News Portal

रेडियो सुन्नुहोस्

नौवहिनी गाउँपालिकाको दोश्रो चौमासिकको सार्वजनिक सुनुवाई सम्पन्न

झुलेनी नेटवर्क२०८२ जेठ ६
७२० पटक
२०८२ जेठ ६

नौवहिनी गाउँपालिकाको आर्थिक वर्ष २०८१/०८२ को दोश्रो चौमासिकको सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न भएको छ । सोमबार नौवहिनी गाउँपालिका वडा नं. ३ को कार्यालय सारीवाङ्ग सार्वजनिक सुनुवाई सम्पन्न भएको हो ।

वडा नं. ३ का वडाअध्यक्ष दिल बहादुर केसी को अध्यक्षतामा भएको सार्वजनिक सुनुवाई कार्यक्रममा सेवाप्रदायक निकाय नौवहिनी गाउँपालिकाको तर्फबाट प्रमुख जवाफदेहि बक्ताको रुपमा नौवहिनी गाउँपालिका अध्यक्ष दिल बहादुर थापाले सहभागिबाट उठेका प्रश्नको जवाफ दिएका थिए ।

चालु आर्थिक वर्षको दोश्रो चौमासिक सम्म नौवहिनी गाउँपालिकामा भएको आर्थिक प्रगति प्रतिवेदन आर्थिक प्रशासन शाखा प्रमुख गिर बहादुर घर्ती, गाउँपालिकाको दोश्रो चौमासिक सम्मको प्रगति प्रतिवेदन प्रमुख प्रशासकीय अधिकृत शिवराज पौडेल र नौवहिनी गाउँपालिका वडा नं. ३ को हालसम्मको प्रगति विवरण वडा सचिव शान्ती कुमारी पुनले प्रस्तुत गरेका थिए । सार्वजनिक सुनुवाईपूर्व संकलित बर्हिगमित प्रतिवेदन र नागरिक प्रतिवेदनको एकिकृत प्रतिवेदन झुलेनी पोष्टका सम्पादन हरि प्रसाद भण्डारीले प्रस्तुत गरेका थिए ।

सहभागिबाट उठेको प्रश्नको जवाफ सूचना प्रविधि शाखा प्रमुख मेघराज बोहरा, रोजगार संयोजक पर्वत केसी, योजना तथा प्रशासन शाखा प्रमुख अरविन्द्र वर्मा, प्रमुख प्रशासकीय अधिकृत शिवराज पौडेल, गाउँपालिका अध्यक्ष दिल बहादुर थापाले दिएका थिए ।

सार्वजनिक सुनुवाईमा उठेका सरोकारका विषयको समिक्षा सहित टिप्पणी नेपाल पत्रकार महासंघका पूर्व अध्यक्ष गिरुप्रसाद भण्डारी गरेका थिए भने, कार्यक्रममा उठेका विषयको टिपोट झुलेनी युनाईटेड नेटवर्कका कार्यकारी निर्देशक दीपा घर्ती र नेपाल पत्रकार महासंघ प्यूठानका सहसचिव बोम बहादुर परियार लगायतले गरेका थिए ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

रोल्पा र प्यूठानका पाँच स्थानमा कुसन तथा गुडिया बनाउने तालिम सम्पन्न

सामाजिक विकास डिभिजन कार्यालय प्यूठानले आर्थिक वर्ष २०८२र८३ को स्वीकृत कार्यक्रमअन्तर्गत रोल्पा र प्यूठानका पाँच...

रजवारामा ‘गाउँटोल खानेपानी आयोजना’ उद्घाटन

गौमुखी गाउँपालिकाको वडा नं. ३ रजवारा स्थित गाउँटोल खानेपानी, सरसफाई तथा स्वच्छता आयोजनाको उद्घाटन गरिएको...

खरा माविमा हाजिरी जवाफ प्रतियोगिता सम्पन्न

माध्यमिक विद्यालय स्तरिय हाजिरिजवाफ प्रतियोगिता खरा माध्यमिक विद्यालय गौमुखी गाउँपालिका ३, रजवारामा सम्पन्न भएको छ...

प्यूठानमा सडक विस्तार ,सार्थक बहस सहित साझा निर्णयको आवश्यकता

केही समय यता प्यूठानमा सडक विस्तारका सन्दर्भमा के होला? कति होला ? सिमा कायम कति...

वित्तीय साक्षरता आजको आवश्यकता

वित्त शब्द धन वा रुपैंया पैसासंग सम्बन्धित छ । आफुसंग भएको धनसम्पत्तिको सहि सदुपयोग गर्ने...