News Portal

रेडियो सुन्नुहोस्

७ किलोमीटर दौड प्रतियोगितामा नौवहिनीका दामोदर प्रथम

झुलेनी नेटवर्क२०८१ चैत्र २०
४७५ पटक
२०८१ चैत्र २०

युबा हित मंच प्यूठान नगरपालिका २ ले आयोजना गरेको क्वाडी बेलुवा देखि बाग्दुला सम्म(७ कि मि)लामो दौड प्रतियोगितामा नौबहनी गाउपालिका ६ का ४७ बर्षिय दामोदर बुढामगर प्रथम भएका छन ।

प्रतियोगितामम दोस्रो ससस्त्र प्रहरी बलका प्रकाश थापा र तेस्रो नौबहिनीका पहलमान बुढाथोकी भएका हुन ।
विजेता प्रथम, द्वितीय र तृतीयले क्रमश: दश हजार , सात हजार र पाँच हजार रकम प्राप्त गरेको युवा हित मञ्चका अध्यक्ष मुक्ति पोख्रेलले बताए ।

प्यूठान नगरपालिकाको अर्थिक सहयोगमा संचालन गरिएको दौड प्रतियोगितामा १८ जना सहभागी थिए । कार्यक्रमको प्रमुख अतिथि प्यूठान नगरपालिका का नगर प्रमुख विष्णु बहादुर योगी रहेका थिए ।

कार्यक्रममा प्यूठान नगरपालिका २ का वडाध्यक्ष मोहन सिंह बिस्ट, नेकपा एमालेका जिल्ला अध्यक्ष विजय विराज विष्ट , जिल्ला अस्पताल प्युठान का प्रमुख ओम अर्याल , ईलाका प्रहरी कार्यालय बिजुवार प्युठानका प्रहरी निरीक्षक चुडामणि पुन लगायतको उपस्थिती रहेको थियो।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

विश्व दृष्टि दिवसमा प्रहरी र पत्रकारहरुको आँखा जाँच

विश्व दृष्टि दिवस प्यूठानमा पनि मनाइएको छ । हरेक वर्ष अक्टोबर महिनाको दोस्रो बिहीबारलाई विश्व...

प्यूठान बिजुवारदेखि रारासम्म

भनिन्छ यात्रा हो जीवन । आफ्नै सेरोफेरोमा चलेको जिन्दगीलाई अलि पर मुगु रारासम्म पु¥याउने भ्रमण...

रजवारामा डेढ लाख पुरस्कार राशिको भलिबल प्रतियोगिता हुँदै

गौमुखी गाउँपालिका ३ रजवारामा डेढ लाख रुपैयाँ नगद पुरस्कार राशि रहेको भलिबल प्रतियोगिता हुने भएको...

प्रहरीद्वारा प्यूठानमा तोडफोड र आगजनीमा संलग्नको सूची तयार

प्रहरीले जेनजी आन्दोलनको नाममा भाद्र २४ गते प्यूठानमा तोडफोड र आगजनीमा संलग्न  भएकाहरूको सूची तयार...

१० वर्षीय वालिकालाई झिमरुक खोलाले बगायो, खोजी कार्य जारी

प्यूठानको झिमरुक खोलाले १० वर्षीय वालिकालाई बगाएको छ । मङ्गलबार पौडी खेल्ने क्रममा झिमरुक गाउँपालिका...