News Portal

रेडियो सुन्नुहोस्

मल्लरानी ३ मा व्यूटिपार्लर तालिम समापन

झुलेनी नेटवर्क२०८२ बैसाख ८
४१७ पटक
२०८२ बैसाख ८

मल्लरानी गाउपालिका वडा नं. ३ मा २ महिने व्यूटीपार्लर तालिम सम्पन्न भएको छ । गरिवी निवारणका लागि लघुउद्यम विकास कार्यक्रममार्फत स्थानीय महिलाहरुलाई व्यूटी पार्लर सम्बन्धि सिपमुलक तालिम दिईएको हो ।

गाउपालिकाका अध्यक्ष कृष्ण बहादुर खड्काको प्रमुख आथित्यतामा समापन कार्यक्रम गरि तालिमका सहभागीलाइ विदाइ गरेको मल्लरानी गाउपालिका ३ का वडाध्यक्ष नोमराज पौडेलले जानकारी दिए । पौडेलले सिप सिकेका महिलाहरुलाई उद्यमसिलतामा जोडिन चाहे बैंकबाट सहुलियतमा ऋण उपलब्ध गराउन सहयोग गर्ने बताए ।

यहि अवधिमा वडामा चप्पल बताउने तालिम र डल बनाउने तालिम समेत संचालन गरिएको वडाअध्यक्ष पौडेलले बताए । गरिबी निवारणका लागि लघुउद्यम विकास कार्यक्रम अन्तरगत मल्लरानी गाउँपालिकाले ३ लाख २२ हजार वजेट विनियोजन गरेको थियो । सोहि बजेटबाट मल्लरानी ३ का महिलालाई व्यूटिपार्लर, चप्पल बनाउने र डल बनाउने तालिम दिईएको उद्यम विकास सहजकर्ता फुलमाया विक ले बताईन । उनका अनुसार प्रत्येक तालिममा ८ जनाका दरले २४ जना महिलाले तालिम लिएका छन् । तालिमका सहभागीहरुले स्थानिय स्तरबाटै उद्यमसिल तालिम लिन पाउदा खुसी व्यक्त गरेका छन ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

‘मोन्था’ चक्रवातको प्रभाव: वर्षा र हिमपातको संभावना

विहिवार र शुक्रवार बङ्गालको खाडिमा विकसित ‘मोन्था’ चक्रवातको प्रभाव नेपालमा पनि रहने भएको छ ।...

लुप्लुङमा धनञ्जय संग्रहालय बन्दै

धनञ्जय संग्रहालय निर्माणका लागि ३० लाख रकम संकलन भएको छ । नौबहिीन गाउँपालिका–८ लुप्लुङमा संग्रहालयको...

ट्याक्टर दुर्घटनामा पुनको मृत्यु, सहचालक नभएको परिवारको दावी

आइतवार राती गुल्मी कच्चुर खर्कमा ट्याक्टर दुर्घटना हुदा मदाने गाउँपालिका १ का १९ वर्षिय मेगराज...

विश्व दृष्टि दिवसमा प्रहरी र पत्रकारहरुको आँखा जाँच

विश्व दृष्टि दिवस प्यूठानमा पनि मनाइएको छ । हरेक वर्ष अक्टोबर महिनाको दोस्रो बिहीबारलाई विश्व...

प्यूठान बिजुवारदेखि रारासम्म

भनिन्छ यात्रा हो जीवन । आफ्नै सेरोफेरोमा चलेको जिन्दगीलाई अलि पर मुगु रारासम्म पु¥याउने भ्रमण...