News Portal

रेडियो सुन्नुहोस्

मल्लरानी ३ मा व्यूटिपार्लर तालिम समापन

झुलेनी नेटवर्क२०८२ बैसाख ८
५२० पटक
२०८२ बैसाख ८

मल्लरानी गाउपालिका वडा नं. ३ मा २ महिने व्यूटीपार्लर तालिम सम्पन्न भएको छ । गरिवी निवारणका लागि लघुउद्यम विकास कार्यक्रममार्फत स्थानीय महिलाहरुलाई व्यूटी पार्लर सम्बन्धि सिपमुलक तालिम दिईएको हो ।

गाउपालिकाका अध्यक्ष कृष्ण बहादुर खड्काको प्रमुख आथित्यतामा समापन कार्यक्रम गरि तालिमका सहभागीलाइ विदाइ गरेको मल्लरानी गाउपालिका ३ का वडाध्यक्ष नोमराज पौडेलले जानकारी दिए । पौडेलले सिप सिकेका महिलाहरुलाई उद्यमसिलतामा जोडिन चाहे बैंकबाट सहुलियतमा ऋण उपलब्ध गराउन सहयोग गर्ने बताए ।

यहि अवधिमा वडामा चप्पल बताउने तालिम र डल बनाउने तालिम समेत संचालन गरिएको वडाअध्यक्ष पौडेलले बताए । गरिबी निवारणका लागि लघुउद्यम विकास कार्यक्रम अन्तरगत मल्लरानी गाउँपालिकाले ३ लाख २२ हजार वजेट विनियोजन गरेको थियो । सोहि बजेटबाट मल्लरानी ३ का महिलालाई व्यूटिपार्लर, चप्पल बनाउने र डल बनाउने तालिम दिईएको उद्यम विकास सहजकर्ता फुलमाया विक ले बताईन । उनका अनुसार प्रत्येक तालिममा ८ जनाका दरले २४ जना महिलाले तालिम लिएका छन् । तालिमका सहभागीहरुले स्थानिय स्तरबाटै उद्यमसिल तालिम लिन पाउदा खुसी व्यक्त गरेका छन ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

किटघाटमा बन्यो पक्की पुल

       झिमरुक गाउँपालिका ६ र ७ जोड्ने कुटीचौर किटघाटस्थित झिमरुक नदिमा पक्की पुल...

    बाग्दुला–बाहाने सडक कालोपत्रे हुँदै 

    उत्तरी प्यूठानलाई जिल्लाको मुख्य व्यापारिक केन्द्र बाग्दुलासँग जोड्ने बाग्दुला–बाहाने सडक स्तरोन्नति गरी कालोपत्रे गर्नका...

सूर्य थापाले बुझाए निर्वाचन कार्यालयमा निर्वाचन खर्च विवरण

नेकपा (एमाले) प्यूठानका तर्फबाट उम्मेदवार बनेका सूर्य बहादुर थापा क्षेत्रीले आफ्नो चुनावी खर्च विवरण सार्वजनिक...

मगर दिवसमा प्यूठानका सबै पालिकामा सार्वजनिक बिदा

४४ औं मगर दिवसको अवसरमा जिल्लामा ९ वटै पालिकाले सार्वजनिक बिदा दिएका छ्न । फागुन...

लुम्बिनी प्रदेशमा बुधबार सार्वजनिक बिदा

लुम्बिनी प्रदेश सरकारले प्रदेश स्थापना दिवसको अवसरमा माघ २१ गते बुधबारका दिन प्रदेशभर सार्वजनिक बिदा...