News Portal

रेडियो सुन्नुहोस्

छेडियो नंगेनीभिर, खुल्यो मैरामारे–जुम्रीकाँढा सडक

झुलेनी नेटवर्क२०८२ जेठ ९
६०३ पटक
२०८२ जेठ ९

प्यूठानको नौबहिनी गाउँपालिका–७,को मैरामारे देखि प्यूठान नगरपालिका–५ जुम्रीकाँढा सडक ट्याक ओपन भएको छ । स्थानीयले चन्दा सङ्कलन गरेर थालेको सडक १२ वर्षपछि खुलेपछि स्थानीय हर्षित छन् ।

वर्षौँदेखि खाम्म्रीबास स्थित नंगेनीभिरको पहरो छेड्न नसकेर अड्केको सडक ब्रेकरले पहरो फोरेपछि खुलेको नौबहिनी गाउँ‘पालिका ७ का वडाध्यक्ष रोम प्रसाद बुढाथोकीले बताए ।

उनले सडक निर्माणपछि  मैरामारे, खाम्म्रीबास क्षेत्रका स्थानीयलाई जिल्ला अस्पताल बिजुवार पुग्न र उपभोग्य बस्तु ओसारपसारमा सहजता हुने बताए । रोल्पाको सिर्प, जुतुङखोलाका स्थानीयले समेत सडकबाट लाभ लिने उनले बताए ।

मैरामारेदेखि खाम्म्रीबाससम्म सडक खोल्न गाउँ‘पालिकाले विभिन्न पटक गरी झन्डै १ करोड ५० लाख रुपैयाँ खर्च गरेको वडाध्यक्ष बुढाथोकीले बताए ।   पालिकाको यस वर्ष १९ लाख रुपैयाँ विनियोजन गरेर ठेक्का मार्फत सडकमा काम गरेको प्रमुख प्रशासकीय अधिकृत शिवराज पौडेलले बताए ।

स्थानीयले पैदल नुन बोक्ने सडक मोटर गुड्ने बनाउने भन्दै स्थानीय २०७८ सालमा ५÷५ हजार चन्दा सङ्कलन गरेर बाटो निर्माण थालेका थिए । सडकको शुक्रवार एक कार्यक्रम गरी पालिका अध्यक्ष दिलबहादुर थापाले उद्घाटन गरेका छन् । सडक खुलेपछि क्षेत्रका स्थानीय हर्षित भएर नाचगान गरेको  थापाले बताए । ‘पालिकाको दुर्गम बस्तीमा पुग्ने सडकको ट्याक ओपन भएको छ,’ थापाले भने,‘नियमित सवारी चल्ने सडकको लागि पहल गरिने छ ।’ सडक खुलेर स्थानीयको वर्षौँको सपना पूरा भएको स्थानीय मोतीराम बुढाथोकीले बताए ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

युवा संघको कार्यक्रममा २० जनाले गरे रक्तदान

राष्ट्रिय युवा संघ नेपाल जिल्ला कमिटी प्यूठानले आयोजना गरेको कार्यक्रममा २० जनाले रगत दान गरेका...

तीजको रौनकता, हराउँदै मौलिकता

नेपाली हिन्दू महिलाहरूको महान चाड हरितालिका तीजले यतिबेला गाऊ,शहर जताततै चहलपहल बढेको छ । तीजको...

झिमरुकका विभिन्न वस्तिमा अध्यक्ष एमसिको गुनासो सुन्ने अभियान

झिमरुक गाउँपालिका अध्यक्ष पित बहादुर एमसि गुनासो सुन्ने अभियान लिएर बस्ति स्तरमा पुगेका छन् ।...

वाईसिएल प्यूठानद्वारा दम्ति–बाहाने सडक मर्मत

माओवादी केन्द्र निकट योङ कम्युनिष्ट लिग(वाईसिएल) प्यूठानले प्यूठान नगरपालिका ८ दम्ति देखि नौवहिनी गाउँपालिका ६...

भानुभक्त माविको स्वर्ण महोत्सवको लोगो अनावरण

भानुभक्त माध्यमिक विद्यालय बर्वोटले स्वर्ण महोत्सवको लोगो अनावरण गरेको छ । आउदो मंसिर २९ गतेदेखी...