News Portal

रेडियो सुन्नुहोस्

कङ्के देउरालीमा ‘गुहारी जलाशय’ निर्माणबारे अर्थमन्त्रीसँग छलफल

झुलेनी नेटवर्क२०८१ माघ १
३४८ पटक
२०८१ माघ १

कङ्के देउरालीमा जलाशय नमुना परियोजना निर्माणका लागि सर्वपक्षीय टोलीले अर्थमन्त्रीसँग छलफल गरेको छ ।

सङ्घीय सांसद सूर्य बहादुर थापा क्षेत्री सहितको टोलीले गुहारी जलाशय सहित विभिन्न विकास योजनाबारे अर्थमन्त्री विष्णुप्रसाद पौडेलसँग छलफल गरेको हो ।

गुल्मी, प्यूठान र अर्घाखाँचीको सीमावर्ती क्षेत्र कङ्के देउरालीमा ३२ मिटर अग्लो र १ हजार मिटर लामो गुहारी जलाशय नमुना परियोजना निर्माणका लागि पहल भइरहेको छ । उक्त भेटमा सालझण्डी– ढोरपाटन सडक, बाग्दुला–भीमगिठे सडक, मदन भण्डारी राजमार्ग– अनएच, १९ गोखुंगा– खरिबोट– बाग्दुला खण्ड, बृहत् बिजुवार खानेपानी आयोजना, विभिन्न पक्की पुललगायतका योजनाका बारेमा समेत अर्थमन्त्रीसँग गम्भीर छलफल भएको सांसद थापाको भनाई छ ।

अर्थमन्त्रीसँगको भेटमा मदाने गाउँपालिका अध्यक्ष महेन्द्रबहादुर कुँवर, प्रधानमन्त्रीका पूर्व जनसम्पर्क सल्लाहकार बुद्धिबहादुर जिसी, नेपाली काँग्रेस, गुल्मीका नेता शिव केसी, वडाध्यक्ष सन्तोष केसी, नेकपा(एमाले) का नेता सुशील भट्टराईलगायतको सहभागिता रहेको थियो ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

मंसिर २८ गते देखी प्यूठानमा टिभिएसको एक्सचेन्ज अफर लाग्ने

टिभिएस प्यूठानले पुराना वाइक वा स्कुटी एक्सचेन्ज अफर संचालन गर्ने भएको छ । दुइचक्के सवारी...

राजनीतिमा पुस्तान्तरणको खाँचो

नेपाल जस्तो बहुल जातीय,सांस्कृतिक र भौगोलिक विविधता भएको देशमा राजनीति निरन्तर परिवर्तन र रूपान्तरणको प्रक्रियामा...

संविधानको रक्षा र संसद पूनर्स्थापनाका निम्ति जनप्रर्दशनः थापा

नेकपा एमालेका पोलिटव्यूरो सदस्य एवं विघठित प्रतिनिधि सभाका सदस्य सूर्य थापाले नेकपा एमालेले संविधानको रक्षा...

‘मोन्था’ चक्रवातको प्रभाव: वर्षा र हिमपातको संभावना

विहिवार र शुक्रवार बङ्गालको खाडिमा विकसित ‘मोन्था’ चक्रवातको प्रभाव नेपालमा पनि रहने भएको छ ।...

लुप्लुङमा धनञ्जय संग्रहालय बन्दै

धनञ्जय संग्रहालय निर्माणका लागि ३० लाख रकम संकलन भएको छ । नौबहिीन गाउँपालिका–८ लुप्लुङमा संग्रहालयको...