News Portal

रेडियो सुन्नुहोस्

बाल मन्दिरमा आयोजित शिविरमा ९३ जनाको निःशुल्क स्वास्थ्य परीक्षण

झुलेनी नेटवर्क२०८१ चैत १
११२४ पटक
२०८१ चैत १

प्यूठान आयुर्वेद स्वास्थ्य केन्द्रको आयोजनामा प्यूठान नगरपालिका ३ बाल मन्दिरमा आयोजित निःशुल्क स्वास्थ्य शिविरमा ९३ जनाले स्वास्थ्य परीक्षण गराएका छन् । केन्द्रको ‘मानसिक स्वास्थ्य प्रवर्द्धनका लागि योग ध्यान कार्यक्रम’ अन्तरगत आयोजित शिविरमा मधुमेह, रक्तचाप, पिसाबको जाँच, उचाइ अनुसार तौलको अवस्था लगायतका विषयमा जाँच गरिएको थियो ।

जाँच गराएकाहरू मध्य १८ जनामा उच्च रक्तचाप, ४६ जनामा उचाइ अनुसारको तौल बढी, ११ जनामा मधुमेहको समस्या देखिएको छ । स्वास्थ्य परीक्षण कार्यक्रममा योगबारे पनि जानकारी गराइएको थियो । योगबारे जानकारी दिँदै स्वास्थ्य केन्द्रका डाक्टर तारा पोख्रेलले मन र आत्माको मिलन भन्नु नै योग रहेको बताइन । पछिल्लो समय नसर्ने रोगबाट पीडित हुने दर बढी रहेको र योग साधनाले यसको रोकथामको लागी सहयोग पुग्ने बताइन । त्यस्तै विस्तारित आयुर्वेद सेवा केन्द्र बाल मन्दिर योग समितिका अध्यक्ष भगवती विष्टले  मानिस शारीरिक र मानसिक रूपमा स्वस्थ रहनको लागी शरीरमा रहेका नकारात्मक गुणहरूलाई त्याग्न आवश्यक रहेका बताइन ।

आयुर्वेद स्वास्थ्य केन्द्रले जिल्लाको क्वाडि बाल मन्दिर र जिल्ला समन्वय समिति खलङ्गाबाट नियमित रूपमा योग अभ्यास र मानसिक स्वास्थ्यका लागि सकारात्मक सोचका कक्षाहरू सञ्चालन गरिरहेको केन्द्रका कविराज निरीक्षक टुक बहादुर रोकाले बताए ।

स्वास्थ्य केन्द्रका निमित्त प्रमुख शिशिर पोख्रेलको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन विस्तारित आयुर्वेद सेवा केन्द्र विजुवारका प्रमुख थानेश्वर न्यौपानेले गरेको थिए ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि निर्वाचन प्रहरी भर्ना गर्न दरखास्त आह्वान

आगामी फागुन २१ गते हुन गइरहेको प्रतिनिधिसभा सदस्य निर्वाचनको लागि निर्वाचन प्रहरी भर्ना गर्न दरखास्त...

दुर्घटना कम गर्न राखियो ट्राफिक चिन्ह

सडक सुरक्षाका लागि प्यूठान नगरपालिका –४ भौका र बिजुवारमा ट्राफिक चिन्ह राखिएको छ । अति...

नेपाल स्वास्थ्यकर्मी संघ प्यूठानको अध्यक्षमा न्यौपाने

राष्ट्रसेवा , निष्पक्षता , तटस्थता र कर्मचारी एकता भन्ने मुल नराका साथ नेपाल स्वास्थ्यकर्मी संघ...

भानुभक्त माविको स्वर्ण महोत्सव सम्पन्न ५ सय बढीले पाए सम्मान

भानुभक्त माध्यमिक विद्यालय बर्बोटको स्वर्ण महोत्सव सम्पन्न भएको छ । मंसिर २९ गतेदेखी सुरु गरिएको...

मंसिर २८ गते देखी प्यूठानमा टिभिएसको एक्सचेन्ज अफर लाग्ने

टिभिएस प्यूठानले पुराना वाइक वा स्कुटी एक्सचेन्ज अफर संचालन गर्ने भएको छ । दुइचक्के सवारी...