News Portal

रेडियो सुन्नुहोस्

जनकल्याण सहकारीले मनायो रजत महोत्सव

बोम बहादुर परियार२०८१ माघ २७
१४३ पटक
२०८१ माघ २७

जनकल्याण बचत तथा ऋण सहकारी संस्थाले आफ्नो २५ औ बार्षिकोत्सव तथा रजत महोत्सव मनाएको छ ।

झिमरुक गाउपालिका ५ मच्छीमा रहेको उक्त सहकारीले शनिवार आफ्नो उत्सवको अवसरमा विविध कार्यक्रम हो । सहकारीले बार्षिक उत्सवको अवसरमा संस्थापक अध्यक्ष , सस्थापक सदस्य एवम सेयर सदस्य , उत्कृस्ट बचत कर्ता , नियमित उत्कृष्ट बचत कर्ता, कर्मचारी, बृद्ध बचत कर्तालाई सम्मान गरेको छ ।

जनकल्याण सहकारी प्यूठान जिल्लामा रजत मोत्सव मनाउने दोश्रो सहकारी बनेको सचिव लिलाधर न्यौपानेले बताए । उत्सवको अवसरमा सहकारीले झिमरुक गाउपालिका मावि स्तरीय बक्तृत्वकला प्रतियोगिता , गीत नृत्य प्रतियोगिता आयोजना गरेको थियो ।

बक्तृत्वकला प्रतियोगितामा प्रथम बालशिक्षा मावी ओखरकोटका छात्र रमेश विक , दोस्रो लक्ष्मी मावी बाङगेमरोटकि छात्रा एन्जीला पन्थी , तेस्रो सत्य मावी तुषाराकी छात्रा सदिस्या बस्नेत र सान्वना सिता मावी कुताकी छात्रा एलिसा थापा भएका छन् ।

त्यस्तै सहकारी विषयक गित तथा नृत्य प्रतियोगितामा प्रथम चुँदारा बचत तथा ऋण सहकारी समुह चुँदारा, दोस्रो ओखरकोट बचत तथा ऋण सहकारी समुह ओखरकोट, तृतिय मामा भान्जा बचत तथा ऋण सहकारी समुह बाङगे र सान्त्वना शिर्जनशिल बचत तथा ऋण सहकारी समुह गब्दी भएका छन ।

१२ सय ६५ जना सदस्य सहेको सहकारीमा महिला सदस्य संख्या ७ सय ८५ र पुरुष सदस्य ४ सय ८० जना रहेका छन । हाल सहकारीमा कुल पुजी ९ करोड ९२ लाख ५३ हजार ९२ रुपैया रहेको संस्थाका ऋण उपसमितिका संयोजक बोधिराम पोख्रेलले बताए । उनका अनुसार सहकारीले आफ्ना सदस्यहरुलाइ ६ प्रतिसत व्याजदरमा ऋण उपलब्ध गराउदै आएको छ ।

कार्यक्रममा बोल्दै जनकल्याण बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष खड्क बहादुर केसीले २०५६ सालमा २६ जना सदस्यले ५ हजार रकमबाट मच्छीमा स्थापना गरेको सहकारी झिमरुक गाउपालिकाको पुरानो सहकारी रहेको बताए ।

कार्यक्रमका प्रमुख अथिति जिल्ला समन्वय समितीका प्रमुख धरम बहादुर जिसीले रजत महोत्सवको सुभकामना दिदै सहकारीलाइ राम्रो बनाउन सहकारीका सदस्य कर्मचारी र सन्चालक समितीको महत्वपुर्ण भुमीका रहने बताएका छन ।
कार्यक्रममा झिमरुक गाउपालिका ४ का वडाध्यक्ष सिताराम भट्राइ, झिमरुक गाउपालिका ७ का वडाध्यक्ष कृष्ण बहादुर जिसी विभिन्न सहकारीका अध्यक्ष लगायतले मन्तव्य राखेका थिए । सहकारीले उत्सवका अवसरमा स्मारिका प्रकासन गरि विमोचन गरेको छ ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

बाग्दुलामा ३० जनाको निशुल्क स्वास्थ्य परिक्षण

मानसिक स्वास्थ्य प्रवद्र्धना लागि योग ध्यान कार्यक्रम अन्तरगत बाग्दुलामा ३० जनाको निशुल्क स्वास्थ्य परिक्षण गरिएको...

प्यूठानमा ४ हजार ९ सय ४० जनाले एसइई परीक्षा दिँदै

चालु शैक्षिक सत्र २०८१ को माध्यमिक शिक्षा परीक्षा(एसइई) बिहीबारदेखि सुरु हुँदै छ । परीक्षाका लागि...

जलवायु परिवर्तन र अनुकूलन सम्बन्धी अभिमुखीकरण सम्पन्न

जलवायु परिवर्तन र अनुकूलन सम्बन्धी अभिमुखीकरण कार्यक्रम विजुवारमा सम्पन्न भएको छ । लुम्बिनी प्रदेश वन...

प्यूठानको अमर क्याम्पसमा अनेरास्ववियूका रोका मगर विजयी

प्यूठानको अमर क्याम्पस भिंग्रीमा अनेरास्ववियूका जीवन रोका मगर विजयी भएका छन्। अखिल क्रान्तिकारी, अखिल छैठौँ...

प्यूठानको गौमुखी क्याम्पसको स्ववियू सभापतिमा अखिल(छैठौँ)का जि.सी. विजयी

प्यूठानको गौमुखी क्याम्पसमा अखिल छैठौँका प्रविण जि.सी निर्वाचित भएका छन्। मङ्गलवार भएको स्ववियू निर्वाचनमा अखिल...