News Portal

रेडियो सुन्नुहोस्

नेपाली काँग्रेस एमालेसंग बराबरको ब्यवहार चाहन्छः थापा

झुलेनी नेटवर्क२०८१ फागुन १२
६५३ पटक
२०८१ फागुन १२

नेपाली काँग्रेसका महामन्त्री गगन थापाले नेपाली काँग्रेसले नेकपा एमालेसंग समान र बराबरको ब्यबहार चाहेको बताएका छन् । नेपाली काँग्रेस प्यूठानले आयोजना गरेको विशाल आमसभालाई सम्बोधन गर्दै थापाले केन्द्र देखि जिल्ला सम्म बराबर ब्यवहार हुनुपर्ने बताए । नेपाली काँग्रेसले दुब्र्यबहार सहेर नबस्ने थापाको भनाई छ ।

नेपाली काँग्रेसले ईमानदारिताका साथ समझदारी कायम गर्ने थापाले दावि गरे । अहिलेसम्म काँग्रेसले सत्ताको निम्ति बेईमानि नगरेको तर, प्रचण्डले निर्णय गरेर काँग्रेससंग भएको सहमतिमा धोका दिएर गठबन्धन गरेको बताए । नेकपा एमालेसंग मिलेर सरकार चलाईरहँदा काँग्रेसका सर्तहरु रहेको बताए । विधिको शासन र प्रजातान्त्रिक अधिकारको लागि काँग्रेसले संझौता नगर्ने बरु सरकार छाडने थापाले बताए । विधिको शासन छोड्ने स्थीति आए काँग्रेसले सरकार छाड्ने उनको भनाई छ । त्यस्तै लोकतान्त्रिक अधिकारको सन्दर्भमा पनि तलमाथि नहुने बरु काँग्रेसले सरकार छाड्ने बताए । यि सर्तहरुको आधारमा नेकपा एमालेसंग मिलेर परिणाम दिनेगरी सरकार सञ्चालन हुने थापाले बताए ।

नेकपा एमालेसंगको संझौता आफ्नो तर्फबाट अधिकतम पालना गर्ने कोसिस गर्ने बताउँदै थापाले वर्तमान गठबन्धनले सञ्चालन गर्ने सरकारसंग भएको ३६ महिनाको समय परिणाम देखाउन प्रयाप्त रहेको बताए । नेपाली काँग्रेसले सबैभन्दा गर्व गर्ने विश्वेस्वर कोईरालाले १८ महिना, र नेकपा एमालेले सबैभन्दा गर्व गर्ने मनमोहन अधिकारीकोले ९ महिना सरकार चलाएर परिणाम देखाएको स्मरण गर्दै थापाले दुई दलको सरकारले बाँकी अवधिमा परिणम देखिनेगरी नतिजामुखि बन्नुपर्नेमा जोड दिए ।

संविधान संसोधनबारे धारणा राख्दै थापाले १० वर्ष संविधान प्रयोगको अनुभवको आधारमा सांसदको संख्या कटौति गर्ने, जिल्ला समन्वय समिति हटाउने, मन्त्री संख्या घटाउने लगायत गर्न संविधान संसोधन गर्नुपर्ने बताए । संघीयतालाई थप बलियो बनाउनुपर्ने बताउँदै थापाले प्रदेश संरचना चाहिदैन भने कोहि कार्यकर्ताले पनि भन्न नहुने बताए । संघले अधिकार नदिएका कारण प्रदेश संरचनाले प्रभावकारी काम गर्न नसकेको थापाको भनाई छ ।

पार्टी भित्रको गुट उपगुट अन्त्य गर्न सबै क्रियाशिल सदस्यबाट नेतृत्व छनौट गर्ने विधि अवलम्बन गर्न सकिने थापाले बताए ।

थापाले प्यूठान जिल्लालाई मसाल बाट पिडित ठाउँको रुपमा इङकित गरे । थुप्रै काँग्रेसका सदस्यले यसबाट पिडा भोगेको बताउँदै थापाले कति काँग्रेसहरु लखेटिएको र कतिको सम्पत्ति लुटिएको जिकिर गरे । गत निर्वाचनमा नेपाली काँग्रेसले आफ्ना कार्यकर्तालाई रुख चिन्हमा भोट हाल्न नदिएर गिलास चिन्हमा हाल्न लगाएको भन्दै आमसभामा माफि मागे । गएको निर्वाचनमा ५ दलिय गठबन्धन गरेर चुनाव लड्नु गल्ति भएको बताएका थापाले अव आगिम दिनमा त्यस्तो गल्ति नदोहोरिने बताए । आगामि चुनाव नेपाली काँग्रेसले एक्लै लड्ने र अहिले सरकारमा बसेर काम गरेको परिणामको रिपोर्ट कार्ड लिएर नेपाली काँग्रेस आगामि चुनावमा जनतामाझ जाने थापाले बताए ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

रोल्पा र प्यूठानका पाँच स्थानमा कुसन तथा गुडिया बनाउने तालिम सम्पन्न

सामाजिक विकास डिभिजन कार्यालय प्यूठानले आर्थिक वर्ष २०८२र८३ को स्वीकृत कार्यक्रमअन्तर्गत रोल्पा र प्यूठानका पाँच...

रजवारामा ‘गाउँटोल खानेपानी आयोजना’ उद्घाटन

गौमुखी गाउँपालिकाको वडा नं. ३ रजवारा स्थित गाउँटोल खानेपानी, सरसफाई तथा स्वच्छता आयोजनाको उद्घाटन गरिएको...

खरा माविमा हाजिरी जवाफ प्रतियोगिता सम्पन्न

माध्यमिक विद्यालय स्तरिय हाजिरिजवाफ प्रतियोगिता खरा माध्यमिक विद्यालय गौमुखी गाउँपालिका ३, रजवारामा सम्पन्न भएको छ...

प्यूठानमा सडक विस्तार ,सार्थक बहस सहित साझा निर्णयको आवश्यकता

केही समय यता प्यूठानमा सडक विस्तारका सन्दर्भमा के होला? कति होला ? सिमा कायम कति...

वित्तीय साक्षरता आजको आवश्यकता

वित्त शब्द धन वा रुपैंया पैसासंग सम्बन्धित छ । आफुसंग भएको धनसम्पत्तिको सहि सदुपयोग गर्ने...