाचित भएको छ ।

सर्व सहमतिमा निर्वाचित कार्यसमितिको उपाध्यक्षमा सुवास श्रेष्ठ सचिव सुशीला बुढामगर सह सचिव सुरज मगर, कोषाध्यक्ष केदार थापा मगर र सदस्यहरूमा विवश घर्ती मगर स्मृति घर्ती मगर,विष्णु राई, गोमा घर्ती मगर खगेन्द्र थापा मगर, विष्णु पुन, केशव श्रेष्ठ र आइविर थापा मगर निर्वाचित भएका हुन् ।

अधिवेशन उद्घाटन सत्रका प्रमुख अतिथि नौबहिनी गाउँपालिका अध्यक्ष दिल बहादुर थापा मगरले जनजाति पत्रकारले दबिएका आवाजहरूलाई समानान्तर ढङ्गले उठान गर्नुपर्ने बताए । भाषा संस्कृति र मेलमिलापलाई सञ्चारकर्मीहरूले प्राथमिकतामा राख्नु पर्ने  बताए ।

कार्यक्रममा पत्रकार महासङ्घका पूर्व अध्यक्षहरू र वर्तमान कार्यसमितिका पदाधिकारी र विभिन्न सञ्चार कर्मीहरूको उपस्थिति रहेको थियो । कार्यक्रममा बोल्ने वक्ताहरूले  पछिल्लो समय पत्रकार जगतमा प्रश्न उठ्न थालेको भन्दै यस लाई गम्भीर रूपमा दिएर पेसाको मर्म अनुसार समाज रूपान्तरणमा लाग्नु पर्नेमा जोड दिएका थिए ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

विश्व दृष्टि दिवसमा प्रहरी र पत्रकारहरुको आँखा जाँच

विश्व दृष्टि दिवस प्यूठानमा पनि मनाइएको छ । हरेक वर्ष अक्टोबर महिनाको दोस्रो बिहीबारलाई विश्व...

प्यूठान बिजुवारदेखि रारासम्म

भनिन्छ यात्रा हो जीवन । आफ्नै सेरोफेरोमा चलेको जिन्दगीलाई अलि पर मुगु रारासम्म पु¥याउने भ्रमण...

रजवारामा डेढ लाख पुरस्कार राशिको भलिबल प्रतियोगिता हुँदै

गौमुखी गाउँपालिका ३ रजवारामा डेढ लाख रुपैयाँ नगद पुरस्कार राशि रहेको भलिबल प्रतियोगिता हुने भएको...

प्रहरीद्वारा प्यूठानमा तोडफोड र आगजनीमा संलग्नको सूची तयार

प्रहरीले जेनजी आन्दोलनको नाममा भाद्र २४ गते प्यूठानमा तोडफोड र आगजनीमा संलग्न  भएकाहरूको सूची तयार...

१० वर्षीय वालिकालाई झिमरुक खोलाले बगायो, खोजी कार्य जारी

प्यूठानको झिमरुक खोलाले १० वर्षीय वालिकालाई बगाएको छ । मङ्गलबार पौडी खेल्ने क्रममा झिमरुक गाउँपालिका...