News Portal

रेडियो सुन्नुहोस्

नौवहिनी गाउँपालिकाको दोश्रो चौमासिकको सार्वजनिक सुनुवाई सम्पन्न

झुलेनी नेटवर्क२०८२ जेठ ६
५४७ पटक
२०८२ जेठ ६

नौवहिनी गाउँपालिकाको आर्थिक वर्ष २०८१/०८२ को दोश्रो चौमासिकको सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न भएको छ । सोमबार नौवहिनी गाउँपालिका वडा नं. ३ को कार्यालय सारीवाङ्ग सार्वजनिक सुनुवाई सम्पन्न भएको हो ।

वडा नं. ३ का वडाअध्यक्ष दिल बहादुर केसी को अध्यक्षतामा भएको सार्वजनिक सुनुवाई कार्यक्रममा सेवाप्रदायक निकाय नौवहिनी गाउँपालिकाको तर्फबाट प्रमुख जवाफदेहि बक्ताको रुपमा नौवहिनी गाउँपालिका अध्यक्ष दिल बहादुर थापाले सहभागिबाट उठेका प्रश्नको जवाफ दिएका थिए ।

चालु आर्थिक वर्षको दोश्रो चौमासिक सम्म नौवहिनी गाउँपालिकामा भएको आर्थिक प्रगति प्रतिवेदन आर्थिक प्रशासन शाखा प्रमुख गिर बहादुर घर्ती, गाउँपालिकाको दोश्रो चौमासिक सम्मको प्रगति प्रतिवेदन प्रमुख प्रशासकीय अधिकृत शिवराज पौडेल र नौवहिनी गाउँपालिका वडा नं. ३ को हालसम्मको प्रगति विवरण वडा सचिव शान्ती कुमारी पुनले प्रस्तुत गरेका थिए । सार्वजनिक सुनुवाईपूर्व संकलित बर्हिगमित प्रतिवेदन र नागरिक प्रतिवेदनको एकिकृत प्रतिवेदन झुलेनी पोष्टका सम्पादन हरि प्रसाद भण्डारीले प्रस्तुत गरेका थिए ।

सहभागिबाट उठेको प्रश्नको जवाफ सूचना प्रविधि शाखा प्रमुख मेघराज बोहरा, रोजगार संयोजक पर्वत केसी, योजना तथा प्रशासन शाखा प्रमुख अरविन्द्र वर्मा, प्रमुख प्रशासकीय अधिकृत शिवराज पौडेल, गाउँपालिका अध्यक्ष दिल बहादुर थापाले दिएका थिए ।

सार्वजनिक सुनुवाईमा उठेका सरोकारका विषयको समिक्षा सहित टिप्पणी नेपाल पत्रकार महासंघका पूर्व अध्यक्ष गिरुप्रसाद भण्डारी गरेका थिए भने, कार्यक्रममा उठेका विषयको टिपोट झुलेनी युनाईटेड नेटवर्कका कार्यकारी निर्देशक दीपा घर्ती र नेपाल पत्रकार महासंघ प्यूठानका सहसचिव बोम बहादुर परियार लगायतले गरेका थिए ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

मंसिर २८ गते देखी प्यूठानमा टिभिएसको एक्सचेन्ज अफर लाग्ने

टिभिएस प्यूठानले पुराना वाइक वा स्कुटी एक्सचेन्ज अफर संचालन गर्ने भएको छ । दुइचक्के सवारी...

राजनीतिमा पुस्तान्तरणको खाँचो

नेपाल जस्तो बहुल जातीय,सांस्कृतिक र भौगोलिक विविधता भएको देशमा राजनीति निरन्तर परिवर्तन र रूपान्तरणको प्रक्रियामा...

संविधानको रक्षा र संसद पूनर्स्थापनाका निम्ति जनप्रर्दशनः थापा

नेकपा एमालेका पोलिटव्यूरो सदस्य एवं विघठित प्रतिनिधि सभाका सदस्य सूर्य थापाले नेकपा एमालेले संविधानको रक्षा...

‘मोन्था’ चक्रवातको प्रभाव: वर्षा र हिमपातको संभावना

विहिवार र शुक्रवार बङ्गालको खाडिमा विकसित ‘मोन्था’ चक्रवातको प्रभाव नेपालमा पनि रहने भएको छ ।...

लुप्लुङमा धनञ्जय संग्रहालय बन्दै

धनञ्जय संग्रहालय निर्माणका लागि ३० लाख रकम संकलन भएको छ । नौबहिीन गाउँपालिका–८ लुप्लुङमा संग्रहालयको...