News Portal

रेडियो सुन्नुहोस्

नयाँ लाइन तानेर थापाडाँडाको खानेपानी योजना चल्यो

झुलेनी नेटवर्क२०८२ वैशाख २३
६४० पटक
२०८२ वैशाख २३

प्यूठान नगरपालिका–४, स्थित थापाडाँडा–कार्कीडाँडा लिप्ट खानेपानी योजनामा नयाँ लाइन तानेर सञ्चालन गरिएको छ ।

नेपाल बिद्युत प्राधिकरणमा धेरै पटक धाएर नयाँ लाइन जडान गरेर खानेपानी योजना सोमबार देखि सञ्चालन गरेको प्यूठान नगरपालिका ४ का वडाध्यक्ष रेशम कार्कीले बताए ।

उनले बिजुवार खेदकुद मैदान नजिकै बाट नयाँ बिद्युत लाइन बिस्तार गरेको बताए ।

दुई वर्ष पहिले प्रदेश समपुरक योजना अन्तर्रगत प्यूठान नगरपालिका मार्फत निर्माण गरिएको योजनाको ट्रासफर्मर १० दिन देखि बिग्रेको थियो । यस क्षेत्रका १ सय ७० उपभोक्ताले पानीको समस्यमा भोेगेका थिए ।

ट्रासफर्मर मर्मत गर्न नगरपालिकामा पहल गरेपनि सुनुवाइ नभएपछि विद्युत प्राधिकरणमा धाएको कार्कीले बताए ।

वडाध्यक्ष मार्फत नगरप्रमुखसंग गुनासो गरेको एक साता हुँदासम्म सुनुवाइ नभएपछि बिद्युत प्राधिकरणमा पुगेको उपभोक्ता समिति अध्यक्ष खड्कबहादुर भण्डारीले बताए ।

प्यूठान नगरपालिकाको प्रमुख प्रशासकीय भवन नजिकैबाट लिप्ट गरेर योजना निर्माण गरिएको छ ।

योजनामा पानी नियमित नहुँदा थापाडाँडा, कार्कीडाँडा र भेदाखर्कका स्थानीय खानेपानीको चरम अभाव झेल्दै आएका थिए ।

योजनामा पानी चलेपछि स्थानीय खुसी छन् ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

भोटेकोशि बाढीपीडितका लागि प्यूठानमा सहयोग जुड्दै

भोटेकोशी नदि क्षेत्रमा बुधबार बिहान आएको विनाशकारी बाढीबाट प्रभावितहरूका लागि राहत जुटाउन प्युठान जिल्लामा व्यापकरूपमा...

फेरियो जन्मदिन मनाउने चलन,आफन्तलाई नोटको बुके उपहार 

         जन्मदिन मनाउने चलन अचेल गाउँ सहर जताततै देखिन्छ ।तर  जन्मदिन मनाउने परम्परागत...

बिजुवारमा आँखा अस्पतालको नयाँ भवन शिलान्यास

आँखा उपचार केन्द्र प्रस्तावित नरेन्द्र गायत्री ऑखा अस्पताल बिजुवारको नयाँ भवनको आज (शुक्रबार) एक विशेष...

प्यूठानका विभिन्न स्थानमा बेवारिसे पाँच शव फेला,शव रोल्पाको हुनसक्ने आशंका

प्यूठान , प्यूठानका विभिन्न स्थानमा बेवारिसे पाँच शव फेला परेका छन्। प्यूठानको माडी र लुङ्ग्री...

खलंगामा बन्यो सडक पूर्वाधार विकास कार्यालयको नयाँ भवन

प्यूठान , प्यूठानको खलंगामा निर्माण गरिएको नयाँ भवन सडक पूर्वाधार विकास कार्यालय प्यूठानलाई हस्तान्तरण गरिएको...