News Portal

रेडियो सुन्नुहोस्

सशस्त्र प्रहरी प्यूठानले मनायो १३ औँ स्थापना दिवस

बोम बहादुर परियार२०८२ जेठ २३
५४६ पटक
२०८२ जेठ २३

सशस्त्र प्रहरी बल, नेपाल आश्रीत गुल्म प्यूठानले १३ औँ स्थापना दिवस मनाएको छ ।

२०६९ जेठ २३ गते स्थापित गुल्मले सशस्त्र प्रहरी नायव महानिरीक्षक दिपेन्द्र कुवरको प्रमुख आथित्यतामा प्यूठान नगरपालिका ३ बतासेडाँडामा विविध कार्यक्रम गरि दिवस मनाएको हो ।

कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि कुवरले जिल्लामा विपद् लगायतका सवालमा सहकार्य गरेर सुरक्षाको क्षेत्रमा कार्य गरिने बताए ।
कार्यक्रममा भुपु सशस्त्र प्रहरी सम्मान , सामाजिक व्यक्तिहरु सम्मान , प्यूठानको एतिहासीक सराय नाच प्रर्दर्शन, अमर सशस्त्र प्रहरीको तस्वीरमा माला लगाई सम्मान , उत्कृष्ट कार्य गर्ने कर्मचारीलाइ सम्मान तथा पुरस्कृत गरिएको सशस्त्र प्रहरी बल, नेपाल आश्रीत गुल्म प्यूठानका प्रमुख सशस्त्र प्रहरी नायव उपरिक्षक रोहित घिमिरेले बताए ।

गुल्मले जेठ १४ गतेदेखी दिवसका अवसरमा मन्दिर तथा चौतारा सरसफाई , वृक्षारोपण , हाजिरीजवाफ तथा दौड प्रतियोगीता , व्याडमिन्टन , टेवल टेनिस , विद्यालयमा सचेतना तथा शैक्षिक सामाग्री वितरण, रक्तदान , व्यवसायीक प्रतियोगिता ( हतियार खोलजोड ) लगायतका कार्यक्रम सम्पन्न गरेको छ ।

कार्यक्रममा प्रमुख जिल्ला अधिकारी , जिल्ला न्यायाधिस , जिल्ला समन्वय समितीका प्रमुख , नेपाल प्रहरी प्यूठानका प्रमुख, प्यूठान नगरपालिकाका मेयर, विभिन्न कार्यालयका प्रमुख तथा प्रतिनिधी , वडाध्यक्ष ,पत्रकार, भुपु सशस्त्र प्रहरी लगायतको उपस्थिती रहेको थियो ।
कार्यक्रमको सन्चालन सशस्त्र प्रहरी निरिक्षक कृष्ण भट्टराइले गरेका थिए ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

‘मोन्था’ चक्रवातको प्रभाव: वर्षा र हिमपातको संभावना

विहिवार र शुक्रवार बङ्गालको खाडिमा विकसित ‘मोन्था’ चक्रवातको प्रभाव नेपालमा पनि रहने भएको छ ।...

लुप्लुङमा धनञ्जय संग्रहालय बन्दै

धनञ्जय संग्रहालय निर्माणका लागि ३० लाख रकम संकलन भएको छ । नौबहिीन गाउँपालिका–८ लुप्लुङमा संग्रहालयको...

ट्याक्टर दुर्घटनामा पुनको मृत्यु, सहचालक नभएको परिवारको दावी

आइतवार राती गुल्मी कच्चुर खर्कमा ट्याक्टर दुर्घटना हुदा मदाने गाउँपालिका १ का १९ वर्षिय मेगराज...

विश्व दृष्टि दिवसमा प्रहरी र पत्रकारहरुको आँखा जाँच

विश्व दृष्टि दिवस प्यूठानमा पनि मनाइएको छ । हरेक वर्ष अक्टोबर महिनाको दोस्रो बिहीबारलाई विश्व...

प्यूठान बिजुवारदेखि रारासम्म

भनिन्छ यात्रा हो जीवन । आफ्नै सेरोफेरोमा चलेको जिन्दगीलाई अलि पर मुगु रारासम्म पु¥याउने भ्रमण...