News Portal

रेडियो सुन्नुहोस्

६८ औं राष्ट्रिय सहकारी दिवस प्यूठानमा पनि मनाईयो

झुलेनी नेटवर्क२०८१ चैत्र २०
५९६ पटक
२०८१ चैत्र २०

‘मर्यादित सहकारी , सम्मुन्नत समाज’ भन्ने मुल नाराका साथ आज ६८ औ राष्ट्रिय सहकारी दिवस प्यूठानमा पनि विभिन्न कार्यक्रम गरि मनाइएको छ ।

जिल्ला सहकारी संघ लिमिटेड प्यूठानको आयोजना तथा विजय फुलबारी बचत तथा ऋण सहकारी संस्था र नागबेली बहुउदेशिय कृषी सहकारी सस्थाको सहयोगमा एक कार्यक्रम गरि दिवस मनाईएको हो । कार्यक्रमलाई सम्बोधन गर्दै प्यूठान नगरपालिकाका मेयर बिष्णु बहादुर योगीले सहकारी अभियान आर्थिक प्रणाली संग जोडिएको अभियान मात्र नभई यो अभियान सामाजिक रुपान्तरणको अभियान रहेको बताए ।

प्यूठान नगरपालिकाका प्रवक्ता सुमनराज श्रेष्ठले ग्रामिण क्षेत्रका बस्तीलाई सहकारीको क्षेत्रबाट व्यवहारिक समाज निर्माणको निमित्त महत्वपुर्ण भुमिका निर्वाह गरेको बताए ।

कार्यक्रममा बोल्दै जिल्ला सहकारी संघ लिमिटेड प्यूठानका अध्यक्ष सुशील पोख्रेलले देशभर ७३ लाख भन्दा बढी नागरिक सहकारीमा जोडिएको र ९३ हजार भन्दा बढी सहकारी मार्फत प्रत्यक्ष रोजगारीमा जोडिएको बताए ।

बचत तथा ऋण सहकारी संघ प्यूठानका अध्यक्ष भोज बहादुर बस्नेतले आफुसंग रहेको पूँजीलाइ उत्पादनमा जोड्न आग्रह गरेका छन । उनले ऐनको परिधी भित्र रहेर संस्था चलाए कुनै अफ्ठ्यारो नपर्ने बताए ।

बिजय फुलबारी बचत तथा ऋण सहकारी संस्थाका संस्थापक अध्यक्ष लोक बहादुर बस्नेतले अरुले गरेको गल्तीमा पनि असल सहकारीहरु प्रभावीत हुनु परेको भन्दै सहकारी अभियानलाइ निर्भिक भएर अगाडी बढाउन अग्रह गरेका छन ।

विजयनगर सानाकिसान महिला बचत तथा ऋण सहकारी संस्थाकि अध्यक्ष शर्मिला राउतले बचत ऋणमा मात्र नभएर सहकारी सदस्यको दैनिकिमा जोडिदा राम्रो हुने बताईन्।

जिल्ला सहकारी संघ लिमिटेड प्यूठानका अध्यक्ष सुशिल पोख्रेलको अध्यक्षता रहेको कार्यक्रको संचालन बिजय फुलबारी बचत तथा ऋण सहकारी संस्था लिमिटेडका व्यवस्थापक प्रकाश वैद्यले गरेका थिए ।

नागबेली बहुउद्देशीय कृषी सहकारी संस्थाको प्राङगणमा गरिएको कार्यक्रममा प्यूठान नगरपालिका भित्रका विभिन्न सहकारी अभियान्ता र सदस्यहरुको उपस्थित रहेको थियो । दिवसको अवसरमा जुम्री देखी विजुवार सम्म सहकारी सम्वन्धी र्याली पनि गरिएको थियो।

प्यूठान जिल्लाका अधिकांश सहकारीहरुले उक्त दिवस फरक फरक कार्यक्रम गरि मनाएका छन् ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

लुम्बिनी प्रदेशमा बुधबार सार्वजनिक बिदा

लुम्बिनी प्रदेश सरकारले प्रदेश स्थापना दिवसको अवसरमा माघ २१ गते बुधबारका दिन प्रदेशभर सार्वजनिक बिदा...

सहिदहरुको बलिदानबाट प्राप्त संवैधानिक उपलब्धि जोगाउन सबै जिम्मेवार बन्नुपर्छ ः मुख्यमन्त्री आचार्य

लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले सहिदहरूको बलिदानबाट प्राप्त संवैधानिक उपलब्धि जोगाउन सबै जिम्मेवार बन्नुपर्ने बताएका...

एमालेले बनायो ५०१ सदस्यीय निर्वाचन परिचालन कमिटी

नेकपा (एमाले) प्यूठानले निर्वाचन लक्षित छलफलाई तिव्र बनाएको छ । जिल्लामा एमालेले भेटघाट र छलफल...

मोटरसाइकल दुर्घटनामा एक युवकको ज्यान गयाे

मोटरसाइकल दुर्घटनामा परी प्यूठानको मल्लरानी गाउँपालिका–४ बुढाचौरका एक युवकको ज्यान गएको छ। दुर्घटनामा परी २८...

प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि निर्वाचन प्रहरी भर्ना गर्न दरखास्त आह्वान

आगामी फागुन २१ गते हुन गइरहेको प्रतिनिधिसभा सदस्य निर्वाचनको लागि निर्वाचन प्रहरी भर्ना गर्न दरखास्त...