News Portal

रेडियो सुन्नुहोस्

निर्माण व्यवसायि बालाजु श्रेष्ठ सम्मानित

झुलेनी नेटवर्क२०८२ असार १०
१२४१ पटक
२०८२ असार १०

ऐरावती गाउँपालिकाले निर्माण व्यवसायि बालाजु श्रेष्ठलाई सम्मान गरेको छ ।

निर्माण सम्पन्न गर्नुपर्ने मिति अगावै कार्यसम्पन्न गरेको भन्दै गाउँपालिकाको १८ औँ गाउँसभाको अवसर पारेर श्रेष्ठलाई ५० हजार नगद सहित सम्मान गरिएको गाउँपालिकाले जनाएको छ ।

निर्माण व्यवसायि श्रेष्ठले आँसु हरियाली जे भि मार्फत ऐरावती गाउँपालिका पुग्ने चेरनेटा पुरन्ठाटी जोगिटारी सडकको कैरन पकला खण्ड कालोपत्रे गर्ने कार्य समय अगावै सम्पन्न गरेका छन् । उनको कम्पनिले २०८१ असार ११ गते सडक पूर्वाधार विकास कार्यालयसंग संझौता गरेको थियो ।

२०८२ पुष १० गतेसम्म कार्य सम्पन्न गर्ने म्याद भएपनि उनले निर्माण कार्य सम्पन्न गरिसकेका छन् । यसै बिच गाउँपालिका पहुँच मार्ग निर्माणको काम तिब्र गतीमा अघि बढाएको भन्दै सडक पूर्वाधार कार्यालय प्यूठानलाई पालिकाले सम्मान गरेको छ । सयम अगाबै सडक कालोपत्रे भएपछि यस क्षेत्रका स्थानीय हर्षित छन् ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

बिजुवारमा आँखा अस्पतालको नयाँ भवन शिलान्यास

आँखा उपचार केन्द्र प्रस्तावित नरेन्द्र गायत्री ऑखा अस्पताल बिजुवारको नयाँ भवनको आज (शुक्रबार) एक विशेष...

प्यूठानका विभिन्न स्थानमा बेवारिसे पाँच शव फेला,शव रोल्पाको हुनसक्ने आशंका

प्यूठान , प्यूठानका विभिन्न स्थानमा बेवारिसे पाँच शव फेला परेका छन्। प्यूठानको माडी र लुङ्ग्री...

खलंगामा बन्यो सडक पूर्वाधार विकास कार्यालयको नयाँ भवन

प्यूठान , प्यूठानको खलंगामा निर्माण गरिएको नयाँ भवन सडक पूर्वाधार विकास कार्यालय प्यूठानलाई हस्तान्तरण गरिएको...

गाउँमा बाँदर र बँदेलको आतङ्क, उठिबासको जोखिममा प्यूठानका किसान

दिउँसोमा बाँदरको हुल र राति बँदेल तथा दुम्सीको ताण्डवले ग्रामीण भेगमा खेतीपाती गरेर जीविकोपार्जन गर्दै...

  ‘बारीमै आइपुग्यो कुलो’ मुस्कुराए किसान 

सधैं आकासे झरीको भरमा खेतीपाती गर्नुपर्ने बाध्यता । कुलो मर्मत गर्नकै लागि महिनौंसम्म गर्नुपर्ने कठोर...