News Portal

रेडियो सुन्नुहोस्

प्यूठान अस्पताल भवन अलपत्र, ठेकेदार बेखबर

बोम बहादुर परियार२०८२ जेठ २
८३३ पटक
२०८२ जेठ २

प्यूठान अस्पताल भवन अलपत्र परेको छ । निर्माणको जिम्मा दिएको ठेकेदार बेखबर छन् । भवन निर्माणको ठेक्का ग्राण्ड डिजाइन कन्स्ट्रक्सन प्रा.लि नेपालगन्जले लिएको थियो ।

निर्माण गर्दै गर्दा निर्माण कम्पनी सम्पर्क विहीन भएपछि कारबाही प्रक्रिया अगाडि बढाएको सहरी विकास तथा भवन कार्यालय दाङले जनाएको छ ।

‘हामीले ठेकेदारलाई पटक पटक ताकेता गरिरहेका छौ,’ कार्यालय प्रमुख ईश्वरी प्रसाद देवकोटाले भने,‘ठेकेदार सम्पर्कमा नआएपछि उनको बैङ्क ग्यारेन्टी तान्न बैङ्कलाई पत्र पठाइएको छ ।’

भवन अलपत्र परेको विषयमा धेरै गुनासो आएको प्रमुख जिल्ला अधिकारी दिपकराज नेपालले बताए । उनले कार्यालयलाई यस विषयमा जानकारी गराई आवश्यक प्रक्रिया अगाडी बढाउन लगाएको बताए ।

अस्पतालको भवन समयमै निर्माण नहुने देखिएको प्यूठान अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट ओम अर्यालले बताए ।

‘भवन अभाव झेलेर  बिरामीको उपचार गराउनु परेको छ ,’ अर्यालले भने,‘समयमै भवन बन्ने देखिँदैन ।’ भवन निर्माणको चरणमा पहिलेका केही संरचना भत्काईएकाले झन् समस्या भएको उनले बताए ।

२१ करोड ३० लाख ५३ हजार ७ सय ६८ रुपैयाँ लागतमा भवन निर्माणको ठेक्का सम्झौता भएको थियो ।

२०८३ जेठ ६ गते निर्माण सम्पन्न गर्ने स‌ंझौता भएको भवनको हाल १५ प्रतिशत मात्र भौतिक प्रगति भएको कार्यालयले जनाएको छ ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

मगर दिवसमा प्यूठानका सबै पालिकामा सार्वजनिक बिदा

४४ औं मगर दिवसको अवसरमा जिल्लामा ९ वटै पालिकाले सार्वजनिक बिदा दिएका छ्न । फागुन...

लुम्बिनी प्रदेशमा बुधबार सार्वजनिक बिदा

लुम्बिनी प्रदेश सरकारले प्रदेश स्थापना दिवसको अवसरमा माघ २१ गते बुधबारका दिन प्रदेशभर सार्वजनिक बिदा...

सहिदहरुको बलिदानबाट प्राप्त संवैधानिक उपलब्धि जोगाउन सबै जिम्मेवार बन्नुपर्छ ः मुख्यमन्त्री आचार्य

लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले सहिदहरूको बलिदानबाट प्राप्त संवैधानिक उपलब्धि जोगाउन सबै जिम्मेवार बन्नुपर्ने बताएका...

एमालेले बनायो ५०१ सदस्यीय निर्वाचन परिचालन कमिटी

नेकपा (एमाले) प्यूठानले निर्वाचन लक्षित छलफलाई तिव्र बनाएको छ । जिल्लामा एमालेले भेटघाट र छलफल...

मोटरसाइकल दुर्घटनामा एक युवकको ज्यान गयाे

मोटरसाइकल दुर्घटनामा परी प्यूठानको मल्लरानी गाउँपालिका–४ बुढाचौरका एक युवकको ज्यान गएको छ। दुर्घटनामा परी २८...