News Portal

रेडियो सुन्नुहोस्

बाल मन्दिरमा आयोजित शिविरमा ९३ जनाको निःशुल्क स्वास्थ्य परीक्षण

झुलेनी नेटवर्क२०८१ चैत १
१७३७ पटक
२०८१ चैत १

प्यूठान आयुर्वेद स्वास्थ्य केन्द्रको आयोजनामा प्यूठान नगरपालिका ३ बाल मन्दिरमा आयोजित निःशुल्क स्वास्थ्य शिविरमा ९३ जनाले स्वास्थ्य परीक्षण गराएका छन् । केन्द्रको ‘मानसिक स्वास्थ्य प्रवर्द्धनका लागि योग ध्यान कार्यक्रम’ अन्तरगत आयोजित शिविरमा मधुमेह, रक्तचाप, पिसाबको जाँच, उचाइ अनुसार तौलको अवस्था लगायतका विषयमा जाँच गरिएको थियो ।

जाँच गराएकाहरू मध्य १८ जनामा उच्च रक्तचाप, ४६ जनामा उचाइ अनुसारको तौल बढी, ११ जनामा मधुमेहको समस्या देखिएको छ । स्वास्थ्य परीक्षण कार्यक्रममा योगबारे पनि जानकारी गराइएको थियो । योगबारे जानकारी दिँदै स्वास्थ्य केन्द्रका डाक्टर तारा पोख्रेलले मन र आत्माको मिलन भन्नु नै योग रहेको बताइन । पछिल्लो समय नसर्ने रोगबाट पीडित हुने दर बढी रहेको र योग साधनाले यसको रोकथामको लागी सहयोग पुग्ने बताइन । त्यस्तै विस्तारित आयुर्वेद सेवा केन्द्र बाल मन्दिर योग समितिका अध्यक्ष भगवती विष्टले  मानिस शारीरिक र मानसिक रूपमा स्वस्थ रहनको लागी शरीरमा रहेका नकारात्मक गुणहरूलाई त्याग्न आवश्यक रहेका बताइन ।

आयुर्वेद स्वास्थ्य केन्द्रले जिल्लाको क्वाडि बाल मन्दिर र जिल्ला समन्वय समिति खलङ्गाबाट नियमित रूपमा योग अभ्यास र मानसिक स्वास्थ्यका लागि सकारात्मक सोचका कक्षाहरू सञ्चालन गरिरहेको केन्द्रका कविराज निरीक्षक टुक बहादुर रोकाले बताए ।

स्वास्थ्य केन्द्रका निमित्त प्रमुख शिशिर पोख्रेलको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन विस्तारित आयुर्वेद सेवा केन्द्र विजुवारका प्रमुख थानेश्वर न्यौपानेले गरेको थिए ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

८४ बर्ष प्रवेशको अवसरमा विधालयमा अक्षयकोष स्थापना

८४ अौ बर्ष प्रवेश गरेको अवसरमा प्यूठानको एक जिसी परिवारले आफ्ना अभिभावकको नाममा अक्षयकोष स्थापना...

गौमुखी आधारभूत अस्पताल मुख्यमन्त्री आचार्यद्धारा उद्घाटन

प्यूठानको गौमुखी गाउँपालिकामा बनेको १५ शैय्याको गौमुखी आधारभूत अस्पतालको एक कार्यृक्रमका बिच उद्घाटन गरिएको छ...

प्यूठानमा रामकथा वाचन तथा महाआरती ज्ञान महोत्सव सुरु

प्यूठानमा रामकथा वाचन, श्री गरुण महापुराण पितृमुक्ति भक्ति ज्ञान तथा महाआरती महोत्सव सुरु भएको छ...

भोटेकोशि बाढीपीडितका लागि प्यूठानमा सहयोग जुड्दै

भोटेकोशी नदि क्षेत्रमा बुधबार बिहान आएको विनाशकारी बाढीबाट प्रभावितहरूका लागि राहत जुटाउन प्युठान जिल्लामा व्यापकरूपमा...

फेरियो जन्मदिन मनाउने चलन,आफन्तलाई नोटको बुके उपहार 

         जन्मदिन मनाउने चलन अचेल गाउँ सहर जताततै देखिन्छ ।तर  जन्मदिन मनाउने परम्परागत...