News Portal

रेडियो सुन्नुहोस्

बृहत् विजुवार खानेपानीलाई २३ करोड बजेट सुनिश्चितता, स्थानीय खुसी

झुलेनी नेटवर्क२०८१ माघ ८
६५१ पटक
२०८१ माघ ८

प्यूठान नगर क्षेत्रको खानेपानी अभाव समाधानका लागि नौबहिनी गाउँपालिका वडा नं. ५ गाबै खोलाको पानी ल्याइने भएको छ । गाबै खोलाको विजासरे मुहानबाट पानी ल्याएर प्यूठान नगरपालिका वडा नं. १,२,३,४, ७ र ८ नम्बर वडामा खानेपानी आपूर्ति गर्न बृहत् बिजुवार खानेपानी आयोजनाका लागि अर्थ मन्त्रालयले २३ करोड बजेट सुनिश्चित गरेको छ ।

हाल बृहत् खानेपानी अन्तरगत झन्डै २ हजार उपभोक्ताले प्रयोग गर्दै आएका छन् । ६ ठाउँबाट लिफ्ट प्रविधिमार्फत पानी तानेर खानेपानी वितरण हुँदै आएको छ । बजेट सुनिश्चितताले उपभोक्ताको धारोमा १ घण्टाभन्दा बढी पानी पठाउन नसकिएको अहिलेको समस्या समाधान हुने र बजार क्षेत्रको खानेपानी समस्या समाधान हुने आयोजनाकी अध्यक्ष जानका केसी ले बताइन । ५ वर्ष देखी मुहान दर्ता, डिपिआर लगायतका कामको प्रक्रिया अगाडी बढाएकोमा अहिले बजेट सुनिश्चित भएपछि उनले खुसी व्यक्त गरिन् ।

केसीका अनुसार सुरुका वर्षहरूमा मुहान नपाएरै समस्या झेल्नुपरेको थियो । भने, डिपिआर स्वीकृत गर्न पनि लामो समय लागेको थियो । खानेपानीको पहिलो ट्याङ्की देखि ३६ किलोमिटरको दुरीमा पर्ने गाबै खोलाबाट आएको पानी दम्तीमा ट्रिटमेन्ट प्लान्टमा सुद्धिकरण गरेपछि वितरण योजना छ ।

बजेट सुनिश्चिततापछि प्यूठान नगरवासीका लागि यति ठुलो खुसीको क्षण यसअघि विरलै आएको हुनसक्ने प्रतिनिधि सभा सदस्य सूर्य बहादुर थापा क्षेत्रीले बताए । पुरानो आयोजनाको ब्याज भुक्तानी, नियमित मर्मत सम्भार र बिजुलीको विल भुक्तानीका लागि उपभोक्तालाई निरन्तर समस्या भएपछि समितिको आग्रहमा बजेट सुनिश्चितताका लागि आफूले खानेपानी विभाग र अर्थ मन्त्रालयमा विगत १ वर्ष देखी पहल गरेको थापाले बताए । आयोजना समयमै गुणस्तरीय र प्रभावकारी रूपमा सम्पन्न भएपछि नगर क्षेत्रको खानेपानी समस्या समाधान हुने उनको भनाई छ ।

एसियाली विकास बैङ्क, नेपाल सरकार साना शहरी खानेपानी आयोजना र स्थानीय उपभोक्ताको ८ करोड भन्दा बढीको लागतमा आयोजना २०५८ मा बनेको थियो । ठुलो लगानीमा निर्माण गरिएको योजनाले धारामा धमिलो पानी आउने, यन्त्र उपकरणहरू मर्मत सम्भारमा समस्या, चर्को विद्युत् महसुल लगायतका समस्या झेल्दै आएको छ ।

२०५८ सालमा एक हजार ४ सय घरधुरी लक्षित गरेर नौबहिनी गाउँपालिकाको बल्लेखोलाबाट पानी ल्याइ प्यूठानको मुख्य व्यापारिक केन्द्र बासीहरूको प्यास मेटाउने अवधारणमा सुरु गरिएको वृहत् योजना बजेट अभाव हुँदा लिफ्ट खानेपानी बनाएर पूर्ति गरिएको थियो । गेजवाङमा २ वटा, बाग्दुला , टिकुरी, भौका र दाखाक्वाडीमा एक एक वटा सम्वायल (मोटर ट्याङ्की) बाट लिफ्ट मार्फत पानी तानी वितरण गरिएको आयोजनाका कार्यालय प्रमुख शरद सुवेदीले बताए । उनका अनुसार बर्खा याममा दैनिक ८ लाख लिटरसम्म वितरण गर्ने भए पनि गर्मी महिनामा ५ लाख ५० हजार लिटर मात्रै पूर्ति हुने हुँदा उपभोक्ताहरूलाई पानी पू¥याउन वृहत्ले सकिरहेको छैन ।

अर्थ मन्त्रालयमार्फत श्रोत सुनिश्चितता भएपछि स्थानीय खुसी भएका छन् ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

प्यूठानमा नेपाली कांग्रेस देउवा पक्षको वडा अधिवेशन सुरु

नेपाली कांग्रेस देउवा पक्षले नियमित महाधिवेशनका लागि प्यूठानका पालिकाहरुमा संयोजक तोकेको छ । वडा र...

बजार अनुगमन र नियन्त्रणमा ध्यान दिऔँ

नेपाली समाजमा चाडपर्वहरू केवल धार्मिक र सांस्कृतिक उत्सव मात्र होइनन्,यी सामाजिक सद्भाव र खुसी साटासाट...

दुर्घटना घटाउन रिफ्लेक्टर स्टिकर  

रात्रीकालीन सवारी साधनलाई सहज एवं सुरक्षित यात्रा गर्न सहयोग पु¥याउने उद्देश्यले प्यूठानका मुख्य सडकमा रिफ्लेक्टर...

नेपाली कांग्रेस क्षेत्रिय सभापतिमा शाह निर्वाचित

नेपाली कांग्रेस प्यूठानको जारी अधिवेशनबाट क्षेत्रीय सभापतिमा नविल विक्रम शाह निर्वाचित भएका छन् । प्रदेश...

नेपाली कांग्रेस क्षेत्रीय सभापतीमा न्यौपाने निर्वाचित

नेपाली कांग्रेस प्यूठानको प्रदेश क्षेत्रीय समिति(ख)मा सर्वसम्मत नेतृत्व चयन भएको छ । चन्द्रलाल न्यौपानेको नेतृत्वमा...