![](https://jhulenipost.com/wp-content/uploads/2024/01/Untitled-2.gif)
![](https://jhulenipost.com/wp-content/uploads/2023/11/English-add-1.gif)
![](https://jhulenipost.com/wp-content/uploads/2025/02/IMG_20250209_092445-711x400.jpg)
जनकल्याण बचत तथा ऋण सहकारी संस्थाले आफ्नो २५ औ बार्षिकोत्सव तथा रजत महोत्सव मनाएको छ ।
झिमरुक गाउपालिका ५ मच्छीमा रहेको उक्त सहकारीले शनिवार आफ्नो उत्सवको अवसरमा विविध कार्यक्रम हो । सहकारीले बार्षिक उत्सवको अवसरमा संस्थापक अध्यक्ष , सस्थापक सदस्य एवम सेयर सदस्य , उत्कृस्ट बचत कर्ता , नियमित उत्कृष्ट बचत कर्ता, कर्मचारी, बृद्ध बचत कर्तालाई सम्मान गरेको छ ।
जनकल्याण सहकारी प्यूठान जिल्लामा रजत मोत्सव मनाउने दोश्रो सहकारी बनेको सचिव लिलाधर न्यौपानेले बताए । उत्सवको अवसरमा सहकारीले झिमरुक गाउपालिका मावि स्तरीय बक्तृत्वकला प्रतियोगिता , गीत नृत्य प्रतियोगिता आयोजना गरेको थियो ।
बक्तृत्वकला प्रतियोगितामा प्रथम बालशिक्षा मावी ओखरकोटका छात्र रमेश विक , दोस्रो लक्ष्मी मावी बाङगेमरोटकि छात्रा एन्जीला पन्थी , तेस्रो सत्य मावी तुषाराकी छात्रा सदिस्या बस्नेत र सान्वना सिता मावी कुताकी छात्रा एलिसा थापा भएका छन् ।
त्यस्तै सहकारी विषयक गित तथा नृत्य प्रतियोगितामा प्रथम चुँदारा बचत तथा ऋण सहकारी समुह चुँदारा, दोस्रो ओखरकोट बचत तथा ऋण सहकारी समुह ओखरकोट, तृतिय मामा भान्जा बचत तथा ऋण सहकारी समुह बाङगे र सान्त्वना शिर्जनशिल बचत तथा ऋण सहकारी समुह गब्दी भएका छन ।
१२ सय ६५ जना सदस्य सहेको सहकारीमा महिला सदस्य संख्या ७ सय ८५ र पुरुष सदस्य ४ सय ८० जना रहेका छन । हाल सहकारीमा कुल पुजी ९ करोड ९२ लाख ५३ हजार ९२ रुपैया रहेको संस्थाका ऋण उपसमितिका संयोजक बोधिराम पोख्रेलले बताए । उनका अनुसार सहकारीले आफ्ना सदस्यहरुलाइ ६ प्रतिसत व्याजदरमा ऋण उपलब्ध गराउदै आएको छ ।
कार्यक्रममा बोल्दै जनकल्याण बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष खड्क बहादुर केसीले २०५६ सालमा २६ जना सदस्यले ५ हजार रकमबाट मच्छीमा स्थापना गरेको सहकारी झिमरुक गाउपालिकाको पुरानो सहकारी रहेको बताए ।
कार्यक्रमका प्रमुख अथिति जिल्ला समन्वय समितीका प्रमुख धरम बहादुर जिसीले रजत महोत्सवको सुभकामना दिदै सहकारीलाइ राम्रो बनाउन सहकारीका सदस्य कर्मचारी र सन्चालक समितीको महत्वपुर्ण भुमीका रहने बताएका छन ।
कार्यक्रममा झिमरुक गाउपालिका ४ का वडाध्यक्ष सिताराम भट्राइ, झिमरुक गाउपालिका ७ का वडाध्यक्ष कृष्ण बहादुर जिसी विभिन्न सहकारीका अध्यक्ष लगायतले मन्तव्य राखेका थिए । सहकारीले उत्सवका अवसरमा स्मारिका प्रकासन गरि विमोचन गरेको छ ।
हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।
![](https://jhulenipost.com/wp-content/uploads/2023/11/English-add.gif)
![](https://jhulenipost.com/wp-content/uploads/2024/01/Untitled-2.gif)