News Portal

रेडियो सुन्नुहोस्

 नौबहिनीले गर्यो बार्षिक समीक्षा,चालु र पुँजीगतमा ९६ प्रतिशत बढी खर्च 

झुलेनी पोष्ट२०८२ साउन २० गते
४९४ पटक
२०८२ साउन २० गते
नौबहिनी गाउँपालिकाले आ.व. २०८१÷०८२ को वार्षिक समीक्षा तथा सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न गरेको छ । स्थानीय निकाय र नागरिकहरु बिच दोहोरो संवाद स्थापित गरि सार्वजनिक सेवा प्रवाहलाई थप प्रभावकारी बनाउन सोमबार पालिकामा कार्यक्रम गरिएको हो।
स्थानीय निकायबाट सञ्चालित विकास कार्यक्रम, उपलब्ध सेवा, बस्तु र सुविधा सर्वजनिक गरि सेवाग्राही नगारिकले उठाएका सवालहरुमा स्पष्टता, पारदर्शिता गराउन र रचनात्मक सुझावहरुलाई ग्रहण गरि आगामी कार्ययोजना चुस्त बनाउनका लागि कार्यक्रमको आयोजना गरिएको गाउँपालिका अध्यक्ष दिल बहादुर थापाले बताए ।
नौबहिनी गाउँपालिकाले यस आ. व. २०८१÷०८२ मा चालूतर्फ ९३.५१ र पुँजीगततर्फ ९६.९२ प्रतिशत खर्च कायम गरि जिल्लामै उत्कृष्ट स्थान हासिल गरेको दाबी गरेको छ । गाउँपालिकाको २०८१÷०८२ को वार्षिक समीक्षा कार्यक्रमको अवसरमा प्रमुख प्रशासकीय अधिकृत  शिवराज पौडेललाई पालिकामा पुर्याएको योगदान,सेवा, कुशल कर्मचारी व्यवस्थापन, सेवा प्रवाहको प्रभावकारिता, बजेट व्यवस्थापन गरेको भन्दै पालिकाले सम्मान गरेको छ ।
  कार्यक्रममा पत्रकार महासंघका पूर्व केन्द्रिय सदस्य सुशील पोख्रेल र महासंघका पूर्व जिल्ला अध्यक्ष गिरुप्रसाद भण्डारीले गाउँपालिकाले गरेको विकास निर्माण र नतिजाको प्रसंशा गर्दै महत्वपूर्ण सुझावसङ्गै बधाई  दिएका थिए ।
कार्यक्रममा पालिकाका सबै शाखा, ८ वटै वडा सचिवहरुले वार्षिक प्रगति प्रतिवेदन प्रस्तुत गरेका थिए । स्थानीय राजनीतिक दलका प्रमुख तथा प्रतिनिधि, स्थानीय नागरिकहरुले गाउँपालिकाको दिगो विकास निर्माण, कृषिमा आत्मनिर्भर, वडाबासीहरु सडकको पूर्ण पहुँच, विद्युत र खानेपानीसंगै शिक्षा र स्वास्थ्यमा उत्कृष्ट नतिजा ल्याउन सहकार्य र समिक्षा गोष्ठीहरु निरन्तर हुन जरुरी रहेको बताए ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

रजवारामा ‘गाउँटोल खानेपानी आयोजना’ उद्घाटन

गौमुखी गाउँपालिकाको वडा नं. ३ रजवारा स्थित गाउँटोल खानेपानी, सरसफाई तथा स्वच्छता आयोजनाको उद्घाटन गरिएको...

खरा माविमा हाजिरी जवाफ प्रतियोगिता सम्पन्न

माध्यमिक विद्यालय स्तरिय हाजिरिजवाफ प्रतियोगिता खरा माध्यमिक विद्यालय गौमुखी गाउँपालिका ३, रजवारामा सम्पन्न भएको छ...

प्यूठानमा सडक विस्तार ,सार्थक बहस सहित साझा निर्णयको आवश्यकता

केही समय यता प्यूठानमा सडक विस्तारका सन्दर्भमा के होला? कति होला ? सिमा कायम कति...

वित्तीय साक्षरता आजको आवश्यकता

वित्त शब्द धन वा रुपैंया पैसासंग सम्बन्धित छ । आफुसंग भएको धनसम्पत्तिको सहि सदुपयोग गर्ने...

गाई उठेपछि मुस्कुराएका ‘यज्ञमणी’

ब्यवसायिक रुपमा पशुपालन गरिरहेका हिमाल पोख्रेल मंगलबार चिन्तामा थिए । भर्खरै ब्याएको गाई एक्कासि ठलेपछि...