News Portal

रेडियो सुन्नुहोस्

६० औँ स्थापना दिवसमा युरेसद्वारा सरसफाई

झुलेनी नेटवर्क२०८१ फागुन २३
९६६ पटक
२०८१ फागुन २३

नेपाल जुनियर तथा युवा रेडक्रस सर्कलकाे ६० औं स्थापना दिवसकाे अवसरमा सरसफाई र जनचेतना मुलक कार्यक्रम गरिएको छ।

युवा रेडक्रस माण्डवी मावि नयाँगाउँले बिहिबार जस्पुर बजार चाेक, देविस्थान बजार क्षेत्र, देवि भगवती मन्दिर र त्रिवेणीधाम मन्दिर परिसरकाे सरसफाइ एवं सचेतनामुलक कार्यक्रम गरि मनाएको हो ।

माण्डवी युवा रेडक्रस सर्कलकि अध्यक्ष सावित्रा थापाकाे अध्यक्षता भएको उक्त कार्यक्रममा प्रमुख अतिथी नेपाल रेडक्रस साेसाईटी माण्डवी उपशाखा सचिव रामचन्द्र पाैडेल , विशिष्ट अतिथी त्रिवेणी मन्दिर व्यवस्थापन समिति अध्यक्ष भुपेन्द्र अधिकारी, युरेस माण्डवी माविका शिक्षक सहनायक केसरा कार्की सहित ३० जना विद्यार्थीकाे उपस्थिति रहेकाे थियाे । कार्यक्रमकाे सञ्चालन माण्डवी माविका शिक्षक नायक पवन पाेख्रेलले गरेका थिए।

युरेस माण्डवी २०६१ सालमा स्थापना भएको सर्कल हाे। नेपाल रेडक्रस सर्कल प्यूठानको ३९ औ साधारणसभाबाट उत्कृष्ठ घोसित माण्डवी सर्कलले विभिन्न कार्यक्रममा सक्रियता देखाउदै आएको छ। यहि वर्ष जिल्ला स्तरिय प्रधानाध्यापक गोष्ठी समेत आयोजना गरेको थियो।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

विजयपथ कप–२०८३ को उद्घाटन, १० टोलीको सहभागिता

प्यूठान नगरपालिका वडा नं. ३ विजयनगरको आयोजनामा सञ्चालन हुन लागेको अन्तरपालिका स्तरीय पुरुष भलिबल प्रतियोगिता...

खलंगा टुडिखेलमा फुटवल प्रतियोगिता हुने

विजया दशमी तथा दिपावलीको अवसर पारेर प्यूठान सदरमुकाम खलंगा स्थित टुडिखेलमा खुला फुटवल प्रतियोगिता संचालन...

झिमरुक गाउँपालिकामा सचेतनामूलक नाटक ‘फर्किने बाटो’ प्रदर्शन

झिमरुक गाउँपालिकामा लैङ्गिक समानता, सामाजिक समावेशीकरण, महिला सशक्तीकरण र स्वास्थ्यसम्बन्धी सचेतनामूलक नाटक प्रदर्शन गरिएको छ।...

प्यूठानका ट्राफिक प्रहरी प्रमुख न्यौपाने लुम्बिनीकै उत्कृष्ट ट्राफिक प्रहरी घोषित

प्यूठानमा कार्यरत प्रहरी नायव निरीक्षक विष्णु प्रसाद न्यौपाने लुम्बिनी प्रदेशभरबाट असोज महिनाको उत्कृष्ट ट्राफिक प्रहरी...

विजयनगरको आयोजनामा खुला पुरुष भलिबल प्रतियोगिता हुने

प्यूठान नगरपालिका वडा नं. ३ विजयनगर को आयोजनामा प्यूठान जिल्लाभित्रका अन्तरपालिका स्तरीय खुला पुरुष भलिबल...