News Portal

रेडियो सुन्नुहोस्

बाझिएको जमिनमा चक्लाबन्दी अदुवा खेती

झुलेनी नेटवर्क२०८२ जेठ १४
६२१ पटक
२०८२ जेठ १४

सरुमारानी गाउँपालिका ४ का काशीराम शर्माले वषौँदेखि बाँझो रहेको जमिन भाडामा लिएर चक्लाबन्दी अदुवा–बेसार खेती सुरु गरेका छन् । सुपा देउराली तरकारी फर्म दर्ता गरेर शर्माले बाझिएर जङ्गल बनिसकेको जमिनमा चक्लाबन्द खेती सुरु गरेका हुन् । उनले सरुमारानी  ३ वेओरेमा  करिब २ सय रोपनी भन्दा बढी जग्गा भाडामा लिएर चक्लाबन्दी खेती थालेका छन् ।

“यो जमिन पुरै बाझिएर रुख उम्रिएका थिए” शर्माले झुलेनी पोष्ट सँग भने–“बाझिएको जमिनका बिरुवा फाँडेर खेती सुरु गरेको छु ।” ७ जना स्थानीयको वर्षौँदेखि बाँझो रहेको जमिन वार्षिक ५० हजार भाडामा लिएर खेती सुरु गरेको उनले बताए । शर्माका अनुसार भाडामा लिएको मध्य केही जग्गा २० वर्षदेखि बाँझो थियो भने केही ६–७ वर्षदेखि बाझिन सुरु गरेको थियो ।

१५ वर्षदेखि व्यावसायिक मौरिपालन गरिरहेका शर्माले यो वर्ष २ सय क्विन्टल अदुवा र १ सय क्विन्टल बेसार रोपिरहेका छन् । १० क्विन्टल अदुवा र ५ क्विन्टल बेसार फलाउने लक्ष्य राखेको बताउने शर्मालाई प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाले ५० प्रतिशत लागत सहयोग गरेको छ । १२ लाख ५० हजार कार्यक्रमसँग सम्झौता भएको र त्यति नै रकम आफूले लगानी गर्ने उनको भनाई छ । कार्यक्रममार्फत बिउ उपचार, रोप्ने कार्य लगायतका लागि तालिम समेत दिइएको छ ।

प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनामार्फत प्यूठान जिल्लामा ३ स्थानमा चक्लाबन्द अदुवा–बेसार खेती सुरु गरिएको छ ।

यस्तै नौवहिनी गाउँपालिका ४ को  खबाङमा पनि चक्लाबन्द अदुवा खेती सुरु गरिएको कार्यालयले जनाएको छ । खवाङमा सहकारी मार्फत, सुजिनपुरमा सामूहिक र वेओँरेमा व्यक्तिगत रूपमा चक्लावन्दि खेती सुरु भएको परियोजना कार्यान्वयन इकाई प्रमुख चुमानसिंह गिरीले बताए । कार्यालयको ५० प्रतिशत र कृषकको ५० प्रतिशत साझेदारीमा चक्लाबन्दि खेती सुरु गरिएको हो । यो वर्ष जिल्लाका तीन ठाउँमा गरी ५ सय ५० रोपनी क्षेत्रफलमा चक्लाबन्दि खेती गरिएको गिरीले बताए ।  यस वर्ष कार्यालय मार्फत किसानसँगको साझेदारीमा चक्लाबन्दि अदुवा, बेसार खेतीमा ३७ लाख रुपैयाँ लागत साझेदारी गरेको कार्यालयले जनाएको छ ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि निर्वाचन प्रहरी भर्ना गर्न दरखास्त आह्वान

आगामी फागुन २१ गते हुन गइरहेको प्रतिनिधिसभा सदस्य निर्वाचनको लागि निर्वाचन प्रहरी भर्ना गर्न दरखास्त...

दुर्घटना कम गर्न राखियो ट्राफिक चिन्ह

सडक सुरक्षाका लागि प्यूठान नगरपालिका –४ भौका र बिजुवारमा ट्राफिक चिन्ह राखिएको छ । अति...

नेपाल स्वास्थ्यकर्मी संघ प्यूठानको अध्यक्षमा न्यौपाने

राष्ट्रसेवा , निष्पक्षता , तटस्थता र कर्मचारी एकता भन्ने मुल नराका साथ नेपाल स्वास्थ्यकर्मी संघ...

भानुभक्त माविको स्वर्ण महोत्सव सम्पन्न ५ सय बढीले पाए सम्मान

भानुभक्त माध्यमिक विद्यालय बर्बोटको स्वर्ण महोत्सव सम्पन्न भएको छ । मंसिर २९ गतेदेखी सुरु गरिएको...

मंसिर २८ गते देखी प्यूठानमा टिभिएसको एक्सचेन्ज अफर लाग्ने

टिभिएस प्यूठानले पुराना वाइक वा स्कुटी एक्सचेन्ज अफर संचालन गर्ने भएको छ । दुइचक्के सवारी...