News Portal

रेडियो सुन्नुहोस्

कङ्के देउरालीमा ‘गुहारी जलाशय’ निर्माणबारे अर्थमन्त्रीसँग छलफल

झुलेनी नेटवर्क२०८१ माघ १
५१४ पटक
२०८१ माघ १

कङ्के देउरालीमा जलाशय नमुना परियोजना निर्माणका लागि सर्वपक्षीय टोलीले अर्थमन्त्रीसँग छलफल गरेको छ ।

सङ्घीय सांसद सूर्य बहादुर थापा क्षेत्री सहितको टोलीले गुहारी जलाशय सहित विभिन्न विकास योजनाबारे अर्थमन्त्री विष्णुप्रसाद पौडेलसँग छलफल गरेको हो ।

गुल्मी, प्यूठान र अर्घाखाँचीको सीमावर्ती क्षेत्र कङ्के देउरालीमा ३२ मिटर अग्लो र १ हजार मिटर लामो गुहारी जलाशय नमुना परियोजना निर्माणका लागि पहल भइरहेको छ । उक्त भेटमा सालझण्डी– ढोरपाटन सडक, बाग्दुला–भीमगिठे सडक, मदन भण्डारी राजमार्ग– अनएच, १९ गोखुंगा– खरिबोट– बाग्दुला खण्ड, बृहत् बिजुवार खानेपानी आयोजना, विभिन्न पक्की पुललगायतका योजनाका बारेमा समेत अर्थमन्त्रीसँग गम्भीर छलफल भएको सांसद थापाको भनाई छ ।

अर्थमन्त्रीसँगको भेटमा मदाने गाउँपालिका अध्यक्ष महेन्द्रबहादुर कुँवर, प्रधानमन्त्रीका पूर्व जनसम्पर्क सल्लाहकार बुद्धिबहादुर जिसी, नेपाली काँग्रेस, गुल्मीका नेता शिव केसी, वडाध्यक्ष सन्तोष केसी, नेकपा(एमाले) का नेता सुशील भट्टराईलगायतको सहभागिता रहेको थियो ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

बिजुवारमा आँखा अस्पतालको नयाँ भवन शिलान्यास

आँखा उपचार केन्द्र प्रस्तावित नरेन्द्र गायत्री ऑखा अस्पताल बिजुवारको नयाँ भवनको आज (शुक्रबार) एक विशेष...

प्यूठानका विभिन्न स्थानमा बेवारिसे पाँच शव फेला,शव रोल्पाको हुनसक्ने आशंका

प्यूठान , प्यूठानका विभिन्न स्थानमा बेवारिसे पाँच शव फेला परेका छन्। प्यूठानको माडी र लुङ्ग्री...

खलंगामा बन्यो सडक पूर्वाधार विकास कार्यालयको नयाँ भवन

प्यूठान , प्यूठानको खलंगामा निर्माण गरिएको नयाँ भवन सडक पूर्वाधार विकास कार्यालय प्यूठानलाई हस्तान्तरण गरिएको...

गाउँमा बाँदर र बँदेलको आतङ्क, उठिबासको जोखिममा प्यूठानका किसान

दिउँसोमा बाँदरको हुल र राति बँदेल तथा दुम्सीको ताण्डवले ग्रामीण भेगमा खेतीपाती गरेर जीविकोपार्जन गर्दै...

  ‘बारीमै आइपुग्यो कुलो’ मुस्कुराए किसान 

सधैं आकासे झरीको भरमा खेतीपाती गर्नुपर्ने बाध्यता । कुलो मर्मत गर्नकै लागि महिनौंसम्म गर्नुपर्ने कठोर...