News Portal

रेडियो सुन्नुहोस्

नेपाली काँग्रेस एमालेसंग बराबरको ब्यवहार चाहन्छः थापा

झुलेनी नेटवर्क२०८१ फागुन १२
४७६ पटक
२०८१ फागुन १२

नेपाली काँग्रेसका महामन्त्री गगन थापाले नेपाली काँग्रेसले नेकपा एमालेसंग समान र बराबरको ब्यबहार चाहेको बताएका छन् । नेपाली काँग्रेस प्यूठानले आयोजना गरेको विशाल आमसभालाई सम्बोधन गर्दै थापाले केन्द्र देखि जिल्ला सम्म बराबर ब्यवहार हुनुपर्ने बताए । नेपाली काँग्रेसले दुब्र्यबहार सहेर नबस्ने थापाको भनाई छ ।

नेपाली काँग्रेसले ईमानदारिताका साथ समझदारी कायम गर्ने थापाले दावि गरे । अहिलेसम्म काँग्रेसले सत्ताको निम्ति बेईमानि नगरेको तर, प्रचण्डले निर्णय गरेर काँग्रेससंग भएको सहमतिमा धोका दिएर गठबन्धन गरेको बताए । नेकपा एमालेसंग मिलेर सरकार चलाईरहँदा काँग्रेसका सर्तहरु रहेको बताए । विधिको शासन र प्रजातान्त्रिक अधिकारको लागि काँग्रेसले संझौता नगर्ने बरु सरकार छाडने थापाले बताए । विधिको शासन छोड्ने स्थीति आए काँग्रेसले सरकार छाड्ने उनको भनाई छ । त्यस्तै लोकतान्त्रिक अधिकारको सन्दर्भमा पनि तलमाथि नहुने बरु काँग्रेसले सरकार छाड्ने बताए । यि सर्तहरुको आधारमा नेकपा एमालेसंग मिलेर परिणाम दिनेगरी सरकार सञ्चालन हुने थापाले बताए ।

नेकपा एमालेसंगको संझौता आफ्नो तर्फबाट अधिकतम पालना गर्ने कोसिस गर्ने बताउँदै थापाले वर्तमान गठबन्धनले सञ्चालन गर्ने सरकारसंग भएको ३६ महिनाको समय परिणाम देखाउन प्रयाप्त रहेको बताए । नेपाली काँग्रेसले सबैभन्दा गर्व गर्ने विश्वेस्वर कोईरालाले १८ महिना, र नेकपा एमालेले सबैभन्दा गर्व गर्ने मनमोहन अधिकारीकोले ९ महिना सरकार चलाएर परिणाम देखाएको स्मरण गर्दै थापाले दुई दलको सरकारले बाँकी अवधिमा परिणम देखिनेगरी नतिजामुखि बन्नुपर्नेमा जोड दिए ।

संविधान संसोधनबारे धारणा राख्दै थापाले १० वर्ष संविधान प्रयोगको अनुभवको आधारमा सांसदको संख्या कटौति गर्ने, जिल्ला समन्वय समिति हटाउने, मन्त्री संख्या घटाउने लगायत गर्न संविधान संसोधन गर्नुपर्ने बताए । संघीयतालाई थप बलियो बनाउनुपर्ने बताउँदै थापाले प्रदेश संरचना चाहिदैन भने कोहि कार्यकर्ताले पनि भन्न नहुने बताए । संघले अधिकार नदिएका कारण प्रदेश संरचनाले प्रभावकारी काम गर्न नसकेको थापाको भनाई छ ।

पार्टी भित्रको गुट उपगुट अन्त्य गर्न सबै क्रियाशिल सदस्यबाट नेतृत्व छनौट गर्ने विधि अवलम्बन गर्न सकिने थापाले बताए ।

थापाले प्यूठान जिल्लालाई मसाल बाट पिडित ठाउँको रुपमा इङकित गरे । थुप्रै काँग्रेसका सदस्यले यसबाट पिडा भोगेको बताउँदै थापाले कति काँग्रेसहरु लखेटिएको र कतिको सम्पत्ति लुटिएको जिकिर गरे । गत निर्वाचनमा नेपाली काँग्रेसले आफ्ना कार्यकर्तालाई रुख चिन्हमा भोट हाल्न नदिएर गिलास चिन्हमा हाल्न लगाएको भन्दै आमसभामा माफि मागे । गएको निर्वाचनमा ५ दलिय गठबन्धन गरेर चुनाव लड्नु गल्ति भएको बताएका थापाले अव आगिम दिनमा त्यस्तो गल्ति नदोहोरिने बताए । आगामि चुनाव नेपाली काँग्रेसले एक्लै लड्ने र अहिले सरकारमा बसेर काम गरेको परिणामको रिपोर्ट कार्ड लिएर नेपाली काँग्रेस आगामि चुनावमा जनतामाझ जाने थापाले बताए ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

मंसिर २८ गते देखी प्यूठानमा टिभिएसको एक्सचेन्ज अफर लाग्ने

टिभिएस प्यूठानले पुराना वाइक वा स्कुटी एक्सचेन्ज अफर संचालन गर्ने भएको छ । दुइचक्के सवारी...

राजनीतिमा पुस्तान्तरणको खाँचो

नेपाल जस्तो बहुल जातीय,सांस्कृतिक र भौगोलिक विविधता भएको देशमा राजनीति निरन्तर परिवर्तन र रूपान्तरणको प्रक्रियामा...

संविधानको रक्षा र संसद पूनर्स्थापनाका निम्ति जनप्रर्दशनः थापा

नेकपा एमालेका पोलिटव्यूरो सदस्य एवं विघठित प्रतिनिधि सभाका सदस्य सूर्य थापाले नेकपा एमालेले संविधानको रक्षा...

‘मोन्था’ चक्रवातको प्रभाव: वर्षा र हिमपातको संभावना

विहिवार र शुक्रवार बङ्गालको खाडिमा विकसित ‘मोन्था’ चक्रवातको प्रभाव नेपालमा पनि रहने भएको छ ।...

लुप्लुङमा धनञ्जय संग्रहालय बन्दै

धनञ्जय संग्रहालय निर्माणका लागि ३० लाख रकम संकलन भएको छ । नौबहिीन गाउँपालिका–८ लुप्लुङमा संग्रहालयको...