News Portal

रेडियो सुन्नुहोस्

फोनिज प्यूठानको अध्यक्षमा तेजेन्द्र बुढा मगर निर्वाचित

झुलेनी नेटवर्क२०८१ पौष २८
३६७ पटक
२०८१ पौष २८

नेपाल आदिवासी जनजाति पत्रकार महासङ्घ (फोनिज) प्यूठानको अध्यक्षमा तेजेन्द्र बुढामगर निर्वाचित भएका छन् । शनिवार प्यूठान नगरपालिका ४ स्थित सूचना केन्द्रमा सम्पन्न छैटौँ अधिवेशनबाट बुढामगरको नेतृत्वमा १३ सदस्यीय नयाँ कार्यसमिति निर्वाचित भएको छ ।

सर्व सहमतिमा निर्वाचित कार्यसमितिको उपाध्यक्षमा सुवास श्रेष्ठ सचिव सुशीला बुढामगर सह सचिव सुरज मगर, कोषाध्यक्ष केदार थापा मगर र सदस्यहरूमा विवश घर्ती मगर स्मृति घर्ती मगर,विष्णु राई, गोमा घर्ती मगर खगेन्द्र थापा मगर, विष्णु पुन, केशव श्रेष्ठ र आइविर थापा मगर निर्वाचित भएका हुन् ।

अधिवेशन उद्घाटन सत्रका प्रमुख अतिथि नौबहिनी गाउँपालिका अध्यक्ष दिल बहादुर थापा मगरले जनजाति पत्रकारले दबिएका आवाजहरूलाई समानान्तर ढङ्गले उठान गर्नुपर्ने बताए । भाषा संस्कृति र मेलमिलापलाई सञ्चारकर्मीहरूले प्राथमिकतामा राख्नु पर्ने  बताए ।

कार्यक्रममा पत्रकार महासङ्घका पूर्व अध्यक्षहरू र वर्तमान कार्यसमितिका पदाधिकारी र विभिन्न सञ्चार कर्मीहरूको उपस्थिति रहेको थियो । कार्यक्रममा बोल्ने वक्ताहरूले  पछिल्लो समय पत्रकार जगतमा प्रश्न उठ्न थालेको भन्दै यस लाई गम्भीर रूपमा दिएर पेसाको मर्म अनुसार समाज रूपान्तरणमा लाग्नु पर्नेमा जोड दिएका थिए ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

लुम्बिनी प्रदेशमा बुधबार सार्वजनिक बिदा

लुम्बिनी प्रदेश सरकारले प्रदेश स्थापना दिवसको अवसरमा माघ २१ गते बुधबारका दिन प्रदेशभर सार्वजनिक बिदा...

सहिदहरुको बलिदानबाट प्राप्त संवैधानिक उपलब्धि जोगाउन सबै जिम्मेवार बन्नुपर्छ ः मुख्यमन्त्री आचार्य

लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले सहिदहरूको बलिदानबाट प्राप्त संवैधानिक उपलब्धि जोगाउन सबै जिम्मेवार बन्नुपर्ने बताएका...

एमालेले बनायो ५०१ सदस्यीय निर्वाचन परिचालन कमिटी

नेकपा (एमाले) प्यूठानले निर्वाचन लक्षित छलफलाई तिव्र बनाएको छ । जिल्लामा एमालेले भेटघाट र छलफल...

मोटरसाइकल दुर्घटनामा एक युवकको ज्यान गयाे

मोटरसाइकल दुर्घटनामा परी प्यूठानको मल्लरानी गाउँपालिका–४ बुढाचौरका एक युवकको ज्यान गएको छ। दुर्घटनामा परी २८...

प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि निर्वाचन प्रहरी भर्ना गर्न दरखास्त आह्वान

आगामी फागुन २१ गते हुन गइरहेको प्रतिनिधिसभा सदस्य निर्वाचनको लागि निर्वाचन प्रहरी भर्ना गर्न दरखास्त...