News Portal

रेडियो सुन्नुहोस्

विज्ञप्ती मार्फत प्यूठान कांग्रेसको आरोप, एमालेद्वारा खण्डन

झुलेनी नेटवर्क२०८१ फागुन ३
६२४ पटक
२०८१ फागुन ३

नेकपा(एमाले)प्यूठानले नेपाली कांग्रेस प्यूठानले शुक्रबार बेलुका निकालेको विज्ञप्तीको खण्डन गरेको छ । नेपाली कांग्रेसले विज्ञप्ती जारी गरेर एमालेबाट निर्वाचित प्यूठानका प्रतिनिधि सभा सदस्य सूर्य थापालाई विभिन्न आरोप लगाएपछि नेकपा एमालेले शनिबार विज्ञप्ती निकालेरै त्यसको खण्डन गरेको छ ।

विष्टले जारी गरेको विज्ञप्तीमा जिल्ला समन्वय समितिमा राखिएको अन्तरक्रिया कार्यक्रममा प्रमुख अतिथिको रुपमा आमन्त्रित भई माननिय सूर्य थापा पुग्दा समानुपातिक सांसद धनलक्ष्मि श्रेष्ठलाई प्रमुख अतिथिको माईन्युटमा उपस्थिती गराईएको र सो माईन्युट पुनः मर्यादाक्रम अनुसार लेखिएको विषयलाई माईन्युट च्यातेको र च्यात्न लागाईएको जस्तो भ्रम उत्पन्न हुने गरी विज्ञप्तीमार्फत सम्प्रेसण गर्नु नितान्त अनुचित र अनैतिक भनिएको छ । त्यस्तै विज्ञप्तीमै टेलिफोन टावर उद्घाटनको विषयमा प्रतिनिधि सभा सदस्यको अपमान हुने गरी प्रदेश सभा समानुपातिक सदस्यकै मर्यादाक्रममा राख्न आयोजकलाई भनिएको विषयलाई अन्यथा लिनु घोर आपत्तिजनक भनिएको छ । सार्वजनीक मन्तब्यको रुपमा अभिब्यक्त केहि शब्दावलिहरुलाई विज्ञप्तीमार्फत विरोध गर्ने प्रवृत्ति नितान्त राजनीतिक संस्कारविहिन कार्य भएको भनिएको छ ।

शुक्रवार विज्ञप्ती जारी गर्दै नेपाली कांग्रेस प्यूठानका सभापति गिरीले प्रतिनिधि सभा सदस्य थापाले जिल्ला समन्वय समितिमा आयोजित कार्यक्रमको माईन्युट च्यात्न लगाएको, टेलिकमको टावर उद्घाटनमा ब्यानर टास्न नदिएको, र अपमानजनक अभिब्यक्ति दिएको लगायका आरोप लगाएका थिए ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

सहिदहरुको बलिदानबाट प्राप्त संवैधानिक उपलब्धि जोगाउन सबै जिम्मेवार बन्नुपर्छ ः मुख्यमन्त्री आचार्य

लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले सहिदहरूको बलिदानबाट प्राप्त संवैधानिक उपलब्धि जोगाउन सबै जिम्मेवार बन्नुपर्ने बताएका...

एमालेले बनायो ५०१ सदस्यीय निर्वाचन परिचालन कमिटी

नेकपा (एमाले) प्यूठानले निर्वाचन लक्षित छलफलाई तिव्र बनाएको छ । जिल्लामा एमालेले भेटघाट र छलफल...

मोटरसाइकल दुर्घटनामा एक युवकको ज्यान गयाे

मोटरसाइकल दुर्घटनामा परी प्यूठानको मल्लरानी गाउँपालिका–४ बुढाचौरका एक युवकको ज्यान गएको छ। दुर्घटनामा परी २८...

प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि निर्वाचन प्रहरी भर्ना गर्न दरखास्त आह्वान

आगामी फागुन २१ गते हुन गइरहेको प्रतिनिधिसभा सदस्य निर्वाचनको लागि निर्वाचन प्रहरी भर्ना गर्न दरखास्त...

दुर्घटना कम गर्न राखियो ट्राफिक चिन्ह

सडक सुरक्षाका लागि प्यूठान नगरपालिका –४ भौका र बिजुवारमा ट्राफिक चिन्ह राखिएको छ । अति...