News Portal

रेडियो सुन्नुहोस्

जनकल्याण सहकारीले मनायो रजत महोत्सव

बोम बहादुर परियार२०८१ माघ २७
६५६ पटक
२०८१ माघ २७

जनकल्याण बचत तथा ऋण सहकारी संस्थाले आफ्नो २५ औ बार्षिकोत्सव तथा रजत महोत्सव मनाएको छ ।

झिमरुक गाउपालिका ५ मच्छीमा रहेको उक्त सहकारीले शनिवार आफ्नो उत्सवको अवसरमा विविध कार्यक्रम हो । सहकारीले बार्षिक उत्सवको अवसरमा संस्थापक अध्यक्ष , सस्थापक सदस्य एवम सेयर सदस्य , उत्कृस्ट बचत कर्ता , नियमित उत्कृष्ट बचत कर्ता, कर्मचारी, बृद्ध बचत कर्तालाई सम्मान गरेको छ ।

जनकल्याण सहकारी प्यूठान जिल्लामा रजत मोत्सव मनाउने दोश्रो सहकारी बनेको सचिव लिलाधर न्यौपानेले बताए । उत्सवको अवसरमा सहकारीले झिमरुक गाउपालिका मावि स्तरीय बक्तृत्वकला प्रतियोगिता , गीत नृत्य प्रतियोगिता आयोजना गरेको थियो ।

बक्तृत्वकला प्रतियोगितामा प्रथम बालशिक्षा मावी ओखरकोटका छात्र रमेश विक , दोस्रो लक्ष्मी मावी बाङगेमरोटकि छात्रा एन्जीला पन्थी , तेस्रो सत्य मावी तुषाराकी छात्रा सदिस्या बस्नेत र सान्वना सिता मावी कुताकी छात्रा एलिसा थापा भएका छन् ।

त्यस्तै सहकारी विषयक गित तथा नृत्य प्रतियोगितामा प्रथम चुँदारा बचत तथा ऋण सहकारी समुह चुँदारा, दोस्रो ओखरकोट बचत तथा ऋण सहकारी समुह ओखरकोट, तृतिय मामा भान्जा बचत तथा ऋण सहकारी समुह बाङगे र सान्त्वना शिर्जनशिल बचत तथा ऋण सहकारी समुह गब्दी भएका छन ।

१२ सय ६५ जना सदस्य सहेको सहकारीमा महिला सदस्य संख्या ७ सय ८५ र पुरुष सदस्य ४ सय ८० जना रहेका छन । हाल सहकारीमा कुल पुजी ९ करोड ९२ लाख ५३ हजार ९२ रुपैया रहेको संस्थाका ऋण उपसमितिका संयोजक बोधिराम पोख्रेलले बताए । उनका अनुसार सहकारीले आफ्ना सदस्यहरुलाइ ६ प्रतिसत व्याजदरमा ऋण उपलब्ध गराउदै आएको छ ।

कार्यक्रममा बोल्दै जनकल्याण बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष खड्क बहादुर केसीले २०५६ सालमा २६ जना सदस्यले ५ हजार रकमबाट मच्छीमा स्थापना गरेको सहकारी झिमरुक गाउपालिकाको पुरानो सहकारी रहेको बताए ।

कार्यक्रमका प्रमुख अथिति जिल्ला समन्वय समितीका प्रमुख धरम बहादुर जिसीले रजत महोत्सवको सुभकामना दिदै सहकारीलाइ राम्रो बनाउन सहकारीका सदस्य कर्मचारी र सन्चालक समितीको महत्वपुर्ण भुमीका रहने बताएका छन ।
कार्यक्रममा झिमरुक गाउपालिका ४ का वडाध्यक्ष सिताराम भट्राइ, झिमरुक गाउपालिका ७ का वडाध्यक्ष कृष्ण बहादुर जिसी विभिन्न सहकारीका अध्यक्ष लगायतले मन्तव्य राखेका थिए । सहकारीले उत्सवका अवसरमा स्मारिका प्रकासन गरि विमोचन गरेको छ ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

प्यूठानमा रामकथा वाचन तथा महाआरती ज्ञान महोत्सव सुरु

प्यूठानमा रामकथा वाचन, श्री गरुण महापुराण पितृमुक्ति भक्ति ज्ञान तथा महाआरती महोत्सव सुरु भएको छ...

भोटेकोशि बाढीपीडितका लागि प्यूठानमा सहयोग जुड्दै

भोटेकोशी नदि क्षेत्रमा बुधबार बिहान आएको विनाशकारी बाढीबाट प्रभावितहरूका लागि राहत जुटाउन प्युठान जिल्लामा व्यापकरूपमा...

फेरियो जन्मदिन मनाउने चलन,आफन्तलाई नोटको बुके उपहार 

         जन्मदिन मनाउने चलन अचेल गाउँ सहर जताततै देखिन्छ ।तर  जन्मदिन मनाउने परम्परागत...

बिजुवारमा आँखा अस्पतालको नयाँ भवन शिलान्यास

आँखा उपचार केन्द्र प्रस्तावित नरेन्द्र गायत्री ऑखा अस्पताल बिजुवारको नयाँ भवनको आज (शुक्रबार) एक विशेष...

प्यूठानका विभिन्न स्थानमा बेवारिसे पाँच शव फेला,शव रोल्पाको हुनसक्ने आशंका

प्यूठान , प्यूठानका विभिन्न स्थानमा बेवारिसे पाँच शव फेला परेका छन्। प्यूठानको माडी र लुङ्ग्री...