News Portal

रेडियो सुन्नुहोस्

प्यूठानमा विस्फोट, एक जना घाइते

झुलेनी नेटवर्क२०८१ माघ २७
४८२ पटक
२०८१ माघ २७

प्यूठानमा विस्फोटक पदार्थ विस्फोट हुँदा एक जना घाइते भएका छन् । सुतली बम जस्तो देखिने बस्तु विस्फोट हुँदा मल्लरानी गाउँपालिका वडा नं. ३ धरमपानीका ११ वर्षीय सौरभ अधिकारी घाइते भएका हुन ।

शनिवार बारीमा खेल्ने क्रममा बँदेललाई मार्न प्रयोग गरिएको उक्त बस्तु विस्फोट भएको प्रहरीले जनाएको छ । घाइते बालकको प्यूठान अस्पतालमा प्राथमिक उपचारपछि थप उपचारका लागि लुम्बिनी प्रादेशिक अस्पताल बुटवल पठाइएको छ । घटनामा संलग्न भएको आशङ्कामा प्रहरीले स्थानीय मोहन बहादुर केसी लाई पक्राउ गरेको छ ।

सोही ठाउँमा भेटिएका अन्य २ वटा बम नेपाली सेनाले निष्क्रिय पारेको छ । विस्फोट भई बालक घाइते भएको घटनाको अनुसन्धान गर्ने क्रममा अन्य २ वटा बम फेला परेको हो । नेपाली सेनाको बर्द बहादुर गणको टोलिने आइतबार बम निष्क्रिय पारेको छ ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

गर्भवती किशोरीको हेलिकप्टर मार्फत उद्धार

स्वास्थ्य जटिल देखिएपछि गर्भवती किशोरीको हेलिकप्टर मार्फत उद्धार गरिएको छ।रोल्पा लुङ्ग्री गाउँपालिका वडा नं.–१ की...

मल्लरानी -३ मा यस बर्षको भित्तेपात्रो निःशुल्क

मल्लरानी गाउँपालिका वडा नं.३ ले यस बर्षको भित्तेपात्रो निःशुल्क वितरण गर्ने भएको छ। २०८३ सालको...

झिमरुक गाउँपालिकाको चालु आ‍.व.को दोश्रो चौमासिकको सार्वजनिक सुनुवाई सम्पन्न

झिमरुक गाउँपालिकाले आर्थिक वर्ष २०८२/०८३ को दोश्रो चौमासिकको सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न भएको छ ।...

ऐरावतीको छेडाघाटमा आगलागी, १३ घरगोठ जले, झण्डै १ करोडको क्षति

ऐरावती गाउँपालिका–१ छेडाघाटमा आगलागी हुँदा १३ घरगोठ जलेर नष्ट भएका छन् । गएराती भएको आगलागीमा...

नेपाल निर्माण व्यवसायी महासंघको १३ औं अधिवेशन, कोषाध्यक्षमा आँशु निर्माण सेवाका प्रोपाइटर श्रेष्ठले उम्मेदवारी दिने तयारी

नेपाल निर्माण व्यवसायी महासंघको केन्द्रीय कोषाध्यक्षमा प्यूठानका निर्माण व्यवसायी बालाजु श्रेष्ठले उम्मेदवार दिने भएका छन्...