News Portal

रेडियो सुन्नुहोस्

अनेरास्ववियु र युवा संघको स्थापना दिवसमा रक्तदान तथा फलपुल वितरण

झुलेनी नेटवर्क२०८२ जेठ १
८५४ पटक
२०८२ जेठ १

अनेरास्ववियुको ६१ औँ तथा राष्ट्रिय युवा संघको ३६ औँ स्थापना दिवसको अवसरमा प्यूठानमा रक्तदान र फलफूल वितरण गरिएको छ ।

प्यूठान अस्पतालमा आयोजित रक्तदान कार्यक्रममा १३ जनाले रगत दान गरेका छन् । साथै अस्पतालमा उपचाररत विरामीलाई फलफूल वितरण गरिएको युवा संघ प्यूठानका अध्यक्ष महेश पाण्डेले बताए ।

महेश पाण्डेको अध्यक्षतामा भएको कार्यक्रममा नेकपा एमाले प्यूठानका अध्यक्ष विजय विराज विष्ट, प्यूठान अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट डा.ओम अर्याल लगायतले शुभकामना मन्तव्य राखेका थिए । कार्यक्रमको सञ्चालन अनेरास्ववियु प्यूठानका अध्यक्ष टेकराज के.सी. ले गरेका थिए ।

अनेरास्ववियुको २०२२ र राष्टिय युवा संघको स्थापना २०४७ सालमा भएको थियो । हाल प्यूठानमा अनेरास्ववियुमा केसी र युवा संघमा पाण्डेले नेतृत्व गरिरहेका छन् ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

मगर दिवसमा प्यूठानका सबै पालिकामा सार्वजनिक बिदा

४४ औं मगर दिवसको अवसरमा जिल्लामा ९ वटै पालिकाले सार्वजनिक बिदा दिएका छ्न । फागुन...

लुम्बिनी प्रदेशमा बुधबार सार्वजनिक बिदा

लुम्बिनी प्रदेश सरकारले प्रदेश स्थापना दिवसको अवसरमा माघ २१ गते बुधबारका दिन प्रदेशभर सार्वजनिक बिदा...

सहिदहरुको बलिदानबाट प्राप्त संवैधानिक उपलब्धि जोगाउन सबै जिम्मेवार बन्नुपर्छ ः मुख्यमन्त्री आचार्य

लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले सहिदहरूको बलिदानबाट प्राप्त संवैधानिक उपलब्धि जोगाउन सबै जिम्मेवार बन्नुपर्ने बताएका...

एमालेले बनायो ५०१ सदस्यीय निर्वाचन परिचालन कमिटी

नेकपा (एमाले) प्यूठानले निर्वाचन लक्षित छलफलाई तिव्र बनाएको छ । जिल्लामा एमालेले भेटघाट र छलफल...

मोटरसाइकल दुर्घटनामा एक युवकको ज्यान गयाे

मोटरसाइकल दुर्घटनामा परी प्यूठानको मल्लरानी गाउँपालिका–४ बुढाचौरका एक युवकको ज्यान गएको छ। दुर्घटनामा परी २८...