News Portal

रेडियो सुन्नुहोस्

प्यूठानमा विस्फोट, एक जना घाइते

झुलेनी नेटवर्क२०८१ माघ २७
१५९ पटक
२०८१ माघ २७

प्यूठानमा विस्फोटक पदार्थ विस्फोट हुँदा एक जना घाइते भएका छन् । सुतली बम जस्तो देखिने बस्तु विस्फोट हुँदा मल्लरानी गाउँपालिका वडा नं. ३ धरमपानीका ११ वर्षीय सौरभ अधिकारी घाइते भएका हुन ।

शनिवार बारीमा खेल्ने क्रममा बँदेललाई मार्न प्रयोग गरिएको उक्त बस्तु विस्फोट भएको प्रहरीले जनाएको छ । घाइते बालकको प्यूठान अस्पतालमा प्राथमिक उपचारपछि थप उपचारका लागि लुम्बिनी प्रादेशिक अस्पताल बुटवल पठाइएको छ । घटनामा संलग्न भएको आशङ्कामा प्रहरीले स्थानीय मोहन बहादुर केसी लाई पक्राउ गरेको छ ।

सोही ठाउँमा भेटिएका अन्य २ वटा बम नेपाली सेनाले निष्क्रिय पारेको छ । विस्फोट भई बालक घाइते भएको घटनाको अनुसन्धान गर्ने क्रममा अन्य २ वटा बम फेला परेको हो । नेपाली सेनाको बर्द बहादुर गणको टोलिने आइतबार बम निष्क्रिय पारेको छ ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

नयाँ लाइन तानेर थापाडाँडाको खानेपानी योजना चल्यो

प्यूठान नगरपालिका–४, स्थित थापाडाँडा–कार्कीडाँडा लिप्ट खानेपानी योजनामा नयाँ लाइन तानेर सञ्चालन गरिएको छ । नेपाल...

समाचार लेखन र न्यु मिडिया सम्बन्धि तालिम भिंग्रीमा सम्पन्न

समाचार लेखन र न्यु मिडिया सम्बन्धी तालिम स्वर्गद्वारी नगरपालिका ४ भिंग्रीमा सम्पन्न भएको छ ।...

विजय फूलबारीले मनायो एकीकरण पछिको तेश्रो स्थापना दिवस

विजय फूलबारी बचत तथा ऋण सहकारी सस्था लिमिटेडले एकीकरण पछिको तेश्रो स्थापना दिवस मनाएको छ।...

थापाडाँडा–कार्कीडाँडा क्षेत्रमा खानेपानी समस्या, ट्रान्सफर्मर मर्मतमा पहल भएन

प्यूठान नगरपालिका–४,स्थित थापा डाँडा–कार्की डाँडा क्षेत्रमा खानेपानी चरम अभाव भएको छ । थापा डाँडा–कार्की डाँडा...

बाग्दुलामा समानता हेल्थ क्लिनिकको उद्घाटन

प्यूठान नगरपालिका वडा न. ८ बाग्दुलामा समानता हेल्थ क्लिनिकको उद्घाटन गरिएको छ । बुधबार प्यूठान...