News Portal

रेडियो सुन्नुहोस्

भ्रष्टाचार नियन्त्रण र सुशासन प्रवर्द्धन सम्वन्धि अन्तरक्रिया माण्डवीमा सम्पन्न

झुलेनी नेटवर्क२०८२ बैशाख ५
७२१ पटक
२०८२ बैशाख ५

भ्रष्टाचार नियन्त्रण तथा सुशासन प्रवद्र्धन सम्बन्धि अन्तरक्रिया कार्यक्रम माण्डवी गाउँपालिकामा सम्पन्न भएको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बुटवलको आयोजनामा भएको स्थानीय तह स्तरीय कार्यक्रममा बोल्दै प्रमुख अतिथी एवं माण्डवी गाउँपालिका अध्यक्ष नमराज अधिकारीले अख्तियार दुरुपयोग नियन्त्रणका लागि विशिष्ट पदमा पुगेका व्यक्तिको सम्पत्तिमाथि छानविन हुनुपर्ने बताए ।

कार्यक्रममा बोल्दै उपाध्यक्ष पुर्ण प्रसाद कालाथोकीले कतिपय अवस्थामा ऐन कानुनको समस्याले समेत सुशासन प्रवद्र्धनमा समस्या हुने गरेको बताए । नागरिकका समस्याको सम्बोधन गर्ने सन्दर्भमा विभिन्न तहविच बाँधिएका ऐनहरुले ख्याल गर्नुपर्ने अवस्था रहेको उनले बताए ।

गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत भिमकान्त भण्डारीले अख्तियारमा उजुरी नपरेकोले माण्डवीले सुशासन प्रवद्र्धनमा सकारात्मक नतिजा हासिल गरेको बताए ।

कार्यक्रमको अध्यक्ष एवं आयोगको बुटवल कार्यालयका प्रमुख विनिता भटराईले कानुनको अनविज्ञता क्षम्य नहुने बताईन् । आयोगको तर्फबाट उपसचिव गिता आचार्यले कार्यपत्र प्रस्तुत गरेकी थिईन । कार्यपत्रमा श्रीकुमार शर्मा, टोपाराम आचार्य, प्रकाश ओली लगायतले आफ्ना धारणा राखेका थिए ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

शुभकामना आदानप्रदान र स्वच्छतासम्बन्धि अन्तरक्रिया खलङ्गामा सम्पन्न

बडादशै २०८३ को अवसरमा प्यूठान उद्योग बाणिज्य सङ्घको आयोजनामा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ।...

‘प्यार-नारायणी’ अभिनित प्रविण घर्तीको ‘जन्म ठाउँ’ सार्वजनिक

चर्चित मोडल नारायणी खत्री र सञ्चारकर्मी प्यार अलि खान अभिनित लोकदोहोरी गीत जन्म ठाउँ सार्वजनिक...

प्यूठान नगरपालिका वडा न १ को भवन उद्घाटन

प्यूठान नगरपालिका वडा नं. १ को प्रशासनिक भवनको उद्घाटन गरिएको छ। नगरपालिकाको खैरामा निर्माण गरिएको...

पत्रकार महासंघको साख र गरिमा जोगाऔं

आज नेपाल पत्रकार महासंघ प्यूठान शाखाको २५औँ स्थापना दिवस। दुई दशकभन्दा लामो यात्रामा प्यूठानको पत्रकारिताले...

प्यूठानमा नेपाली कांग्रेस देउवा पक्षको वडा अधिवेशन सुरु

नेपाली कांग्रेस देउवा पक्षले नियमित महाधिवेशनका लागि प्यूठानका पालिकाहरुमा संयोजक तोकेको छ । वडा र...