News Portal

रेडियो सुन्नुहोस्

भैलो खेलेको पैसाले सडकबत्ती, पशुपतिनगर झिलिमिली

मधुसूदन पोख्रेल२०८१ माघ ०५
५४० पटक
२०८१ माघ ०५

तिहारमा भैलो खेलेर जम्मा भएको रकमले सडकबत्ती जोडेपछि प्यूठान नगरपालिका वडा नं. २ स्थित पशुपतिनगर टोल झिलिमिली बनेको छ ।

भैलो खेलेर जम्मा भएको ५७ हजार र टोलवासीमार्फत उठेको ४१ हजार सहयोग गरी ९८ हजार लागतमा सडकबत्ती जडान गरिएको टोल सुधार समितिका अध्यक्ष मुक्ति प्रसाद शर्माले बताए ।

समितिको पहलकदमीमा १ हजार ८० मिटर विद्युतीय तार र टोलका लागि २५ वटा सडक बत्ती खरिद गरेर जडान गरेपछि पशुपतिनगर टोल झिलिमिली भएको छ । टोल सुधार समितिमार्फत हरेक महिना बैठक बसी ५० रुपैयाँका सामाजिक कामका लागि सङ्कलन गर्ने गरिएको अध्यक्ष शर्माले बताए । स्थानीय तहमा सडकबत्ती जडानको माग गर्दा बजेट नभएको बताएपछि टोलकै प्रयासमा जोडिएको उनको भनाई छ । ९३ घरधुरी रहेको टोलमा  सडकबत्ती जडान भएपछि स्थानीय खुसी भएका छन् ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

खलंगामा बन्यो सडक पूर्वाधार विकास कार्यालयको नयाँ भवन

प्यूठान , प्यूठानको खलंगामा निर्माण गरिएको नयाँ भवन सडक पूर्वाधार विकास कार्यालय प्यूठानलाई हस्तान्तरण गरिएको...

गाउँमा बाँदर र बँदेलको आतङ्क, उठिबासको जोखिममा प्यूठानका किसान

दिउँसोमा बाँदरको हुल र राति बँदेल तथा दुम्सीको ताण्डवले ग्रामीण भेगमा खेतीपाती गरेर जीविकोपार्जन गर्दै...

  ‘बारीमै आइपुग्यो कुलो’ मुस्कुराए किसान 

सधैं आकासे झरीको भरमा खेतीपाती गर्नुपर्ने बाध्यता । कुलो मर्मत गर्नकै लागि महिनौंसम्म गर्नुपर्ने कठोर...

धेरै दुर्घटना बेलुका छ बजेपछि, युवा सचेत भए दुर्घटना घट्छः मुख्यमन्त्री आचार्य

लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले युवा पीडे सचेत र जिम्मेवार भए सवारी दुर्घटनामा कहि आउने...

प्यूठानका ७१ आयोजनाको पानी अशुद्ध

   जिल्लामा खानेपानीको शुद्धता परीक्षणका क्रममा ७१ वटा खानेपानी आयोजनाको पानी अशुद्ध भेटिएको छ ।...