News Portal

रेडियो सुन्नुहोस्

निर्माण व्यवसायि बालाजु श्रेष्ठ सम्मानित

झुलेनी नेटवर्क२०८२ असार १०
९२८ पटक
२०८२ असार १०

ऐरावती गाउँपालिकाले निर्माण व्यवसायि बालाजु श्रेष्ठलाई सम्मान गरेको छ ।

निर्माण सम्पन्न गर्नुपर्ने मिति अगावै कार्यसम्पन्न गरेको भन्दै गाउँपालिकाको १८ औँ गाउँसभाको अवसर पारेर श्रेष्ठलाई ५० हजार नगद सहित सम्मान गरिएको गाउँपालिकाले जनाएको छ ।

निर्माण व्यवसायि श्रेष्ठले आँसु हरियाली जे भि मार्फत ऐरावती गाउँपालिका पुग्ने चेरनेटा पुरन्ठाटी जोगिटारी सडकको कैरन पकला खण्ड कालोपत्रे गर्ने कार्य समय अगावै सम्पन्न गरेका छन् । उनको कम्पनिले २०८१ असार ११ गते सडक पूर्वाधार विकास कार्यालयसंग संझौता गरेको थियो ।

२०८२ पुष १० गतेसम्म कार्य सम्पन्न गर्ने म्याद भएपनि उनले निर्माण कार्य सम्पन्न गरिसकेका छन् । यसै बिच गाउँपालिका पहुँच मार्ग निर्माणको काम तिब्र गतीमा अघि बढाएको भन्दै सडक पूर्वाधार कार्यालय प्यूठानलाई पालिकाले सम्मान गरेको छ । सयम अगाबै सडक कालोपत्रे भएपछि यस क्षेत्रका स्थानीय हर्षित छन् ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

संविधानको रक्षा र संसद पूनर्स्थापनाका निम्ति जनप्रर्दशनः थापा

नेकपा एमालेका पोलिटव्यूरो सदस्य एवं विघठित प्रतिनिधि सभाका सदस्य सूर्य थापाले नेकपा एमालेले संविधानको रक्षा...

‘मोन्था’ चक्रवातको प्रभाव: वर्षा र हिमपातको संभावना

विहिवार र शुक्रवार बङ्गालको खाडिमा विकसित ‘मोन्था’ चक्रवातको प्रभाव नेपालमा पनि रहने भएको छ ।...

लुप्लुङमा धनञ्जय संग्रहालय बन्दै

धनञ्जय संग्रहालय निर्माणका लागि ३० लाख रकम संकलन भएको छ । नौबहिीन गाउँपालिका–८ लुप्लुङमा संग्रहालयको...

ट्याक्टर दुर्घटनामा पुनको मृत्यु, सहचालक नभएको परिवारको दावी

आइतवार राती गुल्मी कच्चुर खर्कमा ट्याक्टर दुर्घटना हुदा मदाने गाउँपालिका १ का १९ वर्षिय मेगराज...

विश्व दृष्टि दिवसमा प्रहरी र पत्रकारहरुको आँखा जाँच

विश्व दृष्टि दिवस प्यूठानमा पनि मनाइएको छ । हरेक वर्ष अक्टोबर महिनाको दोस्रो बिहीबारलाई विश्व...