News Portal

रेडियो सुन्नुहोस्

विज्ञप्ती मार्फत प्यूठान कांग्रेसको आरोप, एमालेद्वारा खण्डन

झुलेनी नेटवर्क२०८१ फागुन ३
८३६ पटक
२०८१ फागुन ३

नेकपा(एमाले)प्यूठानले नेपाली कांग्रेस प्यूठानले शुक्रबार बेलुका निकालेको विज्ञप्तीको खण्डन गरेको छ । नेपाली कांग्रेसले विज्ञप्ती जारी गरेर एमालेबाट निर्वाचित प्यूठानका प्रतिनिधि सभा सदस्य सूर्य थापालाई विभिन्न आरोप लगाएपछि नेकपा एमालेले शनिबार विज्ञप्ती निकालेरै त्यसको खण्डन गरेको छ ।

विष्टले जारी गरेको विज्ञप्तीमा जिल्ला समन्वय समितिमा राखिएको अन्तरक्रिया कार्यक्रममा प्रमुख अतिथिको रुपमा आमन्त्रित भई माननिय सूर्य थापा पुग्दा समानुपातिक सांसद धनलक्ष्मि श्रेष्ठलाई प्रमुख अतिथिको माईन्युटमा उपस्थिती गराईएको र सो माईन्युट पुनः मर्यादाक्रम अनुसार लेखिएको विषयलाई माईन्युट च्यातेको र च्यात्न लागाईएको जस्तो भ्रम उत्पन्न हुने गरी विज्ञप्तीमार्फत सम्प्रेसण गर्नु नितान्त अनुचित र अनैतिक भनिएको छ । त्यस्तै विज्ञप्तीमै टेलिफोन टावर उद्घाटनको विषयमा प्रतिनिधि सभा सदस्यको अपमान हुने गरी प्रदेश सभा समानुपातिक सदस्यकै मर्यादाक्रममा राख्न आयोजकलाई भनिएको विषयलाई अन्यथा लिनु घोर आपत्तिजनक भनिएको छ । सार्वजनीक मन्तब्यको रुपमा अभिब्यक्त केहि शब्दावलिहरुलाई विज्ञप्तीमार्फत विरोध गर्ने प्रवृत्ति नितान्त राजनीतिक संस्कारविहिन कार्य भएको भनिएको छ ।

शुक्रवार विज्ञप्ती जारी गर्दै नेपाली कांग्रेस प्यूठानका सभापति गिरीले प्रतिनिधि सभा सदस्य थापाले जिल्ला समन्वय समितिमा आयोजित कार्यक्रमको माईन्युट च्यात्न लगाएको, टेलिकमको टावर उद्घाटनमा ब्यानर टास्न नदिएको, र अपमानजनक अभिब्यक्ति दिएको लगायका आरोप लगाएका थिए ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

प्यूठानमा नेपाली कांग्रेस देउवा पक्षको वडा अधिवेशन सुरु

नेपाली कांग्रेस देउवा पक्षले नियमित महाधिवेशनका लागि प्यूठानका पालिकाहरुमा संयोजक तोकेको छ । वडा र...

बजार अनुगमन र नियन्त्रणमा ध्यान दिऔँ

नेपाली समाजमा चाडपर्वहरू केवल धार्मिक र सांस्कृतिक उत्सव मात्र होइनन्,यी सामाजिक सद्भाव र खुसी साटासाट...

दुर्घटना घटाउन रिफ्लेक्टर स्टिकर  

रात्रीकालीन सवारी साधनलाई सहज एवं सुरक्षित यात्रा गर्न सहयोग पु¥याउने उद्देश्यले प्यूठानका मुख्य सडकमा रिफ्लेक्टर...

नेपाली कांग्रेस क्षेत्रिय सभापतिमा शाह निर्वाचित

नेपाली कांग्रेस प्यूठानको जारी अधिवेशनबाट क्षेत्रीय सभापतिमा नविल विक्रम शाह निर्वाचित भएका छन् । प्रदेश...

नेपाली कांग्रेस क्षेत्रीय सभापतीमा न्यौपाने निर्वाचित

नेपाली कांग्रेस प्यूठानको प्रदेश क्षेत्रीय समिति(ख)मा सर्वसम्मत नेतृत्व चयन भएको छ । चन्द्रलाल न्यौपानेको नेतृत्वमा...