News Portal

रेडियो सुन्नुहोस्

भ्रष्टाचार नियन्त्रण र सुशासन प्रवर्द्धन सम्वन्धि अन्तरक्रिया माण्डवीमा सम्पन्न

झुलेनी नेटवर्क२०८२ बैशाख ५
७०६ पटक
२०८२ बैशाख ५

भ्रष्टाचार नियन्त्रण तथा सुशासन प्रवद्र्धन सम्बन्धि अन्तरक्रिया कार्यक्रम माण्डवी गाउँपालिकामा सम्पन्न भएको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बुटवलको आयोजनामा भएको स्थानीय तह स्तरीय कार्यक्रममा बोल्दै प्रमुख अतिथी एवं माण्डवी गाउँपालिका अध्यक्ष नमराज अधिकारीले अख्तियार दुरुपयोग नियन्त्रणका लागि विशिष्ट पदमा पुगेका व्यक्तिको सम्पत्तिमाथि छानविन हुनुपर्ने बताए ।

कार्यक्रममा बोल्दै उपाध्यक्ष पुर्ण प्रसाद कालाथोकीले कतिपय अवस्थामा ऐन कानुनको समस्याले समेत सुशासन प्रवद्र्धनमा समस्या हुने गरेको बताए । नागरिकका समस्याको सम्बोधन गर्ने सन्दर्भमा विभिन्न तहविच बाँधिएका ऐनहरुले ख्याल गर्नुपर्ने अवस्था रहेको उनले बताए ।

गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत भिमकान्त भण्डारीले अख्तियारमा उजुरी नपरेकोले माण्डवीले सुशासन प्रवद्र्धनमा सकारात्मक नतिजा हासिल गरेको बताए ।

कार्यक्रमको अध्यक्ष एवं आयोगको बुटवल कार्यालयका प्रमुख विनिता भटराईले कानुनको अनविज्ञता क्षम्य नहुने बताईन् । आयोगको तर्फबाट उपसचिव गिता आचार्यले कार्यपत्र प्रस्तुत गरेकी थिईन । कार्यपत्रमा श्रीकुमार शर्मा, टोपाराम आचार्य, प्रकाश ओली लगायतले आफ्ना धारणा राखेका थिए ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

८४ बर्ष प्रवेशको अवसरमा विधालयमा अक्षयकोष स्थापना

८४ अौ बर्ष प्रवेश गरेको अवसरमा प्यूठानको एक जिसी परिवारले आफ्ना अभिभावकको नाममा अक्षयकोष स्थापना...

गौमुखी आधारभूत अस्पताल मुख्यमन्त्री आचार्यद्धारा उद्घाटन

प्यूठानको गौमुखी गाउँपालिकामा बनेको १५ शैय्याको गौमुखी आधारभूत अस्पतालको एक कार्यृक्रमका बिच उद्घाटन गरिएको छ...

प्यूठानमा रामकथा वाचन तथा महाआरती ज्ञान महोत्सव सुरु

प्यूठानमा रामकथा वाचन, श्री गरुण महापुराण पितृमुक्ति भक्ति ज्ञान तथा महाआरती महोत्सव सुरु भएको छ...

भोटेकोशि बाढीपीडितका लागि प्यूठानमा सहयोग जुड्दै

भोटेकोशी नदि क्षेत्रमा बुधबार बिहान आएको विनाशकारी बाढीबाट प्रभावितहरूका लागि राहत जुटाउन प्युठान जिल्लामा व्यापकरूपमा...

फेरियो जन्मदिन मनाउने चलन,आफन्तलाई नोटको बुके उपहार 

         जन्मदिन मनाउने चलन अचेल गाउँ सहर जताततै देखिन्छ ।तर  जन्मदिन मनाउने परम्परागत...