News Portal

रेडियो सुन्नुहोस्

पढाई सुधार्न, विद्यालयमा अनुगमन

झुलेनी नेटवर्क२०८२ जेठ २२
६८५ पटक
२०८२ जेठ २२

शैक्षिक गुणस्तर वृद्धि गर्न सामुदायिक विद्यालयहरूको अनुगमन थालिएको छ । सामुदायिक विद्यालयको शैक्षिक स्तर बढाउने उद्देश्यले अनुगमन थालिएको शिक्षा विकास तथा समन्वय इकाई प्यूठानले जनाएको छ । पहिलो चरणमा मल्लरानी, माण्डबी गाउँपालिका र प्यूठान नगरपालिकाका विद्यालयहरुमा अनुगमन सकिएको शिक्षा विकास तथा समन्वय इकाई प्यूठानका प्रमुख दुर्गा बहादुर खड्काले जानकारी दिए । इकाई प्रमुख खड्का नेतृत्वको विज्ञ सहितको टोलीले विद्यालयको अनुगमन गरेका हुन् ।

माण्डवी गाउँपालिकाको सुन्नानी आधारभूत माध्यमिक विद्यालय माण्डवी –२ मर्कावाङ, गणेश आधारभुत विद्यालय माण्डवी–२ ढिकावन,अरुणा भवानीश्वरी प्राथमिक विद्यालय माण्डवी–१ कुमालटार र भवानीश्वरी आधारभूत विद्यालय माण्डवी –३ जस्पुरको अनुगमन गरेको हो । त्यस्तै प्यूठान नगरपालिकाको शारदा माध्यमिक विद्यालय प्यूठान नगरपालिका –३ सापडाँडा, नेपाल राष्ट्रिय माध्यमिक विद्यालय प्यूठान न.पा.–४ टारी र क्षेत्र विकास माध्यमिक विद्यालय प्यूठान न.पा.–७ पुण्यखोलाको अनुगमन गरेको थियो । मल्लरानी गाउँपालिकाभित्र रहेका विभिन्न सामुदायिक विद्यालयहरुको अनुगमन गरीसकेको प्रमुख खड्काले जानकारी दिए । बाँकी रहेका स्थानीय तहका विद्यालयहरुको क्रमश अनुगमन गरिने उनले बताए ।

विद्यालयमा विद्यमान समस्या र विद्यालयको शैक्षिक गुणस्तर वृद्धिको बिषयमा प्रधानाध्यापक तथा शिक्षकहरूसँग समस्या समाधानका लागि छलफल समेत गरिएको थियोे। विद्यार्थीको शैक्षिक स्तर वृद्धि गर्न सबैभन्दा पहिले सानो कक्षाको जग बलियो बनाउनु पर्ने सुझाब दिइएको खड्काले बताए । सामुदायिक विद्यालयहरुको आन्तरिक मुल्यांकनको पाटो कमजोर रहेकाले आन्तरिक मुल्यांकन फाराम प्रभावकारी बनाउन सुझाब दिएको उनले जानकारी दिए ।

विद्यालयमा भएका सामग्री र उपकरणको उपयुक्त ढङ्गले प्रयोग र संरक्षण हुन नसकेको र सूचना प्रविधिको प्रयोग राम्रोसंग नभएको, अभिभावकसँग विद्यार्थीको सिकाइ उपलब्धि र विद्यालयको विकासबारे नियमित छलफल र अन्तव्रिर्mया नभएको जस्ता कमीकमजोरी पाइएकाले सुधार गर्न सुझाब दिईएको छ ।

सामुदायिक विद्यालयहरुले निजी विद्यालयहरुसँग प्रतिस्पर्धा गर्न र शैक्षिक गुणस्तर वृद्धि गर्नका लागि विद्यार्थीहरुलाई अंग्रेजीमा दक्ष बनाउन आवश्यक अनुगमन टोलीले सुझाब दिएको छ । शिक्षा विकास तथा समन्वय इकाई प्यूठानका प्रमुख दुर्गा बहादुर खड्का, शिक्षा विकास तथा समन्वय इकाई प्यूठानका पूर्व प्रमुख शिवराज पण्डित,बिषय विज्ञ शिक्षकहरु खिम बहादुर राउत (नेपाली),केशवराज पण्डित (गणित र विज्ञान ) र छत्र बहादुर धामी क्षेत्री (अंग्रेजी),कार्यालयका प्राविधिक सहायकहरु नर बहादुर खड्का,महेन्द्र कुमार सिंह कुर्मी,पत्रकार लगायतको उपस्थिति थियो ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

सेवाग्राहिको घरमै पुगेर अपांगता परिचयपत्र वितरण

प्यूठान नगरपालिका वडा नं. ६ का भुपाल गयल मगर लामो समयदेखि पक्षघात भएर विस्तारामै थलिएका...

अदुवा बालि प्रशोधन तथा क्याण्डि बनाउने तालिम सम्पन्न

अदुवा बालि प्रशोधन तथा क्याण्डि बनाउने तालिम खलंगामा सम्पन्न भएको छ । राष्टिय कृषि आधुनिकिरण...

बाग्दुला– बिजुवार क्षेत्रमा मदन भण्डारी मार्गको डीपीआर छैन

प्यूठान–बिजुवार–बाग्दुला सडक खण्ड मदन भण्डारी राजमार्ग अन्तर्गत डीपीआर नभएको आयोजनाले जनाएको छ । गुल्मीको तम्घास...

घरदैलोमै सामाजिक सुरक्षा भत्ता

अति अशक्तता भएका, विधवा, दलित बालबालिका र ७० बर्ष माथिका जेष्ठ नागरिकका लागि राज्यले सामाजिक...

मल्लरानीको पनि आफ्नै भवन बन्ने

प्यूठान, प्यूठानको मल्लरानी गाउँपालिकाको प्रशासकीय भवन निर्माण कार्य सुरु भएको छ । गाउँपालिका अध्यक्ष कृष्ण...