News Portal

रेडियो सुन्नुहोस्

बाझिएको जमिनमा चक्लाबन्दी अदुवा खेती

झुलेनी नेटवर्क२०८२ जेठ १४
८२२ पटक
२०८२ जेठ १४

सरुमारानी गाउँपालिका ४ का काशीराम शर्माले वषौँदेखि बाँझो रहेको जमिन भाडामा लिएर चक्लाबन्दी अदुवा–बेसार खेती सुरु गरेका छन् । सुपा देउराली तरकारी फर्म दर्ता गरेर शर्माले बाझिएर जङ्गल बनिसकेको जमिनमा चक्लाबन्दी खेती सुरु गरेका हुन् । उनले सरुमारानी  ३ वेओरेमा  करिब २ सय रोपनी भन्दा बढी जग्गा भाडामा लिएर चक्लाबन्दी खेती थालेका छन् ।

“यो जमिन पुरै बाझिएर रुख उम्रिएका थिए” शर्माले झुलेनी पोष्ट सँग भने–“बाझिएको जमिनका बिरुवा फाँडेर खेती सुरु गरेको छु ।” ७ जना स्थानीयको वर्षौँदेखि बाँझो रहेको जमिन वार्षिक ५० हजार भाडामा लिएर खेती सुरु गरेको उनले बताए । शर्माका अनुसार भाडामा लिएको मध्य केही जग्गा २० वर्षदेखि बाँझो थियो भने केही ६–७ वर्षदेखि बाझिन सुरु गरेको थियो ।

१५ वर्षदेखि व्यावसायिक मौरिपालन गरिरहेका शर्माले यो वर्ष २ सय क्विन्टल अदुवा र १ सय क्विन्टल बेसार रोपिरहेका छन् । १० क्विन्टल अदुवा र ५ क्विन्टल बेसार फलाउने लक्ष्य राखेको बताउने शर्मालाई प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाले ५० प्रतिशत लागत सहयोग गरेको छ । १२ लाख ५० हजार कार्यक्रमसँग सम्झौता भएको र त्यति नै रकम आफूले लगानी गर्ने उनको भनाई छ । कार्यक्रममार्फत बिउ उपचार, रोप्ने कार्य लगायतका लागि तालिम समेत दिइएको छ ।

प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनामार्फत प्यूठान जिल्लामा ३ स्थानमा चक्लाबन्दी अदुवा–बेसार खेती सुरु गरिएको छ ।

यस्तै नौवहिनी गाउँपालिका ४ को  खबाङमा पनि चक्लाबन्दी अदुवा खेती सुरु गरिएको कार्यालयले जनाएको छ । खवाङमा सहकारी मार्फत, सुजिनपुरमा सामूहिक र वेओँरेमा व्यक्तिगत रूपमा चक्लावन्दि खेती सुरु भएको परियोजना कार्यान्वयन इकाई प्रमुख चुमानसिंह गिरीले बताए । कार्यालयको ५० प्रतिशत र कृषकको ५० प्रतिशत साझेदारीमा चक्लाबन्दि खेती सुरु गरिएको हो । यो वर्ष जिल्लाका तीन ठाउँमा गरी ५ सय ५० रोपनी क्षेत्रफलमा चक्लाबन्दि खेती गरिएको गिरीले बताए ।  यस वर्ष कार्यालय मार्फत किसानसँगको साझेदारीमा चक्लाबन्दि अदुवा, बेसार खेतीमा ३७ लाख रुपैयाँ लागत साझेदारी गरेको कार्यालयले जनाएको छ ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

प्यूठानमा नेपाली कांग्रेस देउवा पक्षको वडा अधिवेशन सुरु

नेपाली कांग्रेस देउवा पक्षले नियमित महाधिवेशनका लागि प्यूठानका पालिकाहरुमा संयोजक तोकेको छ । वडा र...

बजार अनुगमन र नियन्त्रणमा ध्यान दिऔँ

नेपाली समाजमा चाडपर्वहरू केवल धार्मिक र सांस्कृतिक उत्सव मात्र होइनन्,यी सामाजिक सद्भाव र खुसी साटासाट...

दुर्घटना घटाउन रिफ्लेक्टर स्टिकर  

रात्रीकालीन सवारी साधनलाई सहज एवं सुरक्षित यात्रा गर्न सहयोग पु¥याउने उद्देश्यले प्यूठानका मुख्य सडकमा रिफ्लेक्टर...

नेपाली कांग्रेस क्षेत्रिय सभापतिमा शाह निर्वाचित

नेपाली कांग्रेस प्यूठानको जारी अधिवेशनबाट क्षेत्रीय सभापतिमा नविल विक्रम शाह निर्वाचित भएका छन् । प्रदेश...

नेपाली कांग्रेस क्षेत्रीय सभापतीमा न्यौपाने निर्वाचित

नेपाली कांग्रेस प्यूठानको प्रदेश क्षेत्रीय समिति(ख)मा सर्वसम्मत नेतृत्व चयन भएको छ । चन्द्रलाल न्यौपानेको नेतृत्वमा...