News Portal

रेडियो सुन्नुहोस्

सशस्त्र प्रहरी प्यूठानले मनायो १३ औँ स्थापना दिवस

बोम बहादुर परियार२०८२ जेठ २३
७८० पटक
२०८२ जेठ २३

सशस्त्र प्रहरी बल, नेपाल आश्रीत गुल्म प्यूठानले १३ औँ स्थापना दिवस मनाएको छ ।

२०६९ जेठ २३ गते स्थापित गुल्मले सशस्त्र प्रहरी नायव महानिरीक्षक दिपेन्द्र कुवरको प्रमुख आथित्यतामा प्यूठान नगरपालिका ३ बतासेडाँडामा विविध कार्यक्रम गरि दिवस मनाएको हो ।

कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि कुवरले जिल्लामा विपद् लगायतका सवालमा सहकार्य गरेर सुरक्षाको क्षेत्रमा कार्य गरिने बताए ।
कार्यक्रममा भुपु सशस्त्र प्रहरी सम्मान , सामाजिक व्यक्तिहरु सम्मान , प्यूठानको एतिहासीक सराय नाच प्रर्दर्शन, अमर सशस्त्र प्रहरीको तस्वीरमा माला लगाई सम्मान , उत्कृष्ट कार्य गर्ने कर्मचारीलाइ सम्मान तथा पुरस्कृत गरिएको सशस्त्र प्रहरी बल, नेपाल आश्रीत गुल्म प्यूठानका प्रमुख सशस्त्र प्रहरी नायव उपरिक्षक रोहित घिमिरेले बताए ।

गुल्मले जेठ १४ गतेदेखी दिवसका अवसरमा मन्दिर तथा चौतारा सरसफाई , वृक्षारोपण , हाजिरीजवाफ तथा दौड प्रतियोगीता , व्याडमिन्टन , टेवल टेनिस , विद्यालयमा सचेतना तथा शैक्षिक सामाग्री वितरण, रक्तदान , व्यवसायीक प्रतियोगिता ( हतियार खोलजोड ) लगायतका कार्यक्रम सम्पन्न गरेको छ ।

कार्यक्रममा प्रमुख जिल्ला अधिकारी , जिल्ला न्यायाधिस , जिल्ला समन्वय समितीका प्रमुख , नेपाल प्रहरी प्यूठानका प्रमुख, प्यूठान नगरपालिकाका मेयर, विभिन्न कार्यालयका प्रमुख तथा प्रतिनिधी , वडाध्यक्ष ,पत्रकार, भुपु सशस्त्र प्रहरी लगायतको उपस्थिती रहेको थियो ।
कार्यक्रमको सन्चालन सशस्त्र प्रहरी निरिक्षक कृष्ण भट्टराइले गरेका थिए ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

ट्रयाकओपन भयो बाग्दुला–खैरा वैकल्पिक मार्ग

क्वाडी–बिजुवार–बाग्दुला सडकमा हुने सवारी चॉपलाई मध्यनजर गर्दै निर्माण थालिएको झिमरुक पारी नदी किनारैकिनारको सडक ट्रयाकओपन...

सेवाग्राहिको घरमै पुगेर अपांगता परिचयपत्र वितरण

प्यूठान नगरपालिका वडा नं. ६ का भुपाल गयल मगर लामो समयदेखि पक्षघात भएर विस्तारामै थलिएका...

अदुवा बालि प्रशोधन तथा क्याण्डि बनाउने तालिम सम्पन्न

अदुवा बालि प्रशोधन तथा क्याण्डि बनाउने तालिम खलंगामा सम्पन्न भएको छ । राष्टिय कृषि आधुनिकिरण...

बाग्दुला– बिजुवार क्षेत्रमा मदन भण्डारी मार्गको डीपीआर छैन

प्यूठान–बिजुवार–बाग्दुला सडक खण्ड मदन भण्डारी राजमार्ग अन्तर्गत डीपीआर नभएको आयोजनाले जनाएको छ । गुल्मीको तम्घास...

घरदैलोमै सामाजिक सुरक्षा भत्ता

अति अशक्तता भएका, विधवा, दलित बालबालिका र ७० बर्ष माथिका जेष्ठ नागरिकका लागि राज्यले सामाजिक...