News Portal

रेडियो सुन्नुहोस्

‘थारो’ भनेको ‘ईगो’ फेर्न काका-काकीको बीभत्स हत्या

झुलेनी नेटवर्क२०८१ फागुन ११
९५९ पटक
२०८१ फागुन ११

एक साताअघि काका काकिले ‘यौटा स्वास्नी पाउन नसकेको थारो’ भनेर गालिगलौज गरेको घटनाले माण्डवी गाउँपालिका २ मर्कावाङ्ग रातापानीका पंकज परियारको मन घोँचिरहेको थियो। त्यसअघिपनि पटक पटक ‘थारो’ भनेको सहिरहेका उनले त्यसदिन भने अब ‘वारपार’ गर्ने भन्दै ‘ईगो’ राखे।

‘ईगो’को बदला लिन शुक्रबार पंकज परियार काकाको घरमा झ्यालबाट छिरे। ज्याला मजदुरी गर्ने काका सुतेको नजिकै उनले प्रयोग गर्ने गैंटी, बेल्चा, सावेल लगायतका हतियार थिए। ‘थारो’ भनेको रिसको बदला लिन त्यहाँ पुगेका उनले घन उठाए र काका राम बहादुर परियार (६० वर्ष) को टाउकोमा हिर्काए। एकपटक हिर्काउँदा चलबलाएपछि उनले अरु २ चोट काकाको टाउकोमै हिर्काए।

काका चलबलाउन छोडेपछि छेउँमै रहेकि काकि हुकुमा परियार (५६ वर्ष)को टाउकोमा ३ चोट घनले हिर्काए। दुबै जनाको मृत्यु भएपछि त्यहाँबाट निस्केका उनी ५० मिटर टाढा पुगेर हत्या गरेको घन फ्याँके।

अर्कोदिन दिउसोसम्म घरका कोहि नउठेपछि उनै पंकजले प्रहरीलाई घटनाबारे खवर गरेका थिए। आफूभित्र रहेको ‘ईगो’को बदला लिन दुबै जनाको हत्या गरेका पंकजले प्रहरीबाट बँच्नकै लागि सुरुमै खवर गरेका थिए। अभियुक्त ३४ वर्षिय उनी मृतक राम बहादुर परियारका सहोदर दाईका छोरा हुन्।

पंकजको श्रीमतिले केही समयअघि उनलाई छोडेकी थिईन। श्रीमतीले छोडेका उनलाई काका-काकीले पटक-पटक ‘थारो’ भनेर गालिगलौज गर्ने गर्थे। त्यहि गालिगलौजबाट जागेको ‘ईगो’को बदला लिन उनले १ हप्ताअघि काका काकीको हत्या गर्ने योजना बनाएका थिए।

शनिबार दिउँसो बीभत्स हत्या गरिएको श्रीमान श्रीमतीको शव फेला परेपछि प्यूठान प्रहरीले ‘अपरेशन माण्डवी’ सञ्चालन गरेको थियो। अनुसन्धानबाट काका-काकीले ‘थारो भनेको ईगो’ साधेका अभियुक्तले मदिरा सेवन गरेपछि हत्या गरेको निष्कर्षमा पुगिएको जिल्ला प्रहरी कार्यालय प्यूठानका प्रमुख दिपेश बस्यालले बताए।

आईतबार प्रहरीले पत्रकार भेटघाट मार्फत अभियुक्तलाई सार्वजनिक गरेको छ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

रजवारामा ‘गाउँटोल खानेपानी आयोजना’ उद्घाटन

गौमुखी गाउँपालिकाको वडा नं. ३ रजवारा स्थित गाउँटोल खानेपानी, सरसफाई तथा स्वच्छता आयोजनाको उद्घाटन गरिएको...

खरा माविमा हाजिरी जवाफ प्रतियोगिता सम्पन्न

माध्यमिक विद्यालय स्तरिय हाजिरिजवाफ प्रतियोगिता खरा माध्यमिक विद्यालय गौमुखी गाउँपालिका ३, रजवारामा सम्पन्न भएको छ...

प्यूठानमा सडक विस्तार ,सार्थक बहस सहित साझा निर्णयको आवश्यकता

केही समय यता प्यूठानमा सडक विस्तारका सन्दर्भमा के होला? कति होला ? सिमा कायम कति...

वित्तीय साक्षरता आजको आवश्यकता

वित्त शब्द धन वा रुपैंया पैसासंग सम्बन्धित छ । आफुसंग भएको धनसम्पत्तिको सहि सदुपयोग गर्ने...

गाई उठेपछि मुस्कुराएका ‘यज्ञमणी’

ब्यवसायिक रुपमा पशुपालन गरिरहेका हिमाल पोख्रेल मंगलबार चिन्तामा थिए । भर्खरै ब्याएको गाई एक्कासि ठलेपछि...