News Portal

रेडियो सुन्नुहोस्

बाझिएको जमिनमा चक्लाबन्दी अदुवा खेती

झुलेनी नेटवर्क२०८२ जेठ १४
७८१ पटक
२०८२ जेठ १४

सरुमारानी गाउँपालिका ४ का काशीराम शर्माले वषौँदेखि बाँझो रहेको जमिन भाडामा लिएर चक्लाबन्दी अदुवा–बेसार खेती सुरु गरेका छन् । सुपा देउराली तरकारी फर्म दर्ता गरेर शर्माले बाझिएर जङ्गल बनिसकेको जमिनमा चक्लाबन्द खेती सुरु गरेका हुन् । उनले सरुमारानी  ३ वेओरेमा  करिब २ सय रोपनी भन्दा बढी जग्गा भाडामा लिएर चक्लाबन्दी खेती थालेका छन् ।

“यो जमिन पुरै बाझिएर रुख उम्रिएका थिए” शर्माले झुलेनी पोष्ट सँग भने–“बाझिएको जमिनका बिरुवा फाँडेर खेती सुरु गरेको छु ।” ७ जना स्थानीयको वर्षौँदेखि बाँझो रहेको जमिन वार्षिक ५० हजार भाडामा लिएर खेती सुरु गरेको उनले बताए । शर्माका अनुसार भाडामा लिएको मध्य केही जग्गा २० वर्षदेखि बाँझो थियो भने केही ६–७ वर्षदेखि बाझिन सुरु गरेको थियो ।

१५ वर्षदेखि व्यावसायिक मौरिपालन गरिरहेका शर्माले यो वर्ष २ सय क्विन्टल अदुवा र १ सय क्विन्टल बेसार रोपिरहेका छन् । १० क्विन्टल अदुवा र ५ क्विन्टल बेसार फलाउने लक्ष्य राखेको बताउने शर्मालाई प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाले ५० प्रतिशत लागत सहयोग गरेको छ । १२ लाख ५० हजार कार्यक्रमसँग सम्झौता भएको र त्यति नै रकम आफूले लगानी गर्ने उनको भनाई छ । कार्यक्रममार्फत बिउ उपचार, रोप्ने कार्य लगायतका लागि तालिम समेत दिइएको छ ।

प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनामार्फत प्यूठान जिल्लामा ३ स्थानमा चक्लाबन्द अदुवा–बेसार खेती सुरु गरिएको छ ।

यस्तै नौवहिनी गाउँपालिका ४ को  खबाङमा पनि चक्लाबन्द अदुवा खेती सुरु गरिएको कार्यालयले जनाएको छ । खवाङमा सहकारी मार्फत, सुजिनपुरमा सामूहिक र वेओँरेमा व्यक्तिगत रूपमा चक्लावन्दि खेती सुरु भएको परियोजना कार्यान्वयन इकाई प्रमुख चुमानसिंह गिरीले बताए । कार्यालयको ५० प्रतिशत र कृषकको ५० प्रतिशत साझेदारीमा चक्लाबन्दि खेती सुरु गरिएको हो । यो वर्ष जिल्लाका तीन ठाउँमा गरी ५ सय ५० रोपनी क्षेत्रफलमा चक्लाबन्दि खेती गरिएको गिरीले बताए ।  यस वर्ष कार्यालय मार्फत किसानसँगको साझेदारीमा चक्लाबन्दि अदुवा, बेसार खेतीमा ३७ लाख रुपैयाँ लागत साझेदारी गरेको कार्यालयले जनाएको छ ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

बिजुवारमा आँखा अस्पतालको नयाँ भवन शिलान्यास

आँखा उपचार केन्द्र प्रस्तावित नरेन्द्र गायत्री ऑखा अस्पताल बिजुवारको नयाँ भवनको आज (शुक्रबार) एक विशेष...

प्यूठानका विभिन्न स्थानमा बेवारिसे पाँच शव फेला,शव रोल्पाको हुनसक्ने आशंका

प्यूठान , प्यूठानका विभिन्न स्थानमा बेवारिसे पाँच शव फेला परेका छन्। प्यूठानको माडी र लुङ्ग्री...

खलंगामा बन्यो सडक पूर्वाधार विकास कार्यालयको नयाँ भवन

प्यूठान , प्यूठानको खलंगामा निर्माण गरिएको नयाँ भवन सडक पूर्वाधार विकास कार्यालय प्यूठानलाई हस्तान्तरण गरिएको...

गाउँमा बाँदर र बँदेलको आतङ्क, उठिबासको जोखिममा प्यूठानका किसान

दिउँसोमा बाँदरको हुल र राति बँदेल तथा दुम्सीको ताण्डवले ग्रामीण भेगमा खेतीपाती गरेर जीविकोपार्जन गर्दै...

  ‘बारीमै आइपुग्यो कुलो’ मुस्कुराए किसान 

सधैं आकासे झरीको भरमा खेतीपाती गर्नुपर्ने बाध्यता । कुलो मर्मत गर्नकै लागि महिनौंसम्म गर्नुपर्ने कठोर...